आवश्यकता बन्दै एसी

आवश्यकता बन्दै एसी

काठमाडौं :  बढ्दो तामक्रमले पछिल्लो समय नेपालमा एयर कन्डिसनर(एसी) को प्रयोग सोखका लागि भन्दा पनि आवश्यकता बन्दै गएको छ । सहरमा बन्दै गएका नयाँ र सुविधायुक्त भवनको वृद्धि तथा आधुनिक जीवनशैलीमा प्रविधिको बढ्दो प्रभावले एसीको बजार वृद्धि भएको छ । हरेक वर्ष नेपालमा एसीको बजार १५ देखि २० प्रतिशत हाराहारीमा वृद्धि भइरहेको व्यवसायीको भनाइ छ ।

कुनै समय बाँसको पंखा हल्लाएर आउने हावामा रमाउने आममानिस आज एसीले फ्यालेको चिसो हावामा रमाउन थालेका छन् । यो क्रममा ठूलो परिवर्तन आएको छ । बाँसको पंखाबाट फ्यान र फ्यानबाट आज एसी सम्मको यात्रामा भएको परिवर्तन अपरिहार्य पनि हो । प्रविधिले ल्याएको परिवर्तनलाई यो क्षेत्रले पनि आत्मसात गरेको छ । जसरी प्रविधिको विकास भएको छ त्यहीअनुरूप आममानिसको जीवनशैलीमा परिवर्तन आएको छ ।

मानिस बढी भौतिकवस्तुमा आधारित भएका छन् । ‘बाँसको पंखा घुमाएर हावा लिँदा पनि मानिस खुसी थिए', नवीन बन्साली बताउनुहुन्छ, ‘आज एसीले अझ सहज जीवनयापन प्रदान गरेको छ ।' एयर टेक इन्डस्ट्री प्रालिका प्रबन्ध-निर्देशक बन्सालीका अनुसार यो मानिसको आवश्यकतामा आएको परिवर्तन हो । हाते बाँसको पंखा पछि बजारमा छिरेको विद्युतीय पंखाको पनि अझै बजार बाँकी नै छ । तर, सहरमा त्यो पनि नयाँ-नयाँ बनेका भवन र कार्यालयमा एसी जडान भएका छन् । एयर टेक इन्डस्ट्रीले नेपालमा माइडिया ब्रान्डको एसी बिक्री गरिरहेको छ ।

बन्सालीका अनुसार अहिलेको अवस्थामा एसीको प्रयोग कार्यालय प्रयोजनमा बढी भइरहेको छ । ८० प्रतिशत एसी कार्यालय प्रयोजनमा खपत भएका छन् । तर, पछिल्लो समय एसी घरायसी प्रयोजनमा पनि बढेको छ । उहाँका अनुसार नेपालमा हरेक वर्ष गर्मीमा गर्मी र जाडोमा जाडो बढिरहेको छ । जाडोमा न्यानोका लागि र गर्मीमा चिसोका लागि एसीको प्रयोग बढेको छ । जसको सकारत्मक प्रभाव बजारमा देखिएको छ । त्योभन्दा पनि लोडसेडिङको अन्त्य बजार वृद्धिको सबैभन्दा ठूलो पक्ष हो । लोडसेडिङ अन्त्यले एसी बजारमा साधारण अवस्थाको तुलनामा १५ प्रतिशत थप बजार सिर्जना गरिदिएको छ ।

यसका साथै विकासको क्रममा रहेको नेपालजस्तो देशमा नयाँ संरचाना निर्माणका काम तीव्र रूपमा अघि बढिरहेका छन् । नयाँ बनेको भवन र बन्दै गरेको भवनमा पनि एसीको माग बढ्ने गरेको छ । बन्सालीका अनुसार एसीको प्रयोग बढ्नुको कारण सहजता हो । एसी नभएको अवस्थमा गर्मीका लागि पंखाको व्यवस्था गरियो भने जाडोयाममा त्यसलाई थन्क्याएर हिटर किन्नुपर्ने बाध्यता हुन्छ । तर, दुवै समयका लागि उपयुक्त र सहज उपकरणका रूपमा एसी बनेको छ । तर, तुलनात्मक रूपमा जाडोभन्दा गर्मी मौसममा एसीको माग बढी हुने गरेको व्यवसायी बताउँछन् ।

एसी जुन रूपले सहज र उपयुक्त उपकरणको रूपमा आममानिसमाझ देखिएको छ, त्यहीअनुरूप कम्पनीले पनि यसलाई अझ प्रभावकारी बनाउन लागेका छन् । सुरुमा जापानिज एसीको मात्र बजार रहेको नेपालमा आज चिनियाँ, कोरियन र भारतीय ब्रान्डका एसीले बजार लिएका छन् । अहिले नेपाली बजारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दर्जनभन्दा बढी ब्रान्डका एसी उपलब्ध छन् । साधारण एसीबाट सुरु भएको एसीको बजारमा आज इन्भटर एसी, सेन्ट्रल एसीका साथै विभिन्न प्रकारका एसीले नेपाली बजारमा प्रवेश पाइसकेका छन् ।

यो क्रममा एसीमा आएको प्रविधिको परिवर्तनले ग्राहकलाई अझ सहुलियत प्रदान गरेको छ । जसले गर्दा सम्भ्रान्त परिवारले मात्र प्रयोग गर्ने एसी मध्यमवर्गीय नेपालीको समेत पहुँचमा पुगेको छ । यसको कारण हरेक दिन यसको मूल्यमा आएको कमी पनि हो । सीजी इलेक्ट्रोनिक्सका जेनरल म्यानेजर सञ्जय राजभण्डारीका अनुसार पर्यटन आगमनमा वृद्घिले पनि यसको बिक्री बढाउन सघाउ पु‍र्‍याएको हो । सीजी इलेक्ट्रोनिक्सले नेपालमा सीजी, एलजी, गोदरेज, टीसीएल ब्रान्डका एसीको बिक्री गर्दै आएको छ । उहाँका अनुसार पछिल्लो समय एसीको प्रयोग गर्मीमा चिसो र जाडोमा न्यानो प्रदान गर्नु मात्र नभएर कोठामा उपयुक्त वातावरण कायम राख्न हुने गरेको छ ।

एसी बजारमा आएको परिवर्तनलाई कुरा गर्ने हो भने आज एसी साधारण सिलिङ एसी, क्यासेट एसी, इन्भर्टर एसी हुँदै सेन्ट्रल एसीको रूपमा विकास भएको छ । नेपालमा अहिले सबैभन्दा बढी साधारण एसीको प्रयोग भएको छ । साधारण एसीले नेपालको कुल एसी बजारमा ९५ प्रतिशत र इन्भटर एसीले ४ प्रतिशत बजार ओगटेको बताउनुहुन्छ प्रबन्ध-निर्देशक बन्साली । उहाँका अनुसार मानिसले साधारण एसी मूल्यको आधारमा सस्तो भएको कारण प्रयोग गरिरहेका छन् । तर, साधारण एसीभन्दा इन्भटर एसी नेपालका लागि प्रभावकारी हो । इन्भटर एसी विद्युत् खपतका लागि बढी प्रभावकारी हुन्छ । यो जडानको समयमा खर्चिलो भए पनि यो दीर्घकालीन रूपमा यो बढी फलदायी हुने बन्सालीको भनाइ छ ।

पछिल्लो समय नेपालका ठुल्ठूला महल बनेका छन्, ती ठूला भवनमा सेन्ट्रल एसीको प्रयोग भएको छ । विशेषगरी ठूला व्यावसायिक भवन, कर्पोरेट हाउस, बैंक अस्पताल तथा औद्योगिक कारखानामा यो बढी प्रभावकारी हुने एलजी इलेक्ट्रोनिक्स नेपालका नायब प्रबन्धक विवेक ज्ञवाली बताउनुहुन्छ । उहाँका अनुसार सेन्ट्रल एसीका लागि घरको छत, बगैंचा वा अन्य कुनै पनि स्थानमा आउटडोर राखेर पाइपमार्फत भित्र सयभन्दा बढी कोठामा एकै पटक एसी सञ्चालनमा ल्याउन सकिन्छ । आउट डोरमा राखिएको केन्द्रीकृत युनिटबाटै सबै कोठाको तापक्रमको सन्तुलन मिलाउन सकिने उहाले बताउनुभयो । यसको पाइपलाई एक हजार मिटर परसम्म पनि पुर्‍याउन सकिने उहाँको भनाइ छ ।

सरकारले एसीलाई विलासी वस्तुको सूचीमा राखेको छ । तर, यी वस्तुको प्रयोग दैनिक जीवनमा अनिवार्य बन्दै जाँदा यो उपयुक्त नभएको व्यवसायीको धारणा छ । एसी अपरिहार्य बन्दै जाँदा कम्पनीले बजारमा विभिन्न प्रविधिका साथै आकर्षण डिजाइनका साथ एसी भित्र्याएका छन् । एसीमा फास्ट कुलिङ, सराउन्डिङ एयर फ्लो, ब्यालेन्स कुलिङजस्ता विशेषता रहेका छन् भने फलो मी, स्विट ड्रिम, मनसुन कम्फोर्ट, हिमालयन कुलजस्ता मोड एसीमा उपलब्ध छन् । एसीलाई बढीभन्दा बढी ग्राहकमैत्री तुल्याउन एसीलाई स्वास्थ्य र वातावरणमैत्री पनि बनाएका छन् । एसीलाई मौसम र कोठाको तापक्रमअनुसार पनि प्रयोगमा ल्याउन सकिनेछ । नेपाली बजारमा भएका एसीमा ड्युल प्युरीफिकेसन प्रणाली, अटोमेटिक सेल्फ क्लिन, हाइडेन्सिटी फिल्टर, कोल्ड क्याटलिस्टजस्तो प्रविधि छन् । यसका साथै कतिपय कम्पनीको एसीमा फलो मीजस्ता प्रविधिलाई प्रयोगमा ल्याइएको छ ।

यसरी एसीमा आएको परिवर्तन आममानिसको जीवनयापनमा अझ सहज बनाएको छ । अहिले नेपालमा पनि नयाँ-नयाँ प्रविधिबाट निर्माण गरिएका एसी भित्रिएका छन् । त्यसमा पनि वातावरणलाई कुनै असर नपार्ने एसीको प्रयोग बढ्दै गएको व्यवसायीको भनाइ छ । नेपाल प्रयोगमा आएका एसी शून्य दशमलव ७५ टनदेखि ५ सय टन क्षमतासम्म रहेका छन् । एसीको क्षमतालाई टनमा नापिने गरिन्छ । नेपालमा शून्य दशमलव ७५ टनभन्दा माथिका एसी उपलब्ध छन्।

सामान्यतया एक सय २० वर्ग फिटदेखि १ सय ५० वर्गफिटसम्मको कोठालाई एक टन क्षमताको एसी आवश्यक पर्ने प्रबन्ध-निर्देशक बन्साली बताउनुहुन्छ । उहाँका अनुसार विशेषतः एसी भित्तामा झुन्ड्याउने तथा सिलिङमा राख्न मिल्ने हुन्छ । केही उत्पादन बिजुली गएपछि पनि इन्भर्टरले जस्तै काम गर्ने खालका छन् । त्यसैले कोठाको आकारका साथै त्यहाँ रहेको झ्यालको संख्या, बैठक कोठा, मिटिङ हल, सुत्ने कोठा आदिका आधारमा यसको क्षमता निर्धारण गरिन्छ । एसीको बजारमूल्यको कुरा गर्दा सामान्यतया ब्रान्ड, आकार र क्षमताले फरक पार्ने गरेको छ । जेनरल म्यानेजर राजभण्डारीका अनुसार बजारमा न्यूनतम २८ हजार रुपैयाँसम्मका एसी उपलब्ध छन् ।

एलजीको एसी :ड्युल कुल इन्भटरमनसुन कमर्फट हिमाल कुलअटो क्लिनस्टेबलाइजर फ्रि अप्रेसनइनर्जि सेभरअन÷अफ टाइमरस्लिप मोडफास्ट कुलिङआवाज रहितदश वर्ष वारेन्टी


माइडीया एसी : १७ डिग्री सुपर कुलथ्रिडी सराउन्डीङफेवरेट कुलफलो मीस्विट ड्रिमहाई डेन्सीटीकोल्ड क्याटलिस्ट फिल्टरअटोमेटिक सेल्फ क्लिनिङड्युल प्युरिफिकेसन स्टिम


सीजीको एसी : इन्रीचींङ फिल्टरक्याटेचिन फिल्टर९९ प्रतिशत एन्टी ब्याक्टेरियाफ्लोरल प्यार्टनठुलो एलइडी डिस्प्लेपस्टर कुलिङ/हिटिङआवाज रहितवातावरण मैत्री३६ महिना वारेन्टी


टीसीएलको एसी : टाइटन गोल्डभिटामिन फिल्टरकार्बोन फिल्टरपाँच वर्ष वारेन्टीअटो प्रोटेक्सनटाइमर मोडएन्टी कोल्ड एयरफास्ट कुलिङ/हिटिङफिल्टर मेसएलइडी डिस्प्लेकपर पाइप


पानासोनिक एसी :  सुपरडाइमजस्तो बलियोमेटल स्टिलले बनेकोकिटाणुरहित सिस्टमअटो पावर मोडफोर वे ब्लोअरफास्टेस्ट कुलिङ÷हिटिङइनर्जी सेभिङ
सिम्फोनी एयर कुलर


कम विद्युत् खपतइन्भर्टरमा पनि चल्नेबाहिर-भित्र जहाँ पनि प्रयोग गर्न सकिनेस्वच्छ हावा प्रदान गर्नेआई पियोर प्रविधिएलर्जी फिल्टरब्याक्टेरिया फिल्टरस्मेल फिल्टरपीएम २.५ वास फिल्टर


एयरटेकको कुलर :  थ्री-साइड हनिकम्बो कुलिङ मिडियानिरन्तर पानी प्रवाहवाटर प्रोटेक्सन सिस्टम५२ लिटर वाटर ट्याङ्ककार्वन डस्ट फिल्टरकपर मोटर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.