पर्यटकीय थलो बन्यो गंगासागर

पर्यटकीय थलो बन्यो गंगासागर

जनकपुरधाम :  तीन वर्ष पूर्वसम्म फोहोरको थुप्रोजस्तो देखिने ऐतिहासिक गंगासागर पोखरी हाल यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीयस्थलको रूपमा परिणत भएको छ । राजा जनकको पालादेखि नै जनकपुरधाममा अवस्थित हिन्दु धर्मग्रन्थमा पनि उल्लेख भएको पवित्र पोखरी गंगासागरमा तीन वर्ष पहिलासम्म स्थानीयवासीले फोहोर फाल्ने, माटोको प्रतिमा सेलाउने, सेफ्टी ट्यांकको पाइप लगाएर फोहोर बिसर्जन गर्ने गर्थे ।

तर, स्थानीय केही व्यक्तिको पहलमा सामूहिक रूपमा पोखरीलाई स्वच्छ बनाउने अभियान सञ्चालन गरेपछि हाल गंगासागर जनकपुर आउने पर्यटकको रोजाइको स्थान बनेको छ । प्रत्येक साँझ गंगासागरको डिलमा स्थापना गरिएको गंगामाताको प्रतिमामा गरिने विशेष आरती र मनोरम संगितले यस क्षेत्रको पहिचान नै बदलिएको छ । शनिबार गंगाआरतीको तेस्रो वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

गंगासागर झैं अन्य पोखरीलाई पनि संरक्षण गरी नमुना बनाउनतर्फ जनकपुरवासीले पहल गर्नुपर्ने बताइएको छ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष रामआशिष यादव, मानवअधिकारकर्मी विजयदक्त, कानुन व्यवसायी राजकुमार महासेठ, सुरेश शर्मालगायत व्यक्तिले तीन वर्षपूर्व सफा गरेको देखेर स्थानीय युवाको जमातले सामूहिक सरसफाइ गरी पूर्ण रूपमा स्वच्छ बनाए ।

पोखरी सफा भए पनि यसलाई निरन्तर सफा राख्न गाहे हुने अवस्था थियो । तर, धर्मलाई पर्यटनसँग जोड्दै पोखरीको डिलमा गंगाआरती गर्ने योजना बनाइयो । त्यसपछि गंगादशहराको अवसर पारेर बनारसबाट पंडितहरू बोलाई स्थानीय केही पंडितलाई तालिम दिएर प्रत्येक साँझ गंगाआरती सुरु भयो । हाल गंगाआरती यस क्षेत्रकै लागि नमुना बनेको छ ।

हाल जनकपुर आउने प्रत्येक उच्च राजनीतिज्ञ, कुटनितिक नियोगका पदाधिकारी एवं विदेशी पाहुना गंगाआरतीमा सहभागी हुन एकदिनको समय थप गरेर भए पनि जनकपुर बस्न थालेका छन् ।

स्थानीयकै आर्थिक सहयोगमा हाल गंगासागरको डिललाई सजाइएको छ । जनकपुरमा थकाई मार्नका लागि होस् वा घुम्नलाई स्थानीयको लागि गंगासागर मुख्य थलो बन्न थालेको छ । यस सरसफाइ अभियानलाई निरन्तरता दिनका लागि सेभ हिस्टोरिकल जनकपुर नामक संस्थासमेत स्थापना गरी हाल गंगासागरमा एक दर्जनभन्दा बढी व्यक्तिलाई रोजगारी नै दिइएको छ । पोखरी फोहोर गर्नेलाई दण्ड जरिवानाको व्यवस्था छ ।

इन्फो ः स्थानीय केही व्यक्तिको पहलमा सामूहिक रूपमा पोखरीलाई स्वच्छ बनाउने अभियान सञ्चालन गरेपछि हाल गंगासागर जनकपुर आउने पर्यटकको रोजाइको स्थान बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.