कश्मीरमा भीषण अपरेसन २ दर्जन गाउँ खाली

कश्मीरमा भीषण अपरेसन २ दर्जन गाउँ खाली

एजेन्सी : भारतीय सुरक्षा बलले बिहीबार भारत प्रशासित जम्मु कश्मीरका शोपिया र पुलवामा जिल्लामा भीषण सैन्य अपरेसन सुरु गरेको छ । आतंकवादीको विरोधमा सैन्य अपरेसन गर्न सेनाले शोपिया जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ खाली गराएको पनि जानकारी दिएको छ । ती गाउँमा व्यापक रूपमा खोजी अभियान सुरु गरिएको छ ।

यस क्षेत्रमा गत वर्ष सुरक्षाकर्मीसँगको मुठभेडमा हिजबुल मुजाहिद्दिनका कमान्डर बुरहान वानी के मारिएका थिए । उनी मारिएपछि जम्मु कश्मीरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै आएका छन् । सरकारले लामो समयदेखि कफ्र्यु लगाउँदै आएको छ । निरन्तरको अशान्तिपछि सशक्त रूपमा विद्रोहीविरुद्ध अपरेसन सुरु गरिएको हो । शोपियामा आतंकवादीहरू खुलेआम घुमिरहेका भिडियो सार्वजनिक भएपछि सुरक्षाबल आक्रामक भएको हो । यस अपरेसनमा सेना, अर्धसैनिक बल र जम्मु कश्मीर प्रहरीका तीन हजार जवान सहभागी छन् ।

बुधवार राति अबेर पनि विद्रोहीले अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरी ५ वटा राइफल लुटेका थिए । विद्रोहीले बुधवार नै पुलवामामा २ वटा बैंकमा डकैती गरेका थिए । पुलवामाका एसपी रइस मुहम्मद भाटले प्रारम्भिक जाँचअनुसार बैंक डकैतीमा आतंकी संगठन लस्कर-ए-तैयबाको हात रहेको छ । नीहरूले मे १ तारिखमा कुलगाममा पनि बैंक लुटेका थिए । त्यस घटनामा ५ सुरक्षाकर्मी र २ जना बैंक कर्मचारीको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.