गल्छी-रसुवागढी सडकलाई डेढ अर्ब

गल्छी-रसुवागढी सडकलाई डेढ अर्ब

 विदुर : बहुचर्चित गल्छी-रसुवागढी सडकको लागि सरकारले डेढ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । त्रिदेशीय मार्ग बनाउने उद्देश्यले नेपाल-भारत-चीन जोड्ने छोटो मार्गको रूपमा सरकारले पृथ्वीराजमार्गको गल्छीबाट नुवाकोटको विदुर हुँदै रसुवागढी जोड्ने उत्तर-दक्षिण सडकलाई एक अर्ब ४० करोड ७५ लाख चार हजार रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले साढे दुई वर्षभित्र गल्छीदेखि चीनको केरुङसम्म सीमा जोडिएको सो सडक डबल लेनको पक्की बनाउने योजनासहित ठूलो रकम विनियोजन गरेको हो । अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि सो सडकलाई एक अर्ब २० करोड ३० लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

सोही बजेटअनुसार हाल ठेक्का लागेर धमाधम काम अगाडि बढिरहेको छ । त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकलाई डबल लेनको पक्की सडकका रूपमा आगामी साढे दुई वर्षभित्र केरुङ जोड्ने गरी सडक विभागले विभिन्न खण्डमा विभाजन गरेर धमाधम काम गरिरहेको छ ।

त्यसका लागि सडक विभाग, नेपाली सेना र चीन सरकारको संयुक्त प्रयासमा काम भइरहेको छ । सडक विभागले धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्मको ४६ किलोमिटर सडकलाई डबल लेनमा स्तरोन्नति गर्दै कालोपत्रे बनाउन ठेक्का लगाइसकेको छ ।

तीन अर्ब लागतमा गत असोजमै तीनवटा कम्पनीले ठेक्का लिएर काम अघि बढाइएको गल्छी-विदुर-स्याफ्रुबेसी-रसुवागढी सडक निर्माण आयोजनाले जनाएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १३ किलोमिटर सडकमा नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नतिको काम गरिरहेको छ ।

स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चीन सरकारले शतप्रतिशत अनुदानमा बनाइदिने भनेको छ । सडक विभागले गल्छीदेखि नुवाकोटको विदुर हुँदै मैलुङसम्मको ४६ किलोमिटर सडक आगामी डेढ वर्षभित्रै डबल लेनको कालोपत्रे बनाइसक्नेछ ।

नेपाली सेनाले मैलुङ-स्याफ्रुबेसी खण्डको १३ किलोमिटर क्षेत्रलाई आगामी ६ महिनाभित्रै ट्रयाक खोलेर डबल लेनको बनाउने सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिनुभयो । सेनाले काम सम्पन्न गरेको डेढ वर्षभित्रै सो खण्डलाई पनि कालोपत्रे गरिसक्ने योजनासहित काम अघि बढिरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १५।५ किलोमिटर सडक भने चीन सरकारले निर्माण गरिदिनेछ । बढीमा साढे दुईवर्षभित्र काठमाडौंबाट चीनको केरुङसम्म डबल लेनको पक्की सडक पुग्नेछ ।

चीनले रसुवागढी नाकादेखि केरुङसम्मको २५ किलोमिटर खण्डमा अहिले नै डबल लेनको पक्की सडक निर्माण सम्पन्न गरेर सञ्चालन गरिरहेको छ । रसुवागढी काठमाडौदेखि एक सय ५२ किलोमिटर उत्तरमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.