कमलाखोँचमा ‘धान ब्लक' महाभारतमा ‘जुनार जोन'

कमलाखोँचमा ‘धान ब्लक' महाभारतमा ‘जुनार जोन'

 सिन्धुली :  आत्मनिर्भर तथा व्यावसायिक कृषिका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुलीमा सुरु भएको छ । परियोजनाले जिल्लामा कार्यान्वयन इकाइ कार्यालय स्थापना गरी काम सुरु गरेको हो ।

कृषिमा यन्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले व्यावसायिक कृषि उत्पादन केन्द्रअन्तर्गत कमलाखोँचको सिर्थौलीमा ‘धान ब्लक' तयार गरिएको छ । ब्लकमार्फत धानको बिउ उत्पादन, खरिदबिक्री, मल खरिद, कृषि औजार उत्पादन, मर्मत तथा बिक्री गरिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज बिष्टका अनुसार दुधौली नगरपालिकाको सिर्थौलीमा सञ्चालन गरिएको धान ब्लक कार्यक्रममा स्थानीय एक सय २० जना कृषक आबद्ध छन् ।

‘धान ब्लकमा आबद्ध कृषकलाई परियोजनाअन्तर्गत खनजोत, गोडमेल, बाली लगाउन, भित्वयाउन र भण्डारण गर्न सहयोग तथा अनुदान प्रदान गरिनेछ,' उहाँले भन्नुभयो । कमलाखोँच क्षेत्र धान उत्पादनका दृष्टिले जिल्लामै महत्ववपूर्ण मानिन्छ ।

ब्लकमा प्रतिहेक्टर ३.२८ टनमा १० प्रतिशत थप गरी धान उत्पादन गर्नु पर्ने उहाँको भनाइ छ । १० प्रतिशत थप गरेर धान उत्पादन गरेमा कार्यालयले किसानलाई प्रतिहेक्टर पाँच हजारका दरले अनुदान दिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सिँचाइमा ८५ प्रतिशत, मेसिनरी औजारमा ५० प्रतिशत, खाद्यान्न भण्डारण निर्माणमा ५० प्रतिशत अनुदान दिइने उहाँको भनाइ छ ।

परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा गोलन्जोर गाउँपालिकाका रतनचुरा, बासेश्वर र तीनकन्यामा जुनारबालीको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जुनार जोन) विकास कार्यक्रम थालिएको छ । जुनार क्षेत्रको आधुनिकीकरणसँगै त्यसको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बिष्टले जानकारी दिनुभयो । यो क्षेत्र सिन्धुलीको जुनार क्षेत्रको रूपमा स्थापित छ ।

‘सरकारले सुरु गरेको २० वर्षे कृषि विकास रणनीतिअन्तर्गत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत कृषि सामग्री र प्रविधिको प्रयोग, कृषिमा यन्त्रीकरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षासमेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले १० वर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको छ,' उहाँले थप्नुभयो ।

जिल्लामा जुनार जोन कार्यक्रम सञ्चालन भएपछि थप पाँच सय हेक्टर क्षेत्रफलमा जुनारबाली विस्तार गरिनेछ । हाल जिल्लामा १३ सय हेक्टर क्षेत्रफलमा जुनारखेती गरिँदै आएको छ । कार्यक्रम लागू भएपछि जिल्लामा एक हजार आठ सय हेक्टर क्षेत्रफलमा जुनारखेती गरिनेछ ।

‘कार्यक्रमले तीनकन्या गाविसमा दुई हजार आठ सय ८४ रोपनी, रतनचुरामा दुई हजार सात सय ९१ रोपनी र बासेश्वर गाविसमा एक हजार तीन सय ६३ रोपनी क्षेत्रफलमा लगाइएको जुनार बगैंचाको अवलोकन, संरक्षण र विस्तार गर्नेछ,' बिष्टले भन्नुभयो ।

हाल जुनारखेती गर्दै आएका कृषकमध्ये कम्तीमा ५०÷५० जना कृषकको जुनार बगैंचालाई एकीकृत गरी सामूहिक खेतीमा सहयोग गर्न परियोजनाले काम थालेको जुनार सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मलकुमार रम्तेलले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा जुनार बगैंचाको एकीकरण सुरु गरिएको छ । जुनार परियोजनाका लागि परियोजना कार्यान्वयन इकाइ भन्दै सिन्धुलीको रतनचुरास्थित खनियाखर्कमा कार्यालय सञ्चालन गरिएको छ ।

सरकारले आफ्नै स्रोत, साधन र जनशक्ति परिचालन गरी चालू आव ०७३÷०७४ देखि १० वर्षका लागि देशका ७५ वटै जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना' सञ्चालनमा ल्याएको छ । उक्त परियोजनाअन्तर्गत जिल्लामा मकैबालीको विकासका लागि मरिण गाउँपालिाकाअन्तर्गत कपिलाकोटमा मकै जोन कार्यक्रम सञ्चालन गरिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.