धूमपानबाट सजिलै मुक्ति
विश्वमा धूमपान गर्नेको संख्या धेरै छ । सर्वेक्षणका अनुसार विश्वका करिब एक अर्ब ३० करोड मानिसले धूमपान तथा सुर्तीजन्य पदार्थहरूको सेवन गर्दछन् । अफ्रिकाका २९ प्रतिशत पुरुष तथा चार प्रतिशत महिलाले चुरोट पिउँछन् । अमेरिकाका ३५ प्रतिशत पुरुष तथा २२ प्रतिशत महिलाले चुरोट पिउँछन् । युरोपका ४६ प्रतिशत पुरुष तथा २६ प्रतिशत महिलाले चुरोट पिउँछन् । दक्षिण एसियाका ४४ प्रतिशत पुरुष तथा चार प्रतिशत महिलाले चुरोट पिउँछन् भने नेपालका ४९ प्रतिशत पुरुष तथा २९ प्रतिशत महिलाले चुरोट बिँडी पिउँछन् ।
२०६९ सालको तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट ४४ जनाको ज्यान जाने गर्दछ । र, यस्ता पदार्थको सेवनका कारण उत्पन्न हुने रोगका कारण उपचारमा वार्षिक १६ अर्ब रुपैयाँ खर्च भइरहेको छ ।
धूमपान के हो ?
सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई धूमपान गर्नु भनिन्छ । धूमपानमा प्रयोग हुने प्रमुख पदार्थ भनेको सुर्ती हो । सुर्ती निकोटियाना प्रजातिको घाँसेबिरुवा हो । सुर्तीको पातलाई सुकाएर नशाको रूपमा प्रयोग गर्ने प्रचलन प्राचीनकालदेखिकै हो ।
सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोग विधिलाई धूमयुक्त र धूमरहित गरी दुई वर्गमा बाँडिएको छ । चुरोटबिँडी, चिलिम, सिगार तथा हुक्काजस्ता सुर्तीको प्रयोग विधि धूमपानीय विधि हुन् । सुर्ती, खैनी, पान, गुट्खा, पानमसला, क्रिमयुक्त सुर्ती, सुर्ती भिजाएको पानी तथा सुर्ती मि िश्रत अन्य पदार्थको सेवन चाहिँ धूमपानरहित सेवनका विधि हुन् । नेपालमा यी दुवै विधिद्वारा सुर्तीको सेवन गर्ने गरिन्छ ।
धूमपानको लत
धूमपान र सुर्तीजन्य पदार्थको सेवन सुरु गर्दा प्रायः कसैले जिन्दगीभरि सेवन गर्छु भनेर सुरु गर्दैनन् । तर यसको सेवन गर्न थालेपछि निकोटिनले मानिसलाई मोहनी लगाउँछ र मानिस धूमपानको लतमा फस्छ । निकोटिन लिने बानी परेपछि शरीरले सदैव निकोटिन खोजिरहन्छ । धूमपान गरेको पाँच सेकेन्डभित्र निकोटिन मस्तिष्कमा पुग्छ, अनि त्यसको गहिरो प्रभाव २५ मिनेटमै सकिन्छ । प्रभाव सकिनेबित्तिकै शरीरले पुनः थप मात्रा माग्छ, त्यो भनेको फेरि धूमपान गर्न मन लाग्नु हो । यसरी धूमपान गर्न थालेको एक महिनामा निकोटिन लिने बानी बस्छ । त्यसपछि शरीरले छिनछिनमा निकोटिन खोजिराख्छ । परिणामस्वरूप व्यक्ति धूमपानको अम्मली बन्न पुग्दछ ।
विश्वका करिब एक अर्ब ३० करोड मानिसले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्छन ।
अमेरिकाका ३५ प्रतिशत पुरुष तथा २२ प्रतिशत महिलाले चुरोट पिउँछन् ।
नेपालका ४९ प्रतिशत पुरुष तथा २९ प्रतिशत महिलाले चुरोट बिँडी पिउँछन् ।
नेपालमा प्रत्येक दिन धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट ४४ जनाको ज्यान जाने गर्छ ।
उपचारमा वार्षिक १६ अर्ब रुपैयाँ खर्च हुन्छ ।
निकोटिनले मानिसलाई मोहनी लगाउँछ र मानिस धूमपानको लतमा फस्छ ।
चुरोटले पिउने व्यक्तिलाई मात्र हानि गर्दैन, साथ रहनेहरूलाई समेत हानि पुर्याउँछ ।
धूमपान र स्वास्थ्य
धूमपानले आर्थिक समस्या निम्त्याउनुको साथै अनेक स्वास्थ्य समस्याहरू पैदा गर्छ । चुरोटले पिउने व्यक्तिलाई मात्र हानि गर्दैन, साथ रहनेहरूलाई समेत हानि पुर्याउँछ । एक अध्ययनका अनुसार धूमपान गर्ने व्यक्तिले तान्ने चुरोटको धुवाँ (मेनस्ट्रिम स्मोक) र धूमपान नगर्ने, तर धूमपान गर्नेहरूका साथ रहनेहरूले सास फेर्दा लिने धुवाँ (साइडस्ट्रिम स्मोक)को दुष्प्रभाव समान भेटियो ।
चुरोट-बिँडीमा दुई प्रकारका प्रमुख विषालु तत्ववहरू, निकोटिन र कार्बन मनोक्साइड हुन्छन् । यी तत्ववहरूले शरीरलाई थुप्रै हानि-नोक्सानी पुर्याउनको साथै रगतमा नोरेड्रिनालिनजस्ता रसायनहरूको मात्र बढाउँछन् । एक प्रयोगका अनुसार दुईवटा चुरोट पिउँदा ८-१० मिमि रक्तचाप वृद्धि हुन्छ भने त्यो वृद्धि १६ मिनेटसम्म रहिरहन्छ । बे्रन स्ट्रोकको एउटा प्रमुख कारण धूमपान नै हो ।
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले अनेक प्रकारका स्वास्थ्य समस्याहरू पैदा गर्न सक्छ । मुख, गिजा, श्वासनली तथा फोक्सोको क्यान्सर, पेट, मिर्गौला, प्यांक्रियाज, आन्द्रा, मूत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना बढाउँछ । त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक, अन्धोपन, गिजा सुन्निने, दमखोकी, निमोनिया, अनिद्रा, अपच तथा मानसिक रोगहरूको खतरा बढेर जान्छ । गर्भवतीले धूमपान गरेमा अपांग तथा मृत बच्चा जन्मने सम्भावना रहन्छ ।
धूमपानबाट मुक्ति
धूमपानको सेवनबाट कुनै लाभ नहुने र यसले असरै असरमात्र गर्ने हुनाले धूमपानको सेवन नगर्नु तथा यसलाई छोड्नु नै बुद्धिमानी हुन्छ । धूमपानको सेवनबाट के कस्ता स्वास्थ्य समस्याहरू देखा हुन्छन्, यसले कसरी पारिवारिक, सामाजिक तथा आर्थिक समस्या पैदा गर्छ र यसको लत कसरी बस्छ भन्ने कुरा जानकारी भएको खण्डमा यसबाट मुक्त हुन सकिन्छ ।
धूमपानको लतबाट मुक्ति पाउन गाह्रो भए पनि असम्भव छैन । कतिपय मानिसले आफैं धूमपान छोडेको उदाहरणहरू पनि देख्न सकिन्छ । तर, धूमपान तथा सुर्तीजन्य पदार्थहरू छोड्न दृढसंकल्पको आवश्यकता पर्छ ।
धूमपानको लतबाट मुक्ति पाउन गाह्रो भए पनि असम्भव छैन । कतिपय मानिसले आफैं धूमपान छोडेको उदाहरणहरू पनि देख्न सकिन्छ । तर, धूमपान तथा सुर्तीजन्य पदार्थहरू छोड्न दृढसंकल्पको आवश्यकता पर्छ । यस्ता पदार्थहरू छोड्दा टाउको दुख्ने, जिउ काप्ने, छटपटी लाग्ने, औडाहा हुने, चक्कर लाग्ने, पसिना आउने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नलाग्ने, आत्तिने, टोलाउने, स्मरण शक्ति ह्रास हुने लक्षणहरू देखा पर्न सक्छन् । यस्ता लक्षणहरू देखिनासाथ अम्मलीले पुनः यस्ता पदार्थहरू सेवन गर्न थाल्छन् । त्यसैले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्ति प्राप्त गर्न मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । मनोचिकित्सकले विभिन्न किसिमका मनोवैज्ञानिक तथा व्यावहारिक पद्धति तथा औषधिद्वारा मानिसलाई धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्त पार्न महत्ववपूर्ण भूमिका निभाउँछन् ।
अन्त्यमा
एकजना चुरोटको अम्मली चुरोट कसरी छोड्न सकिन्छ भन्ने परामर्श लिन मनोचिकित्सककहाँ गएछन् र सोधेछन्, ‘डा. साप, कति कोसिस गरेँ तर चुरोट छोड्न सकिनँ । चुरोट छोड्ने कुनै उपाय छ ? '
‘उपाय छ । एकदम सरल उपाय छ । एक पटक तपाईंले कसरी चुरोट पिउनुहुन्छ, देखाउनुहोस् त ? ' मनोचिकित्सकले भनेछन् । उसले चुरोट सल्काएर पिउन थालेछ । त्यो देखेर मनोचिकित्सकले पुनः भनेछन्ः ‘औंलाले त्यसरी च्यापेपछि कसरी छुट्छ र चुरोट ? एक पटक औंला खुकुलो बनाउनुहोस् त ।' उनले चुरोट च्याप्पेको औंला खुकुलो बनाए, चुरोट भुइँमा खस्यो । मनोचिकित्सक मुसुक्क हाँस्दै भने, ‘छुट्यो कि छुटेन चुरोट ? '