तरकारीमा विषादी अत्याधिक

तरकारीमा विषादी अत्याधिक

तुलसीपुर :  दाङ उत्पादित तरकारी र अन्य कृषि उत्पादनमा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । उत्पादन बढाउन र सूचीकृत नभएका बिउ प्र्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषादीको प्रयोग हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ।

सबैभन्दा बढी विषादी प्रयोग तरकारीमा हुने गरेको देखाइएको छ । तरकारीको तत्काल उत्पादन लिने र बढाउने उद्देश्यले यसमा बढी विषादी प्रयोग हुने गरेको जिल्ला कृषि विकास कार्यालय दाङका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँले बढी मात्रामा तरकारीमा विषादी प्रयोग हुने र त्यसले मानव स्वास्थमा प्रत्यक्ष असर पुर्‍याउने गरेको बताउनुभयो । ‘हामी तरकारी स्वस्थ्य भनेर प्रयोग गर्दछौं', तर त्यसमा सबैभन्दा बढी विषादी हुन्छ । बस्नेतले जिल्लामा प्रतिहेक्टर दुई सय ग्राम विषादी प्रयोग हुनुपर्नेमा दुई हजार ग्राम अर्थात् दुई केजी विषादी प्रयोग हुने गरेको बताउनुभयो।

जिल्लामा वार्षिक रूपमा चार सय १० मेट्रिक टन विषादी आयात भइ खपत भएको छ । त्यसका लागि ५७ करोड रुपैयाँ वार्षिक खर्च हुने गरेको पाइएको छ । दाङमा पाँच हजार दुई सय हेक्टरमा तरकरीखेती हुने गरेको छ भने ६५ हजार हेक्टरमा कृषिखेती गरिने गरेको अधिकृत बस्नेतले जानकरा दिनुभयो।

जिल्लामा बढेको विषादी प्रयोगलाई न्यूनीकरण गर्न कार्यालयले जिल्लाका विभिन्न स्थानमा कृषि पाठशाला निमार्ण गरी विषादी प्रयोग घटाउने विषयमा जानकारी गराई रहेको जनाएको छ । विषादीको वैकल्पिक उपाय खोज्ने गरी पाठशालामा किसानलाई सिकाउने गरेको बस्नेतले बताउनुभयो ।

यसैबीच जिल्लाको तुलसीपुर क्षेत्रका तरकारी उत्पादक किसान र उपभोक्तालाई तरकारीमा विषादी प्रयोग र त्यसको असरका बारेमा जानकारी गराइएको छ । पर्यटन, वातावरण तथा मानवअधिकार संरक्षण केन्द्रको आयोजनामा किसानलाई विषादीबारे जानकारी गराइएको हो । जिल्लामा विषादीको प्रयोग बढी देखिएपछि किसान, उत्पादक र उपभोक्ताको सचेतनाका लागि कार्यक्रम गरिएको केन्द्रका कार्यबहाक अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.