कुमारी बैंक कर्मचारी संघमा नयाँ नेतृत्व
काठमाडौं : कुमारी बैंक कर्मचारी संघमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको छ । स्टार पार्टी भेन्यु नक्सालमा शनिबार भएको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनले शिव पाठकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
संघको उपाध्यक्षमा विनोदमणि पोखरेल, महासचिवमा शरददेव जोशी, सचिवमा सुदर्शन फुँयाल र कोषाध्यक्षमा हिमालसिंह बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी, संघको सदस्यमा सुरेशराज पाण्डे, दामोदरप्रसाद उपाध्याय, रुमी कर्माचार्य, कविता जिसी, विक्रम निरौला र सञ्जय पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि संघको नेतृत्व (अध्यक्ष) कुमार उप्रेतीले गरेका थिए । नौ वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा उप्रेतीको टिमलाई उक्त अवसरमा विशेष धन्यवाद दिइएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !