जनता बैंक नेपालद्वारा प्रभातफेरि
काठमाडौः जनता बैंक नेपाल लिमिटडले स्थापनाको सातौं वर्ष पूरा गरी आठौं वर्ष प्रवेश तथा त्रिवेणी विकास बैंक लिमिटेडसँग हुन गइरहेको मर्जरको अवसर पारेर प्रभातफेरि आयोजना गरेको छ ।
बैंकको प्रधान कार्यालय नयाँ बानेश्वरदेखि पशुपतिनाथको मन्दिरसम्म प्रभातफेरि र पशुपतिनाथदेखि गुहेश्वरी मन्दिरसम्मको क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा जनता बैंक र त्रिवेणी विकास बैंकका कर्मचारी, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकसमेतको उल्लेख्य सहभागिता थियो । सोही अवसरमा जनता बैंकको प्रधान कार्यालय नयाँ बानेश्वरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !