तरकारीखेतीबाट मनग्य आम्दानी

तरकारीखेतीबाट मनग्य आम्दानी

भीमदत्तनगर: धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ। उहाँले उत्पादन गर्नुभएको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ।

“मैले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीसम्म पुग्छ,” उहाँले भन्नुभयो। हाल उहाँले दुई बिगाहा खेतमा गोलभेँडामात्रै फलाउनुभएको छ।अन्नबाली भन्दा तरकारीखेतीबाट मनग्य आम्दानी गरेको उहाँ बताउनुहुन्छ।

“तरकारीखेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ,” ऐरले भन्नुभयो। बाह्रैमास तरकारी उत्पादनमा जुट्नुभएका ऐरले तरकारी रोप्ने बेलामा ६० देखि ८० जना मजदुरलाई रोजगारी दिँदैआउनुभएको छ।सुरुवातमा एक बिगाहाबाट तरकारीखेती सुरु गर्नुभएका एरेलाई अहिले तरकारी बिक्री गर्न कुनै समस्या छैन।

“उचित समयमा बीउबिजन पाउन समस्या छ,” ऐरले भन्नुभयो।तरकारीखेतीका लागि विभिन्न कृषिविज्ञसित परामर्श गर्ने गरेको उहाँको भनाइ छ।उहाँले उत्पादन गर्नुभएको तरकारी बुटवल, नेपालगन्ज, काठमाडौँदेखि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा समेत खपत हुने गरेको छ।

जिल्ला कृषि विकास कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ।धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने ऐर बताउनुहुन्छ।सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उहाँको माग छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.