चेल्सीको महत्ववपूर्ण जित 

चेल्सीको महत्ववपूर्ण जित 

लन्डनः डिएगो कोस्टाले लगातार सात खेलको गोलको खडेरी टारेपछि चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार राति भएको खेलमा महत्ववपूर्ण जित हात पारेको छ । कोस्टाकै उत्कृष्ट प्रदर्शनमा चेल्सीले साउथह्याम्पटनलाई ४-२ गोलले पराजित गर्‍यो । जितसँगै चेल्सीले उपाधिको सम्भावना पनि बलियो बनाएको छ । प्रिमियर लिग तालिकामा पाँच चरणको खेल बाँकी रहँदा चेल्सीले दोस्रो स्थानमा आसीन टोट्टनहामसँग सात अंकको अग्रता बनाएको छ । टोट्टनहामले एक खेल कम खेलेको छ ।

हालसम्म ३३ खेल खेलेको चेल्सीले ७८ अंक कमाएको छ भने ३२ खेलबाट टोट्टनहामको ७१ अंक छ । अघिल्लो साता म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि उपाधियात्रा केही मुस्किल देखिए पनि साउथह्याम्पटन विरुद्धको जितले चेल्सीलाई फेरि बलियो दाबेदार बनाएको छ । चेल्सीलाई अहिलेसम्म उपाधिका लागि टक्कर दिनसक्ने एकमात्र टोली टोट्टनहाम नै देखिएको छ ।

आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा कोस्टाले दोस्रो हाफमा दुई गोल गरेपछि चेल्सीले महत्ववपूर्ण जित हात पारेको हो । जितपछि प्रशिक्षक एन्टोनियो कोन्टेले स्ट्राइकर कोस्टाको प्रशंसा गरे । ‘स्ट्राइकरले गोल गर्नपर्छ, किनभने स्ट्राइकरको भविष्य नै गोल गर्नसक्ने क्षमतामा निर्भर हुन्छ', प्रशिक्षक कोन्टेले भने, ‘कोस्टाको प्रदर्शनबाट म निकै खुसी छु ।'

 

कोस्टाले खेलको सुरुबाटै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले नै उपलब्ध गराएको पास सदुपयोग गर्दै इडेन हाजार्डले खेलको पाँचौं मिनेटमै चेल्सीलाई १-० ले अघि बढाएका थिए । २४औं मिनेटमा ओरिओल रोमेउको गोलमार्फत साउथह्याम्पटनले खेल १-१ को बराबरीमा फर्काएको थियो । पहिलो हाफको इन्जुरी समयमा गेरी काहिलले चेल्सीलाई पुनः २-१ को अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा कोस्टा एक्लैले दुई गोल गरेपछि चेल्सी ४-१ ले अघि बढेको थियो । कोस्टाले ५३औं मिनेटमा सेस फाब्रिगासको क्रसमा हेडिङमार्फत प्रिमियर लिगमा आफ्नो ५०औं गोल गरेका थिए । त्यसपछि ८९औं मिनेटमा हाजार्ड र पेड्रो रोड्रिग्वेजसँग पास खेल्दै कोस्टाले खेलमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

इन्जुरी समयमा रायन बेट्र्रान्डले गोल गरेपछि खेल ४-२ मा सकिएको थियो । उक्त खेलमा चेल्सीले आफ्ना कप्तान जोन टेरीलाई पनि गत नोभेम्बरपछि पहिलोपटक मैदानमा उतारेको थियो । चेल्सीमा २२ वर्ष बिताएका टेरीले यसै सिजनको अन्त्यपछि स्टामफोर्ड ब्रिज छाड्ने घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.