राजेन्द्र बम र प्रकाश चन्दको जोडी क्षेत्रीय च्याम्पियन

राजेन्द्र बम र प्रकाश चन्दको जोडी क्षेत्रीय च्याम्पियन

धनगढी: अन्‍नपूर्ण पोस्ट् ईन्टरनेशनल ब्याटमिन्टन प्रतियोगितामा पुरुष डबल्सको उपाधि कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले जित्‍नु भएको छ। सोमबार बिहान धनगढी रंगशालामा भएको फाईनलमा बम र चन्दको जोडीले कैलालीकै सुनिल श्रेष्ठ र दिलीप चन्दको जोडीलाई २१-१२ र २१-१० को सोझो सेटमा पराजित गर्दै क्षेत्रीय च्याम्पियन बन्‍नु भएको हो।

राजेन्द्र बम नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हुन भने दिलिपसिंह देउवा नेपाल प्रहरीका डिएसपी हुन्। यस्तै पुरुष सिंगल्स तर्फ कैलालीका देवराज राना क्षेत्रीय च्याम्पियन हुनु भएको हो। उहाँले कन्चनपुरका गोकुल जोरालाई २१-१८ र २१-१२ को सोझो सेटमा पराजित गर्नु भएको हो।

यस्तै महिला सिंगल्समा कैलालीकी प्रार्थना देउबा क्षेत्रीय च्याम्पियन बन्‍नुभयो। निक्कै नै प्रतिस्पर्धात्मक फाईनल खेलमा देउवाले कैलालीकै अम्बिका मल्ललाई हराउनु भएको हो। पहिलो सेट २२-१९ ले जित्‍नु भएको प्राथनाले दोस्रो सेट १९-२१ ले गुमाउनु भएको थियो। तर तेस्रो सेटमा २२-२० को संघर्षपूर्ण जित निकाल्दै प्रार्थना क्षेत्रीय च्याम्पियन बन्‍न सफल हुनुभयो।

प्रतियोगिताका सबै विजेता र उपविजेताले असारमा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाएका छन्। जहाँ १४ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन्।  प्रतियोगिताको समापन समारोहमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी उपस्थित हुनु भएको थियो।

 

उहाँले एक नीजि मिडिया हाउसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सभ्य र भव्‍य रुपमा आयोजना गरेको क्षेत्रीय प्रतियोगिताको सराहना गर्नुभयो। यस्ता प्रतियोगिताले, खेलाडी उत्पादन हुने र मोफसलमा रहेका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्पर्धा गर्ने आवसर पाउने उहाँको भनाई थियो।

कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहले पनि अन्नपूर्णपोष्टले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरुले खेलाडिको हौसला बढ्ने बताउनुभयो। उहाँले, जिल्ला खेलकुद विकास समिति यस्ता प्रतियोगिताहरुमा सहयोग गर्ने बताउनुभयो।

ब्याटमिन्टन संघको तर्फबाट केन्द्रिय सदस्या ऋषिकेश श्रेष्ठले पनि संघले गर्नुपर्ने प्रतियोगिता अन्नपूर्ण पोष्टले गरेकाले धन्यबाद दिनुभयो। प्रतियोगिताका विजयी खेलाडिहरुलाई प्रमुख अथिति तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्द, शसस्त्र प्रहरी सीमा सुरक्षा बल धनगढीका एसपी गणेश संग्रौला, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल लगायतले नगद पुरुस्कार, प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

अन्नपुर्ण पोष्टका कैलाली सम्बाददाता शिबराज भट्टको अध्यक्षतामा भएको समापन समारोहमा अन्नपुर्ण नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले, सहभागि खेलाडि, अथिति, खेल प्राविधिक, स्वयम सेवक र सहभागि सबैलाई धन्यबाद दिनुभएको थियो।

मध्यपश्चिमको नेपालगञ्जमा, बैशाख १७ गते देखि १९ गते, मध्यपश्चिमाञ्चलको बुटबलमा पनि १७ गते देखि १९ गते, पोखरामा बैशाख २१ गते देखि २३ गते, र पुर्वाञ्चलको ईटहरीमा बैशाख २ गते देखि २८ गते सम्म क्षेत्रीय प्रतियोगिताको आयोजना गरिने भएको छ।

सबै प्रतियोगितामा प्रथम र द्वित्तीय हुने खेलाडिलाई आतेजाते यातायात खर्च दिएर अन्नपुर्ण मिडिया नेटवर्कले काठमाण्डौ बोलाउने र देशैभरीबाट छनौटमा परेका खेलाडिले काठमाण्डौंमा अन्य १४ वटा देशका अन्तराष्ट्रिय खेलाडिहरुसँग प्रतिष्पर्धा गर्नुपर्नेछ।

प्रतियोगितामा सुदूरपश्चिमभरीका ६८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए। पुरुष डबल्समा २२ जोडी, पुरुष सिंगलमा १६ जना र महिला सिंगलमा ८ जनाले सहभागिता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.