राजस्व अनुसन्धानलाई सचिवद्वयको निर्देशन

राजस्व अनुसन्धानलाई सचिवद्वयको निर्देशन

काठमाडौं : अर्थ मन्त्रालयका सचिवद्वयले राजस्व अनुसन्धान विभागका अधिकारीलाई अधिकार दुरुपयोग गरी अनुचित लाभ लिएको गुनासोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । अर्थसचिव शान्तराज सुवेदी र राजस्व सचिव राजन खनालले व्यवयीसँग अनुचित लाभको नियत राखेर कुनै कारबाही नगर्न निर्देशन दिनुभएको हो । उहाँहरूले राजस्व छली गरेको फेलापरे कानुनबमोजिम कारबाही गर्न निर्देशन दिनुभएको छ ।

विभागले राजस्व छली भएको उजुरी आएको भन्दै खातापाता नियन्त्रणमा लिने र अनुचित लाभको बार्गेनिङ गर्ने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले विभागका महानिर्देशक रामकृष्ण सुवेदी र उपमहानिर्देशक विश्वप्रकाश सुवेदीलाई बोलाएर निर्देशन दिएको हो । अर्थसचिव शान्तराज सुवेदीले गुनासो बढ्दै गएपछि विभागीय प्रमुखलाई बोलाएर सचेत गराइएको जानकारी दिनुभयो । राजस्व सचिव खनाल र अर्थ सचिव सुवेदीले छुट्टाछुट्टै भेटेर मन्त्रालयसमक्ष आएको गुनासोबारे जानकारी गराउनुभएको थियो । यस्तै अनुचित लाभ लिएको गुनासो आउनुका कारणबारे जानकारी लिइएको थियो । नियन्त्रणमा लिइएका खातापाताका बारेमा पनि जानकारी लिइएको अर्थ सचिवको भनाइ छ ।

राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रलाई गाभेर एउटै विभाग बनाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत राख्ने बहस भइरहेका बेला विभागको हर्कतले यस्तो प्रयास गर्नेलाई बल पुर्‍याउनेतर्फ सचेत गराएका थिए । सम्पत्ति शुद्धीकरण र सतकर्ता केन्द्र आफ्नो म्यान्डेटमा निष्क्रिय देखिन्छन् । राजस्व अनुसन्धान विभाग सक्रिय देखिए पनि राजस्व छली नियन्त्रण गरी राजस्व संकलन बढाउने भन्दा अनुचित लाभमा केन्द्रित देखिएको छ । राजस्व छली फेला परे पनि अनुचित लाभ लिएर उन्मुक्ति दिँदा बिचलन बढ्ने गर्छ ।

अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागलाई यथास्थितिमै अर्थअन्तर्गत राख्न प्रयास गरिरहेको छ । बरु बदनाम विभागलाई शुद्धीकरण गर्न उसलाई अधिकार प्रत्यायोजनमार्फत दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) ऐन र अन्तःशुल्क ऐनको अधिकार दिन रोके अधिकार दुरुपयोग नियन्त्रण हुने विश्लेषण गरिएको छ । यसका लागि राजस्व चुहावट नियन्त्रण ऐनको नयाँ मस्यौदा बनाइ ऐन बनाउने प्रक्रियामा पठाइएको छ ।

अर्थसचिव शान्तराज सुवेदी र राजस्व सचिव राजन खनालले व्यवयीसँग अनुचित लाभको नियत राखेर कुनै कारबाही नगर्न निर्देशन दिनुभएको हो ।

राजस्व चुहावट नियन्त्रण ऐन, २०५३ लाई नयाँ ऐनमार्फत प्रतिस्थापन गरी सोही ऐनमात्र विभागलाई प्रयोग गर्न दिने तयारी छ । भ्याट र अन्तःशुल्क ऐनको अधिकार प्रयोग गर्न दिँदा तिनै ऐनको कर निर्धारण गर्न सक्ने दफाको त्रासमा ब्ल्याकमेल गरी अनुचित लाभ लिने गरेको छ । प्रत्यायोजनमार्फत प्रयोग गर्न पाएको दुवै ऐनअनुसार विभागले व्यवसायीमाथि कर निर्धारण गर्न सक्छ । कर निर्धारणमा चित्त नबुझे व्यवसायीले एक निर्धारित रकमको एक तिहाइ रकम धरौटी राखेर सुरुमा प्रशासनिक पुनरवलोकन समितिमा पुनरावेदन गर्नुपर्छ ।

समितिले सामान्यतया कर अधिकृतको निर्णयलाई सदर गर्छ । यसपछि राजस्व न्यायाधीकरणमा मुद्दा गर्दा धरौटी रकम निर्धारित कर रकमको ५० प्रतिशत पुर्‍याउनुपर्छ । यसैले विभागका केही कर्मचारीले ठूलो रकम राजस्व छली फेला पर ेपनि अनुचित लाभ लिएर उन्मुक्ति दिँदा बिचलन बढ्नेगर्छ । लामो समयदेखि विभागको केन्द्रीय कार्यालयका साथै क्षेत्रीय कार्यालयले व्यवसायीको खातापाता नियन्त्रणमा लिई अनुचित लाभको बार्गेनिङ गर्ने, कुरा मिलेपछि यत्तिकै खातापता फिर्ता दिने वा नाममात्रको कर निर्धारण गर्दिने गरेको आरोप छ । तीन महिनाभित्र सयभन्दा बढी फर्म÷कम्पनीको खातापाता उ र उसका क्षेत्रीय कार्यालयले नियन्त्रणमा लिइसकेका छन । सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहने विभाग र उसका क्षेत्रीय कार्यालयले बन्दुकको त्रासमा अनुचित लाभ लिइरहेको गुनासो छ ।

यसैबीच, विभागको टोलीले सोमबार वीरगन्ज आदर्शनगरस्थित प्रदीपकुमार बर्माको ल फर्मबाट ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बरामद गरेको जनाइएको छ । सो ल फर्मले ठूला कम्पनीलाई भ्याटको नक्कली बिल बिक्री गर्ने गरेको फेला परेपछि काठमाडौंबाट टोली पठाएर नक्कली बिलको प्याड बरामद गरेको बताइएको छ । अनुसन्धानका क्रममा काठमाडौंमा बिल आपूर्ति गर्ने राजेश श्रीवास्तवलाई पक्राउ गरिएको थियो । बिल आपूर्तिकर्ता भनिएका सन्तोष श्रीवास्तव र दीपक श्रीवास्तव फरार रहेको विभागसम्बद्ध स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.