एचसीएफसीमा आधारित चिस्यान यन्त्रमा प्रतिबन्ध

एचसीएफसीमा आधारित चिस्यान यन्त्रमा प्रतिबन्ध

काठमाडौं :  सरकारले एचसीएफसीमा आधारित सम्पूर्ण चिस्यान उपकरण आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ । एचसीएफसी (हाइड्रो फ्लुरो क्लोरो कार्वन) मा आधारित चिस्यान यन्त्रमा प्रयोग हुने ग्यासले ओजोन तहलाई विनाश गरेको भन्दै सरकारले यो प्रविधिमा आधारित फ्रिज, कोल्ड रुम, एसी (एयरकन्सिन), कुलिङ मेसिन, हिट पम्प, डिप फ्रिज, चिलर, चिलर प्लान्ट, रेफ्रिजरेटरलगायत आयात र बिक्रीवितरणमा रोक लगाएको हो ।

एचसीएफसी ग्यास प्रयोग हुने चिस्यान उपकरणबाट उत्सर्जन हुने ग्यासले वायुमण्डलमा हुने ओजोन तहलाई नष्ट गरी सूर्यबाट निस्कने बैजनी रंगको किरण (अल्ट्रा भाइलेट रे) लाई जमिनमा पुर्‍याउन सहयोग गरेको नेपाल गुणस्तर तथा नापतौल विभागको राष्ट्रिय ओजन इकाइले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार यसरी जमिनमा आइपुगेको बैजनी रंगको किरनले जमिनमा मानव जाति, पशुपन्छी, बोटबिरुवा, पानीजन्य जन्तु, खाद्यान्न र प्रकृतिमा ठूलो असर पुर्‍याउन थालेकाले सरकारले आयात र बिक्रीमा प्रतिबन्ध लगाएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागको राष्ट्रिय ओजन इकाइले यसरी प्रतिबन्ध लगाएको हो ।

यति मात्रै होइन, एचसीएफसीले गर्दा जलवायु परिवर्तनमा ठूलो सघाउ पुगेको र बैजनी रंगका किरनले छालाजन्य रोग तथा क्यान्सरको प्रकोप फैलिएको भन्दै नाशाको प्रतिवेदनको आधारमा विश्वभरका राष्ट्रले उक्त ग्यासमाथि आधारित चिस्यान उपकरण विस्थापन गर्ने निर्णय गरेका छन् । एचसीएफसी ग्यास सजिलै उडेर वायुमण्डलमा पुग्ने र ओजोन तह नष्ट गर्ने काम गर्छ । एचसीएफसीले स्नायु प्रणाली, मुटु, कलेजो, मृगौला र प्रजनन् प्रणालीमा पनि ठूलो असर पुर्‍याउने गर्छ ।

हाल उपभोक्ताको घरमा रहेको यही प्रविधिमा आधारित फ्रिज, कोल्ड रुम, एसी, कुलिङ मेसिन, हिट पम्प, डिप फ्रिज, चिलर, चिलर प्लान्ट, रेफ्रिजेरेटरको प्रयोगमा भने प्रतिबन्ध लगाइएको छैन ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओजोन तहका लागि अत्यन्त घातक मानिएको एससीएफसी ग्यासमा आधारित चिस्यान उपकरण पछिल्लो समयमा संसारभरबाटै विस्थापन गर्न काम सुरु भएको छ । ‘सन् २०३० सम्ममा संसारभरबाट यो प्रविधिमा आधारित चिस्यान उपकरण विस्थापित गर्न सम्पूर्ण राष्ट्रले रणनीति कार्यान्वयनमा ल्याइसकेका छन्', पुडासैनीले भन्नुभयो, ‘हामी पनि नेपालबाट सन् २०३० सम्ममा विस्थापन गर्दैछौं । यसका लागि अहिले यो प्रविधिमा आधारित चिस्यान उपकरणको आयात र बिक्रीमा पूर्णरूपमा प्रतिबन्ध लगाएका छौं ।'

विभागले आयात र बिक्रीमा प्रतिबन्ध लगाए पनि हाल उपभोक्ताको घरमा रहेको यही प्रविधिमा आधारित फ्रिज, कोल्ड रुम, एसी, कुलिङ मेसिन, हिट पम्प, डिप फ्रिज, चिलर, चिलर प्लान्ट, रेफ्रिजेरेटरको प्रयोगमा भने प्रतिबन्ध लगाइएको छैन । विभागले उपभोक्ताको घरमा रहेका एचसीएफसी आधारित यस्ता उपकरणमा प्रयोग भइरहेको ग्यासलाई भने विस्थापन गरी हाइड्रो कार्वन प्रयोग गर्न सुझाव दिएको छ ।

‘उपभोक्ताले हाल प्रयोग गरिरहेका यस्ता उपकरणको प्रयोगमा तत्कालै रोक लगाएका छैनौं', महानिर्देशक पुडासैनीले भन्नुभयो,‘तर पुरानो प्रविधि र एचसीएफसीमा आधारित उपकरण विस्तारै विस्थापन गराउने नीति हामीले लिएका छौं । उपभोक्ताले सकेसम्म अब खरिद गर्ने यस्ता उपकरण एचसीएफसीमा आधारित भएको हुनु हुँदैन् ।'

सरकारले सन् २०१७ सम्ममा २० प्रतिशत, आगामी २०२० सम्ममा ५० प्रतिशत र २०२२ सम्ममा ६० प्रतिशतको हाराहारीमा एचसीएफसी ग्यासको प्रयोग दर घटाउने नीति अख्तियार गरेको छ । यसैगरी सन् २०२५ सम्ममा ९७.५ र २०३० सम्ममा पूर्णरूपमा यो ग्यासको प्रयोग नेपालबाट विस्थापन गर्ने नीति अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.