सुष्मासँग नजिकमा रहेर काम गर्ने महराको चाहना

सुष्मासँग नजिकमा रहेर काम गर्ने महराको चाहना

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग नजिकमा रहेर काम गर्ने चाहना व्यक्त गर्नु भएको छ । ‘दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउन उहाँसँग नजिकमा रहेर काम गर्न चाहन्छु,’ महरालाई उद्धृत गर्दै परराष्ट्रमन्त्रालयले भनेको छ ।

आफूलाई दिएको बधाई प्रति धन्यवाद दिँदै महराले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । महरालाई सुष्मा स्वराजले शुक्रवार टेलिफोन गरी बधाई सन्देश दिनु भएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त हुनु भएकोमा महरालाई बधाई दिँदै सुष्मा स्वराजले नेपाल र भारत वीचको ऐतिहासिक र परम्परागत रुपमा रहेको नजिकको सम्बन्ध आगामी दिनमा आपसी विश्वास र लाभका आधारमा अगाडि बढने बताउनु भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.