संघीयता सुहाउँदो स्वास्थ्य संरचना

संघीयता सुहाउँदो स्वास्थ्य संरचना

काठमाडौं : सरकारले मुलुकको संघीयता सुहाउँदो स्वास्थ्य क्षेत्रको पुनःसंरचनालाई विशेष जोड दिएको छ । जसका निम्ति एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनामार्फत संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाको संरचना तथा जनशक्ति व्यवस्थापनलाई सरकारले पहिलो प्राथमिकतामा पारेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने क्रममा स्वास्थ्य क्षेत्रको पुनःसंरचनामा जोड दिनुभएको हो ।

मुलुक संघीयतामा गइसकेपछि स्वास्थ्य सेवा प्रणाली कस्तो हुने भन्ने बहस चलिरहेका बेला राष्ट्रपतिले ७ सय ४४ वटै स्थानीय तहमा १५ शड्ढया क्षमताको अस्पताल व्यवस्था गर्ने नीति लिएको जानकारी दिनुभयो । यस्तै, आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरी प्रभावकारी बनाउनेमा जोड दिइएको छ । देशको संघीय संरचनाअनुरूप अस्पतालको सुदृढीकरण गरी विशेषज्ञ सेवा विस्तार गरिने विषय सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छ । संघीय संरचनाअनुरूप प्रत्येक प्रदेशमा कम्तीमा एउटा भौतिक संरचना र स्रोत-साधनसम्पन्न अस्पताल बनाई विभिन्न विशेषज्ञ सेवा विस्तार गरिनेछ ।

संवैधानिक व्यवस्थाअनुसार स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने पुरानै व्यवस्थालाई निरन्तरता पनि दिइएको छ । आकस्मिक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिकलाई वञ्चित नगराइने, उनीहरूको स्वास्थ्योपचारबारे स्पष्ट जानकारी दिने र स्वास्थ्य सेवामा सबैको समान पहुँचको व्यवस्था सरकारले गरेको छ । दिगो विकास लक्ष्य हासिल गर्न सबै उमेर समूहको स्वस्थ जीवनका लागि बहुपक्षीय सहकार्यलाई प्रोत्साहन गर्ने र नेपाललाई सन् २०२२ सम्म अति कम विकसित राष्ट्रको सूचीबाट मध्यम आयस्तर भएका विकासशील मुलुकको सूचीमा पु‍र्‍याउन स्वास्थ्य सेवालाई पनि मुख्य आधारका रूपमा लिइने सरकारले जनाएको छ ।

सेवा विस्तारमा जोड

कार्यान्वयनमा जटिलता देखिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम देशभरि विस्तार गर्ने र विपन्न नागरिकलाई कडा रोगमा निःशुल्क उपचार व्यवस्था गर्ने सरकारको योजना छ । निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि खरिद प्रक्रियालाई सहज बनाइनेछ । पूर्वघोषित कार्यक्रमअनुसार सरकारी स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बहिरंग सेवा उपलब्ध हुने व्यवस्था गरिनेछ । विदेशमा गई उपचार गराउने प्रवृत्तिलाई निरूत्साहित गर्न वीर अस्पताललाई सर्वोत्कृष्ट प्रेषण केन्द्रका रूपमा विकास गर्ने सरकारले जनाएको छ ।

देशको संघीय संरचनाअनुरूप अस्पतालहरूको सुदृढीकरण गरी विशेषज्ञ सेवा विस्तार गरिने ।

यस्तै, नवजात शिशुको विशेष उपचार विस्तार र निःशुल्कको व्यवस्था गरिनेछ । मेडिकल कलेजसँग समन्वय गरी पहुँच नभएको स्थानमा समेत स्वास्थ्य सेवाको विस्तार गरिने पनि सरकारको कार्यक्रम छ । पूर्व-पश्चिम राजमार्ग र उत्तर-दक्षिण सहायक राजमार्गका विभिन्न ठाउँमा ट्रमा सेन्टर स्थापना गर्नुका साथै धरान र नेपालगन्जमा क्यान्सर अस्पताल विस्तार गरिनेछ ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुननिर्माण एवं स्वास्थ्य सेवाको निरन्तरताका लागि पूर्वाधार विकास तथा औजार उपकरणको व्यवस्था सुनिश्चित गर्ने बताएको छ । रोग निदानका लागि रेडियोलोजी र प्याथोलोजी प्रयोगशाला सेवा विकास र विस्तार गरिनेछ । अस्पतालमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याइनेछ । सिकलसेललगायत विभिन्न लक्षित रोगको रोकथाम, निदान र उपचारमा प्रभावकारिता ल्याइनेछ ।

जनचेतनामा जोड

'मेरो वर्ष २०७४ म स्वस्थ, मेरो देश स्वस्थ' अभियान सञ्चालन गरिने र सबैलाई म मेरो स्वास्थ्यप्रति जिम्मेवार रहन्छु भन्ने भावना विकास गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार एवं नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । बढ्दो मानसिक समस्या न्यूनीकरण गर्न प्रवद्र्धनात्मक कार्यक्रम र मानसिक रोग उपचारका लागि गैरसरकारी संघसंस्थाको साझेदारीमा स्याहार केन्द्रहरू सञ्चालन गर्ने बताइएको छ ।

पुराना र नयाँ सबै प्रकारका सरुवा रोग रोकथाम, नियन्त्रण, निवारण एवं उन्मूलनमा विशेष जोड दिइने र आमा-बच्चाको स्वास्थ्यका लागि एकीकृत स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ ।

गुणस्तरमा जोड

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन जनस्वास्थ्य ऐन तर्जुमा गर्ने बताइएको छ । अस्पतालको भौतिक अवस्था एवं स्रोत-साधनमा सुधार गरी उपचारात्मक सेवा विस्तार र गुणस्तरमा सुधार गरिनेछ । औषधिको गुणस्तर कायम गर्ने र औषधिको मूल्य नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी पारिने सरकारको भनाइ छ । प्राकृतिक प्रकोप न्यूनीकरण, पूर्वतयारी एवं प्रकोप व्यवस्थापनका लागि प्रभावकारी संयन्त्रको विकास गर्दै विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मौसम परिवर्तन, रेडियोधर्मी विकिरणजस्ता विषयमा स्वास्थ्य प्रभावबारे अध्ययन, अनुसन्धान र कार्यक्रम विकास गरिनेछ ।

यस्तै, स्वास्थ्य सेवालाई गुणस्तरीय बनाई पहुँच अभिवृद्धि गर्न सरकारी अस्पतालसँग कार्यसम्पादन करार गरिने सरकारको कार्यक्रम छ । सरकारले चालु आर्थिक वर्षका उपलब्धि पनि सार्वजनिक गरेको छ । जसमा डाइलाइसिस सेवासँगै बाथ, मुटुरोगको उपचार, मिर्गौला प्रत्यारोपण निःशुल्क गरिएको देखि लिएर वर्षौंदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउन र औषधि उत्पादन सुरु गर्न सकिएको छ ।

नयाँ कार्यक्रम

- हरेक स्थानीय तहमा १५ शड्ढयाको अस्पताल
- आधारभूत स्वास्थ्य सेवा हस्तान्तरण र विशेषज्ञ सेवा विस्तार
- प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल
- वीर अस्पताललाई सर्वोत्कृष्ट प्रेषण केन्द्र बनाइने
- विभिन्न ठाउँमा ट्रमा सेन्टर, धरान र नेपालगन्जमा क्यान्सर अस्पताल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.