एनएमबी बैंकद्वारा निःशुल्क आस्वा सेवा
काठमाडौं : एनएमबी बैंकले आफ्ना ग्राहकलाई निःशुल्क आस्वा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) सुविधा दिने भएको छ । यस प्रविधिबाट सेयर वितरण नभएसम्मका लागि सेयरधनीको रकम खातामै रहने व्यवस्था हुनेछ । आस्वा व्यवस्थाले सेयरको लगानी रकम रोक्का गरिए पनि रोक्का गरेको रकमको ब्याज लगानीकर्ताले पाउनेछन् ।
सेयर परेपश्चातको रकममात्र रोक्का रकमबाट काटिने भएकाले ग्राहकलाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । सेयरको लगानी व्यवस्थापन क्षेत्रमा अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप नयाँ नियम र प्रणालीलाई थप सरल, सुदृढ तथा समावेसी बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस !