मैले नै पाउनु पर्छ भन्नु जिद्दीपनाः अर्याल

मैले नै पाउनु पर्छ भन्नु जिद्दीपनाः अर्याल

आईजीपी बन्नुभयो, कस्तो लागिरहेको छ ?

म संगठनको बफादार सिपाही हुँ । मभन्दा माथि संगठन छ । मजस्तै करिब ७२ हजार कर्मचारी मिलेर प्रहरी संगठन बनेको छ । आफ्नो ब्याचको टपर भए पनि मैले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णयलाई अन्यथा लिइनँ । मेरो कारणले संगठनलाई अप्ठ्यारो पार्नुहुन्न भन्ने धारणा मेरो छ ।

म जहाँ बसेर पनि काम गर्न तयार थिएँ । तर, सर्वोच्च अदालतले दुई जना डीआईजीको मात्र कार्यसम्पादन मूल्यांकन फाइल मगाउँदा मलाई असहज लागेको थियो । त्यसैले आफ्नो पनि कार्यसम्पादन मूल्यांकन हेरियोस् भनी रिट हालेको थिएँ । सर्वोच्चको फैसलाले मेरो चाहना पनि सम्बोधन हुने देखेपछि रिट फिर्ता लिएँ । सरकारले मलाई आईजीपी बनाएको छ । यसलाई आश्चर्यभन्दा बढी मेरो कामको सम्मान गरेको रूपमा बुझेको छु । संगठनमा प्रहरी निरीक्षकमा नाम निकाल्ने हरेकको सपना हुन्छ, आईजी बन्ने । तर, सबैको सपना पूरा हुँदैन । कहिले काहीँ बेस्टले पनि पाउँदैन तर मैले नै पाउनुपर्छ जसरी पनि मै हुनुपर्छ भन्ने जिद्दी गर्नु हुँदैन ।

तपार्इं ओझेलमा परेरै भए पनि काम गरिरहनुभयो, अब संगठनलाई कसरी अगाडि बढाउनुहुन्छ ?


मैले जहिले पनि आफूभन्दा कामलाई अगाडि राखें । त्यसकारण ओझेलमा परेको हुन सक्छु । मेरो कामलाई हेर्नुभयो भने मेरो क्षमता आफैं मूल्यांकन गर्न सक्नुहुन्छ । अब पनि मैले कामलाई नै अगाडि राख्नेछु । हाम्रो काम भनेको जनतालाई सुरक्षा र शान्ति प्रत्याभूत गराउनु हो । यो नै मेरो प्राथमिकता हुनेछ । म जनताको सुरक्षालाई विस्तार गर्नेछु ।

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप प्रस्ट रूपमा देखियो । संगठनमा प्रहरी हस्तक्षेपलाई कसरी हेर्नुहुन्छ?
जे भयो, त्यो नहुनुपथ्र्यो । संगठनको नेतृत्व चयन स्पष्ट र सुनिश्चित गर्नुपर्छ । बाहिरी तत्वले खेल्ने र संगठनलाई अप्ठ्यारोमा पार्ने काम नहोस् । प्रहरी संगठन निकै संवेदनशील र जनताको सुरक्षासँग जोडिएको विषय हो । यस्तो संस्थाको नेतृत्व गर्ने आकांक्षीलाई गुमराहमा राख्नुहुन्न । प्रहरी कर्मचारीलाई

थाहा होस् कि मैले व्यावसायिक रूपमा यो-यो गरें भने भोलि संगठनको नेतृत्व गर्ने सम्भावना रहन्छ । त्यो कसरी हुन्छ ?

 नेतृत्व चयन प्रणालीलाई तार्किक, स्पष्ट र पारदर्शी बनाउनुपर्छ । यसका लागि पफर्मेन्स म्यानेजमेन्ट सिस्टम अगाडि ल्याउनुपर्छ । मुख्य कुरा सबैभन्दा राम्रो गर्नेले मात्र नेतृत्व गर्न पाउनुपर्छ, त्यसैको सुनिश्चितता हुनुपर्छ । तर, हाम्रा ऐन, नियमावलीमा धेरै समस्या छ । ऐन, नियमावलीले यी विषयलाई स्पष्ट सम्बोधन गर्दैनन्, यही कारणले समस्या आएको हो । कानुनतः हामीले पारदर्शी बनायौं भने यो समस्या दोहोरिँदैन । यसका लागि ऐन, नियमावली परिमार्जन आवश्यक छ । मेरो कार्यकालमा यसका लागि प्रयास हुनेछ ।

दुई महिनायता संगठन तरलताको स्थितिमा छ । नियुक्ति विवादले संगठनमा गुट-उपगुट बढेको छ, चुनौती त धेरै छन् नि ?

हामी सबै प्रहरीको उद्देश्य एउटै हो, देशमा शान्ति-सुरक्षा स्थापना गर्ने, जनतालाई अधिकतम सुरक्षा प्रत्याभूति गराउने । हरेक प्रहरी कर्मचारीको उद्देश्य यही हुनुपर्छ । यो कुरामा सहमत हुने हो भने सबै प्रहरी एक ठाउँमा हुन्छौं । यसको विकल्प म देख्दिनँ । हरेक प्रहरी कर्मचारी मिलेर अगाडि बढे मात्र संगठन बलियो हुन्छ, म, हामी बलियो हुन्छौं । संगठनमा संस्कारको विकास गर्ने हामीले नै हो । संस्थामा व्यावसायिक अभ्यास स्थापित गर्नुपर्छ । हरेक प्रहरी कर्मचारी यसमा प्रतिबद्ध हुनुपर्छ । मलाई विश्वास छ, सबै कर्मचारीलाई मिलाएर अगाडि बढाउन म सफल हुनेछु । सबैलाई समेटेर लैजान म प्रतिबद्ध छु ।

तपाईंको कार्यकाल एक वर्षको छ, काम गर्न समय पर्याप्त छ ?

नभएको कुरामा चिन्ता गर्दिनँ । जति उपलब्ध छ, त्यसैलाई अधिकतम सदुपयोग गर्नेछु । जुन समय-सीमा छ, त्यसलाई आधार बनाएर योजनासाथ काम गर्न सकिन्छ । एक वर्षको समय पनि थोरै होइन । राम्रो काम गर्ने सोच राख्ने हो भने पर्याप्त छ तर धेरैचाहिँ होइन ।

प्रस्तुति : लोकेन्द्र प्रसाइँ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.