राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणको मिति तय भएको छैन: ह्वाइट हाउस

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणको मिति तय भएको छैन: ह्वाइट हाउस

संयुक्त राज्य अमेरिका: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतको भ्रमणको मिति तय नभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले स्पष्ट गरेको छ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्री थेरेसा मेबीच शुक्रबार टेलिफोन वार्ता भएको स्वीकार गरेको छ। तर पनि राष्ट्रपति ट्रम्पको भ्रमणको बारेमा सो फोनवार्तामा कुनै कुरा नभएको बताएको छ।

उहाँहरुबीच शुक्रबार पछिल्लो पटक टेलिफोनवार्ता भएको थियो तर पनि सो वार्ताका क्रममा उक्त भ्रमणका विषयमा भने कुनै कुरा भएको छैन-ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसअघि नै बेलायतका प्रधानमन्त्री मेले राष्ट्रपति ट्रम्पलाई बेलायत भ्रमणको निमन्त्रण दिनुभएको थियो । तर उहाँको भ्रमणको मितिको बारेमा अझै निश्चित भएको छैन ।

सो भ्रमणका बारेमा शुक्रबारको फोनवार्तामा छलफल भएर मिति तोकिएको अनुमानसहितका समाचार बाहिर आएका थिए । सो समाचारपछि ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेको हो ।

बेलायतमा राजनीतिक अस्थिरता र विवाद बढ्दो रुपमा रहेका छन् । केही दिनअघि भएको मध्यावधि निर्वाचनपछि राजनीतिक अस्थिरता झन् बढ्दो देखिन्छ ।

सोही कारणले पनि राष्ट्रपति ट्रम्पले तत्कालै बेलायत भ्रमण गर्ने विषयमा कुनै सोच नबनाउनुभएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हाल राष्ट्रपति ट्रम्पले भ्रमण गर्दा बेलायतमा रहेको राजनीतिक अस्थिरताको असर उहाँको भ्रमणमा पनि पर्नसक्छ ।

शुक्रबार बिहान भएको सो कुराकानीमा उहाँको भ्रमणको विषयमा भने प्रशङ्ग चलेको बताइएको छ । तर सो भ्रमणको मितिका विषयमा भने कुनै निर्णय भइनसकेको ह्वाइट हाउसका एकजना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

उहाँ जापान र दक्षिण कोरियाको भ्रमणमा पनि जानुहुने कार्यक्रम छ । तर ती भ्रमणका मिति भने सार्वजनिक गरिएको छैन । राष्ट्रपति ट्रम्प आगामी महिना जर्मनी, पोल्यान्ड र फिलिपिन्सको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

सोही समयमा उहाँ बेलायत पनि आउनसक्ने गरी भ्रमणको कार्यक्रम बन्नसक्ने भनी समाचार आइरहेका छन्। केही दिनमात्र अघि भएको लन्डन ब्रिजको आतङ्ककारी हमलामा राष्ट्रपति ट्रम्पले लन्डनका मेयरको तिखो आलोचना गर्नुभएको थियो ।

उहाँले सो हमलामा लन्डनका मेयर सादिक खानको जिम्मेवारीको कमीको विषयमा कुरा उठाउनुभएको थियो । उहाँको सो प्रतिक्रियाको बेलायत र अमेरिकामा पनि व्यापक मात्रामा आलोचना भएको थियो ।

सोही कारण पनि राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्दा लन्डनमा उहाँको स्वागत भव्यरुपमा होला भन्ने विषयमा आशङ्का रहेको कतिपय विश्लेषकहरुले जनाएका छन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.