भारतको चौकीदारी छोडेर व्यवसायिक तरकारी खेतीमा

भारतको चौकीदारी छोडेर व्यवसायिक तरकारी खेतीमा

बझाङ :  बुंगोल नगरपालिका ५ विजगडाका प्रमोद कुँवर भारतको चौकीदारी काम छोडेर गाँउमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । नोकरीका लागि भारतमै चौकीदारी गर्न जाने यहाँका युवाहरुको प्रचलन भएपनि कुँवर जागिर छाडेर तरकारी खेति गर्दै आउनुभएको छ ।

दुई वर्ष अगाडि भारतको तामिलनाडुको एक बजारमा चौकीदारी गर्दागर्दै गाँउमै केही गर्ने सोचले उहाँ नेपाल फर्किनुभएको हो । उहाँलाई आफ्नो मालिकले तलब माग्दा अपमानजनक व्यवहार गरेपछि गाउँमै व्यवसायी बन्ने सोच बनाउनुभएको हो ।

बुंगोल नगरपालिकाको केन्द्रमा रहेको विजगडामा उहाँले व्यावसायिक तरकारी खेति गर्दै आउनुभएको छ । २२ वर्षका प्रमोदले बुबाआमाले परम्परागत रुपमा गर्दै आएको धान गहुँ लगाउने खेतमा टिनको टहरामा बस्ने घर बनाई वरपरको ३ रोपनी खेतजमा तरकारी खेति गर्नुभएको छ । ‘मेरो खेत बाहेक अन्य खेत पनि भाडामा लिएको छु’ उहाँले भन्नुभयो । गाँउठाँउमा पनि पैसा कमाउन सकिने उहाँमा विश्वास बढेको छ ।

उहाँले बगैँचामा मौसमी, बेमौसमी तरकारीहरु लगाउनुभएको छ । दाई भाउजु र उनीहरु छोराछोरी सहित आमा गरि ७ जनाको परिवार नै तरकारी खेतिमा सक्रिय छन् ।

प्रमोदले लालु प्याज, टामटर भन्टा फलाउनुभएको छ । घर छोडेर तरकारी लगाउने खेतमै रात दिन बस्ने गरेका प्रमोदले मासिक ३५ हजार भन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।

तरकारी व्यावसायबाट राम्रो आम्दानी हुनुका साथै तरकारी बिक्रीका लागि पसल पनि खोल्नु आवस्यक भएकाले उनका दाई कमल कुँवरले किराना तथा तरकारी पसल राख्नुभएको छ ।

‘म पनि इण्डियामै बस्थेँ, प्रमोदका दाई कमलले भन्नुभयो-‘भाईले गरेको तरकारी पेशा फस्टाएपछि अहिले म पसलमा बस्छु।’ डेड वर्षदेखी व्यावसायिक तरकारी खेती गर्दै आएका प्रमोदलाई उहाँको मेहनत देखेर अहिले पहल भन्ने संस्थाबाट थप प्राविधिक तथा आर्थिक सहयोग गरे पछि हौसला मिलेको बताउनुभयो ।

घरको आर्थिक अवस्थाले पढ्न नसकेर भारत हिड्नु परेका प्रमोदले तरकारी व्यावसाय अगाँलेर मनग्गे आम्दानी हुनथालेपछि गाँउमा रहेका अन्य बेरोजगार युवालाई पनि प्रेरणा मिलेको स्थानीय चक्र कुँवरले बताउनुभयो ।

यहाँका युवा बेरोजगार भारतमै जाने गरेका छन् । गाँउमा यातायतको सुविधा र पहल लगायतका संघसंस्थाले युवालाई व्यावसायिक तरकारीमा लाग्न सहयोग गरेको छ । । यस्तै लक्ष्मी कुमारी भण्डारीले पनि संस्थाको सहयोग पाएपछि तरकारी खेती गर्न थाल्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.