वर्ल्डलिंकले सुरु गर्‍याे ‘१०० जीबीपिएस’ नेटवर्क विस्तार

वर्ल्डलिंकले सुरु गर्‍याे ‘१०० जीबीपिएस’ नेटवर्क विस्तार

काठमाडौं : वर्ल्डलिंक कम्युनिकेसन्स प्राइभेट लिमिटेडले नेपालका १० लाख घरमा विश्वस्तरीय फाइवर सेवा विस्तार गर्न तथा उच्चगतिको ‘१०० जीबीपिएस’ नेटवर्क विस्तार सुरु गरेको छ।

कम्पनीले सन् २०२० सम्म नेपालका १० लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम’ नेटवर्क सेवा विस्तार गर्ने योजना लिएर यसको सुरु गरेको हो। कम्पनीले नेपालका मुख्य सहर, सहरोन्मुख बस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण बस्तीलाई लक्ष्य गर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (आइपीटीभी) प्रदान गर्ने लक्ष्य लिएको छ। हाल, उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ।

नेपालमा इन्टरनेट सेवाको विकास तथा विस्तारका लागि एउटा महत्वपूर्ण हिस्साका रूपमा रहेको यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदान गर्न लागेको २१ वर्ष पुगेको छ। इन्टरनेट सेवा विस्तारका लागि पहिले नै तीन अर्ब रुपैयाँ लगानी गरिसकेको यस कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ।

यस प्रयोजनका लागि वल्र्डलिंकले प्रमुख विश्वविख्यात कम्पनी जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘१०० जीबीपिएस’ भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख सहरमा विस्तार गरिरहेको छ। हाल उपलब्ध प्रविधिमध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पुर्‍याउने लक्ष्यसाथ क्लाइन्ट एन्ड अप्टिकल नेटवर्क टर्मिनल तथा अप्टिकल लाइन टर्मिनलका लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको छ। नोकिया अप्टिकल नेटवर्क प्रविधिमा विश्व बजारको नेतृत्व गरेको सबैभन्दा लोकप्रिय कम्पनी हो। वल्र्डलिंकले नेट टीभीसँगको सहकार्यमा ४० भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टीभी सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटपजस्ता फरक-फरक स्क्रिनमा पनि हेर्न सकिने गरी ग्लोबल ओभर द टप कन्टेन्ट सेवा विस्तार गरेको छ।

विश्वस्तरीय साझेदारसँगको सहकार्य सहितको थप लगानीले वल्र्डलिंकका सेवा अझ छिटो-छरितो र भरपर्दो हुनुका साथै आमनेपाली उपभोक्ताको पहुँचमा पुग्नेछ। साथै, नयाँ वर्ष ०७४ सालको उल्लास सँगसँगै हालको कम क्षमताको इन्टरनेट ग्राहकको ब्यान्डविथ निःशुल्क वृद्धि गर्दै नयाँ उच्च गतिका प्याकेज पनि बजारमा ल्याउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.