कर्णालीमा इन्टरनेट पुर्‍याउन दुई कम्पनी इच्छुक

कर्णालीमा इन्टरनेट पुर्‍याउन दुई कम्पनी इच्छुक

काठमाडौं : कर्णालीमा एक वर्षभित्रै दू्रत गतिको इन्टरेट सेवा पुर्‍याउन दुई कम्पनी तयार भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत वैशाख ७ गते मागेको सार्वजनिक प्रस्तावमा वल्र्ड लिंक र मर्कन्टाइलले आवेदन दिएका छन् । प्राधिकरणले आइतबारसम्मका लागि दिएको ४५ दिनको समयमा दुईवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्चुतानन्द मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राधिकरणले प्रतिप्याकेज ३० करोड रुपैयाँसम्मको प्रस्ताव माग गरेको थियो । यो रकमको सीमाभित्रै रहेको दुई कम्पनीले २४ करोडसम्ममा खर्च गरेर काम गर्ने गरी आवदेन दिएका छन् । प्राधिकरणले प्रदेश नम्बर ६ अन्तर्गतको कर्णालीका हुम्ला, जुम्ला मुगु, र डोल्पाका लागि प्याकेज ‘ए' र कालिकोट, रुकुम, जाजरकोट र रोल्पाको ‘बी' प्याकेज बनाएर आवेदन मागेको थियो । यी दुई प्याकेज अन्र्तगत एकैपटक आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउन उपयुक्त कम्पनीको छनोट गर्न प्रस्ताव मागिएको थियो ।

प्रस्तावमा ए प्याकेजका लागि २० करोड रुपैयाँ र बी प्याकेजका लागि २४ करोड रुपैयाँसम्ममा दुई कम्पनीले आवेदन दिएका छन् । प्राधिकरणका अनुसार दुवै प्याकेजमा वल्र्ड लिंकको प्रस्ताव मूल्य मर्कन्टायलभन्दा कम छ । दुवै कम्पनीको प्रस्ताव मूल्यांकन गरेर दुई साताभित्रमा उपयुक्त कम्पनीलाई कर्णालीमा इन्टरनेट विस्तार गर्ने जिम्मा दिने मि श्रले बताउनुभयो ।

सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट कर्णालीमा दूरसञ्चार सेवाको पहुँच इन्टरनेटमार्फत विस्तार गर्न लागेको हो । यसका लागि प्राधिकरणले दुवै प्याकेजका लागि दिने सरकारी अनुदानको रकमबाट दु्रत गतिको इन्टरनेट सेवा विस्तार गर्नुपर्छ । प्राधिकरणका अनुसार यी दुई प्याकेजमा आगामी एक वर्ष भित्रै ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउनुपर्छ । उपयुक्त कम्पनी छनोट गरेर सम्झौता भएको एक वर्षमा यी जिल्लाको हरेक गाउँपालिका, स्वास्थ्य चौकी तथा सामूदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउनुपर्छ ।

सरकारले अन्य जिल्लामा तयार बनाएको प्याकेजको तुलनामा कर्णालीलाई विशेष प्राथमिकतामा राखेको छ । अनुदानमा उपलव्ध हुने यो रकमबाट दुई वर्षसम्म निःशुल्क सेवासमेत दिनुपर्ने सर्त प्राधिकरणले तोकेको छ । मि श्रले दिनुभएको जानकारीअनुसार प्राधिकरणले प्रदेश नम्बर ६ र ७ का लागि मध्यपहाडी लोकमार्ग भएर विस्तार हुने सूचना महामार्गको पूर्वाधार बनाउने कम्पनी छनोट गर्न पनि दुई कम्पनीकै आवेदन मागिसकेको छ । यसमा सुविसु र वल्र्ड लिंकको आवदेन परेको छ । यसको प्राधिकरणले मूल्यांकन गरेर टुंगोमा पुग्ने अन्तिम तयारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.