सिंहध्वाका दरबार पुनर्निर्माण 

सिंहध्वाका दरबार पुनर्निर्माण 

भक्तपुर नगरपालिका, भक्तपुर पुनर्निर्माण अध्ययन समिति, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त प्रयासमा ‘सिंहध्वाका दरबार (राष्ट्रिय कला संग्रहालय) पुनर्निर्माण विषयक गोष्ठी यस प्रसंगको विषय रहेको छ । सिंहध्वाका मध्यकालीन शासनव्यवस्थासित सन्निकट भवनसंहितामूलक निर्माण पद्धतिको नमुना थियो । वर्तमानले तिनका मौलिक स्वरूपमात्र सदियौं पहिले स्थानीय सांस्कृतिक संचेतनावाहक चित्रकलासाधक पूर्वज चित्रकार महानुभावहरूका साधना-चित्रणमा भेट्टाउन सकिने अवस्था छ । जीवनका सार्थक संचेतना सांस्कृतिक सम्पदाका मूल आधार रहे बनेको हुन्छ । जहाँजहाँ सांस्कृतिक संचेतना उभारिरहेका हुन्छन्, त्यहाँत्यहाँ नै मौलिक सम्पदा संरक्षण, संवद्र्धनका सरोकार सार्थक बनेका हुन्छन् ।

सिंहध्वाका शब्दैले सांस्कृतिक सम्पदाजन्य छ । सिंह शब्द आफैमा सार्वभौम रहेको छ । यसको अर्थ समान रूपले संस्कृत, हिन्दी, उर्दु, बंगाली आदि भाषामा प्रचलित छ । ध्वाका शब्द ढोकाको पर्यायवाची रहेको छ । संस्कृत द्वार शब्दका पयार्य बनेको ध्वाका नेपालभाषाको हो । मध्यकालीन शासन व्यवस्थामा यसको बाहुल्य रहेको थियो । तथापि संस्कृत भाषामा पनि नितान्त गहकिला ग्रन्थहरू अभिलेखन भएको विभिन्न अभिलेखालयमा संगृहीत छन् ।

नेपाल लिपिहरूमा लिखित ती संस्कृत भाषाका ग्रन्थहरू शिक्षा अनि संस्कृति मन्त्रालय अन्तर्गतका विविध संग्रहालयमा संगृहीत छन् । साथै नेपालभाषा-साहित्य, संस्कृति र सम्पदाका मर्मज्ञ स्वर्गीय प्रेमबहादुर कंसाकारले आफ्ना पिताका स्मृतिमा स्थापित ‘आशा सफू कुथि'/आशा संग्रहालय मा पनि व्यवस्थित तवरले संगृहीत छन् । अध्ययता, अनुसन्धाताहरूका लागि अध्ययनकक्ष समेतको प्रबन्ध रहेको आशा सफू कुथि अध्ययन-अवलोकन निमित्त ग्राह्य बनेको छ ।

सिंहध्वाका मल्लकालीन राजकुलको अवशेष रहेको छ । नेपालभाषा शब्दावलीहरू प्रायः संस्कृतका रूपान्तरित रहेका छन् । राजकुल शब्द रूपान्तरित भएर नेपालभाषामा लाय्कू बनेको छ । नेपालभाषा संहिता/भाषा विज्ञान अनुरूप राज लाय् बनेको छ । कुलको संक्षिप्तीकरण भएर दीर्घ कू बनेर राजकुल लाय्कू हुन पुगेको छ । राजकुल/दरबारको मूलढोका दायाँबायाँ ठूलठूला प्रस्तर सिंहका मूर्तिहरू प्रतिस्थापन गरिएका छन् । मूलद्वारका दुवैतिर सिंह प्रतिस्थापन गर्नु काल्पनिक जडान नभई राजदरबारको प्रतीकात्मक विम्बबोधक बनेको छ ।

प्रतीक र विम्बहरू सांस्कृतिक सम्पदाका दुवै मूर्त र अमूर्त पक्ष बन्छन्, बनेका हुन्छन् । संस्कृति र सम्पदाका सरोकारमा प्रयुक्त यी र यस्ता अनेकानेक प्रतीकात्मक वस्तुका विम्बात्मक अर्थबोधका विश्लेषण हाम्रामा नौलो प्रयास नै बनेको छ । सांस्कृतिक सम्पदामा प्रयुक्त ती नितान्त गहन, मर्मभेदी वस्तुविश्लेषण गर्ने संस्कारमूलक शिक्षानीति, विधियुक्त शैक्षिक सामग्री तयार गरी शिक्षक, प्राध्यापकहरू तयार गर्न सक्दा भक्तपुर नगरपालिकाले सोच अनुरूपका अभियान भर्न सहज हुने देख्छु ।

ख्वपछें गेस्ट हाउसमा सम्पन्न सिंहध्वाका दरबार पुनर्निर्माण विषयक कार्यशाला गोष्ठीमा वर्तमान राष्ट्रिय कला संग्रहालय रहेको एक अभिन्न अंगको अंश हो । प्रसंग २०७२ वैशाख १२, १३ र २९ गतेका भूकम्पले त्यसलाई पनि क्षतविक्षत पारेकाले पुनर्निर्माण नगरी नहुने अवस्था सिर्जेकोसित सरोकारी बनेको छ । यिनै सरोकारसित केन्द्रित रहेर ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रजनी जोशीले आफ्नो कार्यपत्रमा सिंहध्वाका (राष्ट्रिय कला संग्रहालय) भवन पुनर्निर्माणसम्बन्धी ऐतिहासिक पृष्ठभूमि, सामाजिक-सांस्कृतिक महत्वव, भूकम्पबाट भएका क्षति, सिंहध्वाका (लालबैठक-राष्ट्रिय कला संग्रहालय) परिवर्तन र परिवर्तित स्वरूप, संरक्षण/पुनर्निर्माणका विधि र अवधारणा रहेका छन् ।

जहाँजहाँ सांस्कृतिक संचेतना उभारिरहेका हुन्छन्, त्यहाँत्यहाँ नै मौलिक सम्पदा संरक्षण, संवद्र्धनका सरोकार सार्थक बनेका हुन्छन् ।

मध्यकालीन नेपालको ऐतिहासिक सांस्कृतिक सम्पदास्थलहरूको निर्माण र संस्थापन अवस्थामा भक्तपुरका क्षेत्रहरू घना हरित वन भूमि रहेकाले लाय्कू (राजकुल) परिसर निकै चाक्लो र फैलिएको आँक्न सहज पर्छ नै । फलतः ९९ चोकसहितको राजकुल भवनहरू निर्माण गरिएको अनुमान तर्कसंगत हुन आउँछ ।

९९ चोकका अवशेषहरू मेरै बाल-तरुण अवस्थासम्म देख्ने अवसर पाएको आत्मानुभूति रहेको छ । वर्तमान श्रीपद्म कलेज परिसर २००९ सालसम्मै मध्यकालीन वसन्तपुर दरबार धराशयी भएर चारपाटे श्वेतबारी रह्यो । त्यसताका ती चौपट्टा बारीलाई बगैंचा भनिन्थ्यो । तिनमा अनेक फलफूल- सुन्तला, नासपाती, खुरपानी, आरु, ज्यामिर र भोगटेका बोटबिरुवाका साथै लहरे तरकारी, काँक्रा, घिरौंला, पाटेघिरौंला, करेलाको खेती गरिन्थ्यो । मामाको घर श्रीपद्म विद्यालयको ठीक सामुन्ने थियो ।

म त्यहाँको दृश्यावली प्रत्यक्ष दर्शन गर्थें । बगैंचे बन्धुहरू आफैं घर छिमेक रहेकाले उहाँहरूबाट त्यसका इतिवृत्तिहरू सुनी थाहा पाउँथेँ । २००९ पछि श्रीपद्म हाइस्कुल भवन वर्तमान स्थलमा निर्माण भएर तापालाछि टोलबाट यहाँ सरेथ्यो । २०२२ सालमा गाउँ, नगर, जिल्ला र अञ्चल पञ्चायत सीमा निर्धारण भई ७५ जिल्ला, १४ अञ्चल विभाजन भएको थियो । त्यसअघि नेपाल ३५ गढी, गौंडा, गोश्वारा र तीन मेजिस्ट्रेटिय भक्तपुर, ललितपुर, कान्तिपुर जिल्ला विभाजन भएका थिए ।

 

यस प्रसंगसित सरोकारी राष्ट्रिय कला संग्रहालय २०१६ सालको प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाएर स्व. विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्व कालमा राष्ट्रिय चित्र संग्रहालयको उद्घाटन यिनै मालती चोकमा प्रधानमन्त्रीद्वारा पुरातत्वव विभागका प्रथम निर्देशक शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गराएका हुन् ।

कालान्तरमा चित्र संग्रहालय वर्तमान राष्ट्रिय कला संग्रहालयमा परिणत हुन पुग्यो । यसको कारण थियो— चित्रहरू पौभा चित्रहरू, थान्का चित्रहरू मात्र समेटिएका संग्रहालयमा शिलामूर्ति, धातु, ढलौट, भाँडाकुँडाहरू, मृत्तिका भाँडाकुँडाहरूका साथै प्राचीन काष्ठमूर्ति, टुँडाल आदिका सम्पदाहरूका जोहो गरिनु मुख्य आधार बन्यो । यिनै गहन प्रसंग वहन गरेका राष्ट्रिय कला संग्रहालय अब पुनर्निर्माण नगरी नहुने जोखिमपूर्ण स्थितिमा गुज्रिरहेको छ । यस्तो जोखिमपूर्ण स्थितिमुक्त गर्ने उपाय खोज्ने सुझाव र विचार संग्रह खातिर पहिलो सूक्ष्म र लघु कार्यशाला गोष्ठी भएको प्रतीत हुन्छ ।

कार्यशाला गोष्ठीमा रजनी जोशीको प्रस्तुतिपछि सरोकार राख्ने ज्ञाता, विज्ञ र अभिरुचि राख्नेले सहभागितापूर्ण विचारहरूद्वारा प्रस्तोता महानुभावलाई सुझाएर परिमार्जित तवरले सम्वद्र्धन निमित्त सघाउनु सकारात्मक ठानेछु । आशा किन नगरौं कि यसले अरू थप आयामिक प्रयासको क्षितिज उघार्ने छ पक्कै पनि !

कार्यपत्रमा सिंहध्वाका दरबार वर्तमान राष्ट्रिय कला संग्रहालयका सम्बन्धमा विभिन्न विद्वान्-राष्ट्रिय र अन्तर्राष्ट्रिय महानुभावहरूद्वारा लिखित विचारहरू अनेक स्रोतसामग्री बटुली प्रस्तुत भए, गरिएका अभिरुचि राख्ने महानुभावहरूका लागि श्रेयस्कर लाग्छ । तिनमा उल्लेख भएका स्थानीय नेपाली विद्वान्हरूले सिंहध्वाका सम्बन्धमा उल्लेख गरेका प्रसंगहरू अब अध्ययन गर्न चाहने अध्ययताहरूका लागि सुगम अवसर बनेको छ ।

विक्रम संवत् १७५५ नेपाल संवत् ८१८ मा भूपतिन्द्र मल्लले निर्माण गराएको स्व. लीलाभक्त मुनंकर्मीले उल्लेख गरिएको भएर पनि पाश्चात्य विद्वान् हिरोज एन्ड होगिन्सले सिंहध्वाका १२औं शताब्दीमा निर्माण भएको उल्लेख छ । यसकै परिसरका सुन्दर कलात्मक ढुंगेधारा १६५६ मा राजा यक्ष मल्लद्वारा गरे गराइएका प्रसंग सान्दर्भिक देखियो । पुरातत्ववविद् सहभागी महानुभाव विष्णुराजले सिंहध्वाकाको दायँबायाँका नृसिंह र हनुमन्त भैरवका प्रस्तर मूर्तिकलाका सांकेतिक अर्थ विश्लेषण भएको रोचक पाएँ ।

मल्लकालीन सिंहध्वाका दरबार वर्तमान लालबैठक नामकरण गरी प्राचीन सीप र शैलीबाट पाश्चात्य शैलीको स्थापत्य रूपमा परिणत भए गरिएको छ । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर कुँवरका कान्छा भाइ धीरशमशेर भक्तपुरको ब्रिगेडिएर जनरल थिए । जंगबहादुर कुँवरमा परेको बेलायती प्रभावमा तत्कालीन ब्रिटिस रेजिडेन्टहरूका सल्लाह साउतीमा मध्यकालीन स्थापत्य भवनसंहिता-शैलीको प्रभुत्व जम्न पुगेको आकलन गर्न अप्ठेरो परोइन भन्छु ।

प्राचीन मौलिक स्थापत्य कला शैलीलाई पुनरावृत्त गर्नसके भक्तपुर दरबार परिसरले विश्व पर्यटकीय आँखा र रुचिलाई सहज तवरले आकर्षित पार्न सुगम हुनेछ । वर्तमान नेपाली लोकतन्त्री संविधानअनुरूप स्थानीय श्वायत्त शासन पद्धति अनुकूल स्थानीय स्वशासन पद्धतिलाई अग्रगामी बनाउन आफ्नै आयस्रोत सुदृढ पार्ने मुहानै बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.