नेपाल हिमालय प्रवेशको मुख्य द्वार

नेपाल हिमालय प्रवेशको मुख्य द्वार

काठमाडौं : नेपाललाई हिमालय प्रवेशको मुख्य द्वारको रूपमा स्थापित गराउने लक्ष्यका साथ काठमाडौंमा भएको पहिलो तीनदिने अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटेलमा शुक्रबारदेखि सुरु भएको ट्राभल मार्ट आइतबार सम्पन्न भएको हो । सोल्टी होटेलमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

हिमालयन ट्राभल मार्ट नेपालको इतिहासमा पर्यटन प्रवद्र्धनका लागि भएको सबैभन्दा ठूलो मेला हो ।मेलामा ५३ देशका पर्यटन व्यवसायी, टुर अपरेटर, ब्लगर, क्रेता, बिक्रेता र मिडिया गरी दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । यसमा ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताले सहभागिता जनाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरको आयोजनामा मार्ट सम्पन्न भएको हो । मार्टमा युरोप, अमेरिका, भारत, चीनलगायत देशबाट पर्यटन गतिविधिमा सक्रिया टुर अपरेटर, बायर र सेलरको उपस्थिति थियो ।

साथै मार्टअन्तर्गतकै ब्लगर तथा मिडिया कन्फ्रेन्स भने बिहीबार बुढानिलकण्डको पार्क भ्यु भ्यालेजमा भएको थियो । नेपालमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार कसरी गर्ने भने विषयमा विश्वमा चर्चित ब्लगर र मिडियाबीच छलफल भएको थियो ।हिमालय क्षेत्रसँगै नेपालको पर्यटन बजारलाई विश्व बजारमा लैजाने र यहाँका सबै प्रोडक्ड हिमालय क्षेत्रसँग आबद्ध छन् भनेर देखाउन मार्ट आयोजना गरिएको थियो ।

मार्ट नेपाल सरकारले अपेक्षा गरेअनुसार भएको पाटा नेपालका अध्यक्ष सुमन पाण्डे बताउनुहुन्छ । मार्टमार्फत नेपाललाई विश्व बजारमा चिनाउन कोसिस गरिएको र त्यो सफल भएको पाण्डेको दाबी छ । एड्भेन्चर टुरिजम नेपालमा स्थापित भइसकेको सन्धर्भमा नेपाललाई हिमालय प्रवेशद्धारको रूपमा विकास गर्न मार्टले सहयोग पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बताउनुभयो । 'यस किसिमको मार्ट यसभन्दा अगाडि नै हुनुपर्ने थियो', जोशीले भन्नुभयो, 'ढिलै भए पनि सुरु भएको छ । अब यसलाई निरन्तरता दिन आवश्यक छ ।'

'लामो सयमदेखि नेपालको स्वामित्वमा नेपालमै मार्ट भए हुन्थ्यो भन्ने थियो', पाण्डेले भन्नुभयो, 'हामीले विदेशी पाहुना बोलाएर नेपालको गन्तव्य बेच्नुका साथै विदेशी मिडियामार्फत देशको पर्यटनसम्बन्धी प्रचारप्रसार गर्ने अवसर खोजिरहेको थियौं जुन आज सफल भएको छ ।'

मार्टमार्फत नेपालका टुर अपरेटरलाई व्यापार प्रवद्र्धन गर्ने अवसर मिलेको छ । मार्टमा अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको पर्यटकीय सामान खरिद गर्न टुर अपरेटरको उपस्थितिले नेपालका पर्यटन व्यवसायीलाई खुसी बनाएको छ ।

हिमालय क्षेत्रमा नेपाललगायत भुटान, भारत, बंगलादेशबाट पनि टुर अपरेटर सहभागी थिए । बायर र सेलरबीच भेटघाट तथा सूचना आदानप्रदान भएको छ । अहिलेसम्म पर्यटन व्यवसायी तथा यस क्षेत्रमा काम गर्नेले मात्र आफ्नो गन्तव्यको प्रचारप्रसार गरिरहेकोमा मार्टले सबैलाई एकैठाउँमा समेट्ने अवसर दिएको पाण्डे बताउनुहुन्छ । मार्टले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्यमा सहयोग पुर्‍याउने पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, 'आईटीभी मेला भनेर हामी जर्मनी जान्छौं । डब्लूटीएम भनेर लन्डन पुग्छौं । फ्रि टुर भनेर स्पेन जान्छौं तर नेपालमा कुनै विदेशी टुर अपरेटर तथा बायर आएर गर्ने कार्यक्रम थिएनन् । हिमालयन ट्राभल मार्ट नै पहिलो बनेको छ ।'

मार्टमार्फत हिमालयन पर्यटन विकास, इनोभेसन र मार्केटिङ क्षेत्रको विस्तारका लागिसमेत सहयोग पुगेको छ । यसले बायरलाई नेपालमा व्यापार सुरु गर्न प्रोत्साहन मिलेको छ । नेपालका गन्तव्यको व्यापार गरिरहेका कम्पनीलाई सर्भिस किन्न आग्रह गरिएको पाण्डेले जानकारी दिनुभयो ।

पाटाका अध्यक्ष सारा म्याथुजले नेपालमा पहिलो पटक आयोजित मार्टका लागि बधाई तथा शुभकामना दिँदै नेपालको पर्यटन क्षेत्रमा पाटाको साथ सधै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.