गोविन्द केसीको अनसन रोकियो

गोविन्द केसीको अनसन रोकियो

दाङ : स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बस्दै आउनु भएका डा. गोविन्द केसीको शनिबारदेखि बस्ने भनिएको अनसन रोकिएको छ ।

पुर्व घोषित कार्याक्रम अनुसार डा केसीले आफ्नो ११औँ अनसन दाङमा बस्ने तयारी गर्नु भएको थियो । स्वास्थ्यमन्त्री गगन थापा, जिल्लाका चिकित्सक सँगै प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले सँगको छलफलपछि डा. केसी अनसन रोक्न तयार हुनु भएको हो । स्वास्थ्यमन्त्री थापाले टेलिफोनमार्फत् केसीका माग सम्बोधन गर्ने आश्वासन दिनु भएको छ।

शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया गरेर रात्री बसमा दाङ आउनुभएका केसीले शनिवार दिउँसोबाट राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन सुरु गर्ने तयारी गर्नु भएको थियो ।

डा. केसीले प्रदेश नम्बर ५ मा बन्ने सरकारी मेडिकल कलेज दाङमा हुनुपर्ने माग गर्दै दाङबाटै अनसन सुरु गर्न लाग्नु भएको हो ।

१० औ अनसनमा एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने र पहिलो चरणमा दाङमा गर्ने सहमति भए पनि सरकारले प्रक्रियालाई तिव्रगतिमा नलागेको भन्दै केसी अनसन बस्न लाग्नु भएको थियो ।

‘सहमति अनुरुप नै स्वास्थ्य मन्त्री गगन थापाले राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने विधेयक तयार पार्नु भएको छ’ डा. केसीका सहयोगी डा. सुमन आचार्यले भन्नु भयो, ‘तर, राजनीतिक दबाब र चलखेलका कारण बुटबलस्थित लुम्बिनी अञ्चल अस्पताललाई ५ नम्बर प्रदेशको सरकारी मेडिकल कलेज बनाउने तयारी अघि बढेको बुझिए पछि डा. केसीले अनसनका लागि दाङ रोज्नु भएको हो ।’

डा. आचार्यले स्वास्थ्य सेवाका हिसाबले पछाडि परेका रुकुम, रोल्पा, सल्यान, प्यूठान लगायतका जिल्लाका बासिन्दालाई दाङ पायक पर्ने भएकाले डा. केसीले दाङमै मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै आउनु भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.