त्रिभुवन विमानस्थलमा चारवटा पार्किङ वे थपिँदै

त्रिभुवन विमानस्थलमा चारवटा पार्किङ वे थपिँदै

 काठमाडौ :  बढ्दो हवाई पार्किङ समस्या समाधानका लागि विमानस्थलले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी दुई ठाउँमा चारवटा साना तथा ठूला जहाज ‘पार्किङ वे' निर्माण कार्यलाई तीव्रता दिएको छ ।

जहाज ‘पार्किङ वे' समस्याकै कारण लामो समयदेखि जहाज आकाशमै होल्ड हुने समस्या बढ्दो छ । विमानस्थलले पार्किङ वे समस्याका कारण नयाँ जहाज कम्पनीलाई दिउँसोको समयमा नयाँ उडान तालिका दिन सकेको छैन । जहाज पार्किङ समस्या न्यूनीकरण गर्न विमानस्थलले खाली ठाउँमा चारवटा साना तथा ठूला जहाज पार्किङ गर्न मिल्ने गरी ‘पार्किङ वे' निर्माणको कामलाई तीव्रता दिएको हो ।

विमानस्थलले आफ्नो स्रोतबाट बढ्दो जहाज पार्किङ समस्या समाधानका लागि ‘पार्किङ वे' निर्माण थालेको सिभिल इन्जिनियरिङ विभागका उपनिर्देशक मुराहरी भण्डारीले जानकारी दिनुभयो ।

‘पूर्वतर्फ पार्किङ रिमोट एयरक्राफ्ट जहाज ‘पार्किङ वे' निर्माणको काम २५ प्रतिशत पूरा भइसकेको छ', भण्डारीले भन्नुभयो, ‘आवश्यक माटो अभाव नभएमा आगामी आर्थिक वर्षको अन्त्यसम्म एउटा ठूलो र अर्को मध्यमखालको जहाज ‘पार्किङ वे' निर्माण सम्पन्न हुनेछ ।'

अहिले खाडलमा माटो भर्ने र पर्खाल लगाउने काम भइरहेको छ । करिब ३४ करोड रुपैयाँ लागतमा निर्माण हुने पार्किङ वेमा करिब एक लाख १० हजार घनमिटर माटो ल्याई पुर्ने काम पूरा भइसकेको उहाँले जानकारी दिनुभयो । आवश्यक ४० हजार घनमिटर माटो ल्याउन बाँकी रहेको अवस्थामा मनसुनले केही असर गर्ने उहाँ बताउनुहुन्छ ।

यसैगरी विमानस्थलको नागगरिक उड्डयन तालिम केन्द्रको भवन रहेको ठाउँमा दुईवटा ठूला जहाज पार्किङ वे निर्माणका लागि विमानस्थलले टेन्डर आह्वान गरिसकेको छ । तालिम भवन विनाशकारी भूकम्पले क्षति गरेपछि सोही ठाउँमा माटो भरेर ‘पार्किङ वे' निर्माण गर्न लागिएको भण्डारी बताउनुहुन्छ ।

करिब ५२ करोड रुपैयाँको लागतमा निर्माण हुने ‘पार्किङ वे' को काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने विमानस्थलको तयारी छ ।

अहिले भवन भत्काउने काम भइरहेको छ । भवन भत्काउने काम सकिएलगत्तै पर्खाल लगाएर माटो भर्ने काम अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । करिब ५२ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त ‘पार्किङ वे' को काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने विमानस्थलको तयारी छ ।

पार्किङ वे निर्माणका लागि करिब एक लाख ५० हजार घनमिटर माटो आवश्यक पर्छ । माटो अभाव नभएको अवस्थामा समयमै काम सम्पन्न हुने उहाँको भनाइ छ । पछिल्लो समय विमानस्थल निर्माणको काममा माटो अभाव नै प्रमुख समस्या छ ।

कतिपय अवस्थामा माटो ल्याउन पनि सरकारी निकायको सहमति आवश्यक पर्छ । निर्माण कम्पनीले प्रयोग गर्ने माटो पनि गुणस्तर जाँच गरेरमात्र प्रयोग गर्नु पर्ने हुँदा जुनसुकै ठाउँको माटो प्रयोग गर्ने अवस्था नरहेको भण्डारीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अहिले पार्किङ वे समस्याका कारण उडान तालिकामा समस्या आएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । विमानस्थलमा रहेका नौवटा पार्किङ वेमा मात्रै जहाज पार्किङ गर्न सक्ने अवस्था नभएपछि समस्या आएको हो । पार्किङ समस्याकै कारण जहाज आकाशमै होल्डमा राख्नु पर्ने अवस्था आएको ठाकुर बताउनुहुन्छ । निर्माणधीन चारवटा जहाज पार्किङ वे निर्माण भएपछि जहाज होल्डको समय पनि शून्य हुने उहाँ बताउनुहुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.