राष्ट्रपतिद्वारा बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान

राष्ट्रपतिद्वारा बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री चुन्न आह्वान गर्नुभएको छ । राष्ट्रपतिको आह्वानसँगै बिहिबारदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ ।

बहुमतीय आधारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने निश्चितप्रायः छ । राष्ट्रपति कार्यालयका प्रवक्ता माधवप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा राजनीतिक सहमतिको आधारमा समयसीमाभित्र प्रधानमन्त्री छनोट हुन नसकेको भन्दै संविधानको धारा २९८ उपधारा ३ अनुसार व्यवस्थापिका संसदमा उपलब्ध सांसदको बहुमतको आधारमा सरकार गठनका लागि आह्वान गरिएको हो ।

विद्यादेवी भण्डारीले सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएसँगै देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्नु हुनेछ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रपति भण्डारीले दिएको सात दिनको समयसीमा बुधबार रातीबाट सकिएको थियो।

देउवाका लागि प्रधानमन्त्री हुन आवश्यक बहुमत सत्ता गठबन्धनसँग पर्याप्त देखिन्छ । हाल संसदमा कायम रहेको साँसदको संख्या पाँच सय ९३ छ भने बहुमतका लागि दुई सय ९७ मत आवश्यक पर्नेछ । सत्ता गठबन्धनसँग तीन सय ११ मत छ भने राप्रपाले पनि सरकारमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई सकारात्मक सन्देश दिएको छ । संसदमा राप्रपाको साँसद संख्या ३७ छ । राप्रपा पनि सरकारमा सहभागी भएको अवस्थामा देउवाको पक्षमा तीन सय ४८ साँसद हुनेछन ।

गत साउनमा काँग्रेस र माओवादी केन्द्रबीच भएको समझदारी अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि देउवाका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । आगामी असार १४ गते भन्दा पहिले देउवाले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने एक काँग्रेस नेताले बताए । स्रोतका अनुसार मन्त्रिपरिषदमा नपर्ने नेताहरु असन्तुष्ट हुन सक्ने भएकोले देउवाले निर्वाचन भन्दा पहिले सानो आकारको सरकार गठन गर्न खोजेका हुन् ।

संसदमा कायम रहेको संख्या ५९३
बहुमतका लागि २९७
सत्ता गठबन्धनसँग कायम रहेको संख्या ३११

काँग्रेस २०७
माओवादी केन्द्र ८२
नेपाल लोकतान्त्रिक फोरम १७
नेकपा संयुक्त ३
अखण्ड नेपाल १
समाजवादी जनता पार्टी १
जम्मा ३११


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.