नयाँ वर्षमा नेपाल टेलिकमको रिचार्जमा १५ प्रतिशत बोनस

नयाँ वर्षमा नेपाल टेलिकमको रिचार्जमा १५ प्रतिशत बोनस

काठमाडौं: नेपाल टेलिकमले नव वर्ष २०७४ को शुभअवसरमा आफ्ना उपभोक्तालाई बिभिन्न किसिमका सेवामा सहुलियत प्रदान गरेको छ।

कम्पनीको नववर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याएको छ। रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्तालाई एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं पाँच सय र हजारको कार्डको रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउने भएको छ।

यसको भ्यालिडिटि तीन दिनको हुने कम्पनीले जनाएको छ। यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ। डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत्र ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ।

अल टाइम डाटा प्याकेज अन्तर्गत सय, दुइ सय, तीनसयमा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः चार सय एमबी, आठ सय ५० एमबी र १५ सय एमबी डाटा भोल्यूम उपलब्ध गराउने भएको छ। नाइट डाटा प्याकेज अन्तर्गत सय र दुइ सयमा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः तीन जिबी र ६ दशमलव पाँच जिबी डाटा भोलुम उपलब्ध हुनेछ।

यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ कम्पनीले जनाएको छ। अल टाइम डाटा प्याकेज सेवा लिनका लागि ‘डाटा’ टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ।

नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न 'नाईट' टाइप गरी आफूलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्र्नेछ।

त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत्र ३० गतेदेखि बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँमा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी दुइ सय ५० मिनेटको भ्वाइस प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ। यसका लागि 'नाइटभ्वाइस' टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.