सामूहिक बंगुरपालनमा महिला

सामूहिक बंगुरपालनमा महिला

सिन्धुली :  दुधौली नगरपालिकाकी मिनाकुमारी विक गाउँका दुई दर्जनभन्दा बढी महिला एकजुट भएर सुरु गरिएको बंगुरपालन व्यवसायको नेतृत्व गर्न पाउदा निकै खुसी हुनुहुन्छ । उहाँ नागरिक सचेतना केन्द्र दुधौलीकी संयोजक पनि हुनुहुन्छ । विकको नेतृत्वमा नागरिक सचेतना केन्द्रमा आबद्ध २५ जना दलित महिलाले आफ्नै गाउँमा सामूहिक सुगुरपालन व्यवसाय सुरु गरेका छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाले तीन लाख १५ हजार अनुदान पाएपछि सामूहिक रूपमा व्यवसाय सुरु गरेका हुन् । उनीहरूले आधुनिक खोर निर्माण गरी पहिलो चरणमा ३० वटा सुगुर पाल्न सुरु गरेका छन् । विस्तारै सुगुरको संख्यामा वृद्धि गर्दै लैजाने बताइएको छ ।

दलित परिवारका महिला अहिले सुगुर फार्ममा पालैपालो काम गर्छन् र आम्दानी गरेको रकम समूहमा जम्मा गरी सदस्यको व्यावसायिक कार्यमा लगानी गर्छन् । सामूहिक व्यवसायमा लाग्दा आम्दानीसँगै महिला एकता कायम भएको अनुभव सुनाउनुहुन्छ समूहकी सदस्य कुमारी रम्तेल । सामूहिक व्यवसायमा श्रीमानले पनि सहयोग गरेको उहाँको भनाइ छ ।

समूहकी संयोजक मिनाकुमारी विक भन्नुहुन्छ, ‘सामूहिक रूपमा व्यवसाय सुरु गर्दा आम्दानी मात्र भएको छैन, गाउँभरिका महिलाबीच भावनात्मक एकतासमेत भएको छ ।' आजकल छरछिमेकमा जसलाई समस्या परे पनि उनीहरू सबै सहयोग गर्न तम्सिन्छन् । व्यवसायले आम्दानीसँगै एकता बढाएकोमा समूहका सबै सदस्य खुसी र उत्साहित छन् ।

उनीहरूको व्यवसाय प्रवद्र्धनका लागि महिला जागरण सिन्धुलीले प्राविधिक सहयोग प्रदान गरेको छ । सचेतना केन्द्रमा आबद्ध भएपछि उनीहरू आयआर्जन मात्र होइन आफ्ना गाउँमा आउने विकासका योजनामासमेत चासो राख्न थालेका छन् । नगरपालिका कार्यालयले गर्ने गतिविधिमासमेत उनीहरूले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । संयोजक विकले भन्नुभयो, ‘हामी हरेक छलफलमा सहभागी हुन्छौं, हाम्रा कुरा निर्धक्क भएर राख्छौं ।'

दुधौलीको नागरिक सचेतना केन्द्रजस्तै जिल्लाभरिका अन्य सचेतना केन्द्रलाई व्यावसायिक बनाउँदै गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउन स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले जिल्लाका २३ गाविस, कमलामाई नगरपालिकाका १८ वटा वडा र दुधौली नगरपालिकाको तीनवटा वडामा साना पूर्वाधार आयोजना सञ्चालन गरेको छ ।

आयोजनाले प्रत्येक नागरिक सचेतना केन्द्रलाई अघिल्लो वर्ष घुम्ती कोषको रूपमा एक लाख दिएको थियो भने यसपटक पूर्वाधार विकासका लागि तीन लाख १५ हजार प्रदान गरेको छ । धेरैजसो नागरिक सचेतना केन्द्रले तरकारीखेती, कुखुरा, बाख्रा तथा सुगुरपालनजस्ता व्यवसाय गरेका छन् । नागरिक सचेतना केन्द्र महादेवडाँडाले अलैंचीखेती गरेको जनाइएको छ ।

आयोजनाबाट जिल्लाका २३ गाविसका ६५० घरधुरी लाभान्वित भएको जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाका १८ वडामा सञ्चालित आयोजनाबाट ४१४ घरपरिवारका साथै दुधौली नगरपालिकाका तीनवटा वडामा सञ्चालित आयोजनाबाट ९० परिवार लाभान्वित भएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सिन्धुलीले जनाएको छ ।

जिल्लाभरिका नागरिक सचेतना केन्द्रले सुरु गरेको सामूहिक व्यवसायलाई अझ व्यवस्थित बनाई निरन्तरता दिन सम्बन्धित गैरसरकारी संस्था, जिविस र गाविसले निरन्तर अनुगमन गरी उत्साहित बनाइरहनुपर्ने आवश्यता रहेको सरोकारवालाको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.