विदेशबाट फर्केर कुखुराफार्म

विदेशबाट फर्केर कुखुराफार्म

प्युठान : स्वरोजगार नहुँदासम्म सुखी जीवन बिताउन नसकिने सोचबाट अघि बढ्नुभएका झिमरुक गाउँपालिकाको सुमेन्तेकाना प्युठानका हरि जीसीले कुखुराफार्म सञ्चालन गर्नुभएको छ । रोजगारका लागि चारवर्ष कतारमा बिताउनुभएका उहाँले घर फर्के लगत्तै फार्ममा लगानी गर्नुभएको हो । ‘चार वर्ष विदेशमा बिताइयो',२७ वर्षीय जिसीले भन्नुभयो, ‘विदेश भन्ने पनि त्यस्तै रहेछ । अब घरमै केही गर्ने मन छ ।'

विदेशबाट दुःख गरेर कमाएको तीन लाख रुपैयाँ लगानी गरी अँगारामा सुप्रिम पोल्टीफार्म सञ्चालनमा ल्याएको उहाँले जानकारी गराउनुभयो । ‘सुरुमा रोगले अलिकति कुखुरा मरे',उहाँले भन्नुभयो, ‘लगानी त डुबेन । तर, नाफा गर्न सकिएन् ।' कुखुरालाई लागेको सामान्य रोगहरुको उपचार आफैं गर्न सकिने बताउँदै उहाँले साढे ६ सयवटा कुखुराबाट फार्म सञ्चालन गरेको जानकारी दिनुभयो । ‘बजारको खासै समसया छैन्',जीसीले भन्नुभयो, ‘धेरै कुखुरा कोहलपुरबाट लिन आउँछन् । स्थानीय बजारमा पनि मासु खपत हुन्छ ।' बांगेफेदी, मच्छि, चुँधारा र गाउँमै कुखुराको मासु बिक्री गर्ने गरिएको उहाँले सुनाउनुभयो ।

‘प्लस टु पास गरेको छुँ',उहाँले भन्नुभयो, ‘पढ्दापढ्दै विदेश पुगियो । अब उद्यममै लागेर अर्थोपार्जन गर्ने योजना छ ।' गाउँमा दुई सय रुपैयाँमा प्रतिकिलो मासु बिक्री गर्ने गरिएको उहाँले जानकारी गराउनुभयो । बाटो छेउँमै फार्म सञ्चालन गर्नुभएका जीसीको फार्ममा एकैपटक एक हजार बढी कुखुरा अट्न सक्ने क्षमता छ । ‘पशुपालक किसानलाई सरकारले सहयोग गर्छ भन्ने सुनेको छुँ',उहाँले भन्नुभयो, ‘व्यवासायमा लागेका युवालाई राज्यले प्रोत्साहन गर्नसके बाध्यताले विदेशिनु पर्ने थिएन होला ।'

विदेशमा काम गर्दा १२ घन्टा पसिना बगाउनु परेको अनुभव सुनाउँदै उहाँले गाउँमै रोजगार दिने र आफ्नै लगानीमा खोलिएका उद्यमी व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ । ‘रहले कोही विदेश जाने होइन',उहाँले भन्नुभयो, ‘घरखर्च चलाएर थोरैधेरे आम्दानी गर्नसके सबै युवा घरमै काम गर्नसक्थे होला ।'

आफ्नै लगानीमा स्वरोजगार बन्ने चाहना रहेको उहाँले सुनाउनुभयो । ‘बिहान उठेदेखि कुखुराको स्यहार गर्नमै व्यस्त हुनुपर्छ',जीसीले भन्नुभयो,‘लगानीलाई अझै विस्तार गर्ने योजना बनाएको छुँ ।' वैदेशिक रोजगारबाट फर्किएर जिल्लाका गाउँगाउँमा धेरै युवाले कुखुराफार्म संचालन गरेका छन् । बांगेमरोठ सहित विजुवार, तिराम, मर्कावाङ, ओखरकोट, बाँदीकोट, खुङ, नारीकोट, मरन्ठाना, तोरवाङलगायत क्षेत्रका युवाले फार्म सञ्चालन गरेर स्वरोजगार बन्नतर्फ अग्रसर देखिएका छन् ।

जिल्लामा सयौंको संख्यामा कुखुराफार्म सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय प्युठानले जनाएको छ । व्यावसायिक रूपमै लागेका युवालाई कार्यालयले विभिन्न अनुदान सहितका कार्यक्रम सञ्चालन गरिरहेको वरिष्ठ पशु विकास अधिकृत डा.शरणकुमार पाण्डेले जानकारी गराउनुभयो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.