सिन्धु विकासद्वारा वित्तीय साक्षरता अभियान
काठमाडौं : सिन्धु विकास बैंक लिमिटेड खाडीचौर शाखाले वित्तीय साक्षरता अभियान आयोजना गरेको छ । बैंकको शाखाले सिन्धुपाल्चोक जिल्लाको लिसंख्खु गाउँपालिका र सुनकोसी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थी तथा भूकम्पपीडितको उक्त वित्तीय साक्षरता अभियान आयोजना गरेको हो । उक्त अभियान 'सुनौलो भविष्यका लागि बचत' भन्ने नाराका साथ वित्तीय साक्षरता अभियान सञ्चालन भएको थियो ।
यस कार्यक्रममा ठोकर्पा माध्यमिक विद्यालय, सन्सारी माध्यमिक विद्यालय र बागभैरव माध्यमिक विद्यालयका करिब तीन सय विद्यार्थी तथा करिब दुई सय भूकम्पपीडित सहभागी रहेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा खाडीचौर शाखाका शाखा प्रमुख रतन प्रधानले प्रत्यक्ष रूपमा बैंकिङ पहुँचले हुने फाइदा तथा बैंकले प्रदान गर्ने सेवा-सुविधासम्बन्धी जानकारी गराउनुभएको थियो । बैंकले आगामी दिनमा पनि आफ्नो कार्यक्षेत्रभित्र बैंकिङ पहुँच नभएका ग्रामीण भेगमा गई यस किसिमको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
०६७ सालमा स्थापना भएको बैंकले प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल र चरिकोट गरी ९ वटा शाखालगायत सुकुटे र सिपाघाट सीमित बैंकिङ इकाइ गरी ११ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !