'उत्तर कोरियाले सेटेलाइटबाट अमेरिकामा आक्रमण गर्छ'

'उत्तर कोरियाले सेटेलाइटबाट अमेरिकामा आक्रमण गर्छ'

एजेन्सी : उत्तर कोरियाका राष्ट्रपति किम जोन उनको हत्या गर्ने अमेरिकी खुफिया एजेन्सी सिआईएको योजना बाहिर आएपछि उत्तर कोरिया अमेरिकासँग थप रुष्ट भएको छ । उत्तर कोरियाले जुनसुकै बेला आफूमाथि आक्रमण गर्न सक्ने हल्ला अमेरिकाले फैलाएको छ । रक्षात्मक रणनीति अपनाइरहेको उत्तर कोरिया हाल आक्रमक रुपमा प्रस्तुत भएको अमेरिकी ठहर छ ।


उत्तर कोरियाले आफ्ना दुई सेटेलाईबाट अमेरिकाको पूर्ण निगरानी गरिराखेको एक अमेरिकी अधिकारीले दावी गरेका छन् । तिनै सेटेलाइटका माध्यामबाट परमाणु हतियार इलोक्ट्रोम्याग्नेटिक पल्स(इएमपी) प्रयोग गरी उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ने तयारी गरिरहेको ती अधिकारीको दावी छ । अमेरिकाका इएमपी टाक्सफोर्सका कार्याकारी निर्देशक 'पिटर भिसेन्ट प्रे' ले एक सञ्चार माध्यामलाई दिएको अन्तर्वार्तामा यस्तो दावी गरेका छन् ।

Image may contain: 1 person, text

उत्तर कोरियाले सन २०१२ र २०१६ मा दुईवटा सेटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । केएमएस ३-२ र केएमएस-४ नामका दुई सेटेलाइटले करीब डेढ घण्टामा पृथ्वीको फेरो मार्न सक्ने प्रेको दावी छ । यिनै सेटेलाइटको प्रयोग गरी उच्च कोटीका परमाणु हतियारको सहयतामा अमेरिकामाथि साइबर आक्रमण समेत गर्न सक्ने भन्दै प्रेले चिन्ता व्यक्त गरेका छन् ।

पिटर प्रेका अनुसार इएमपीबाट आक्रमण गर्दा हतियार पृथ्वी भन्दा धेरै माथि रहने भएकाले हतियारको विस्फोटको आवाज पनि पृथ्वीमा सुन्न सकिँदैन । त्यसलाई देख्न पनि सकिदैन । पृथ्वीमा त्यसको प्रभाव मात्रै देखिन्छ । त्यस्ता हतियारको प्रयोगले वायुमण्डलमा रहेको विद्युतीय सन्तुलन विग्रन्छ । त्यसबाट सञ्चार सेवा अवरुद्ध हुनुका साथै वायुमण्डलको सन्तुलन नष्ट हुँदा हवाई यानहरु समेत उडाउन नसकिने अमेरिकी अधिकारी प्रेको दावी छ । यसबाट अमेरिकामा मात्रै नभएर विश्वभर असर पर्ने पनि उनी बताउछन् ।

यो पनि पढ्नुहोस 

यस्तो थियो किमलाई मार्ने अमेरिकाको योजना

तीनवटा बमले संसार ध्वस्त पार्न सक्छ उत्तर काेरियाले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.