भारतमा नयाँ राष्ट्रपतिको खोजी

भारतमा नयाँ राष्ट्रपतिको खोजी

नयाँदिल्ली: भारतीय जनता पार्टीद्धारा नयाँ राष्ट्रपति चयनका लागि प्रमुख पार्टीहरुको साझा धारणा बनाउनका लागि तीन सदस्यीय एउटा समिति बनाएको छ। समितिले विपक्षी पार्टीलाई समेत सहमतिमा ल्याउने प्रयास गर्ने सो पार्टीका नेताहरुले जानकारी दिएका छन्।

समितिमा नेताहरु अरुण जेट्ली, राजनाथ सिंह र वेनकिआह नायडु रहनु भएको छ । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीपछिको राष्ट्रपतिका लागि विपक्षी र सत्तारुढ गठबन्धनको तर्फबाट समितिले उम्मेदबार छान्नेछ।

“हाम्रो पार्टीका अध्यक्ष अमित शाहले राष्ट्रपतिय निर्वाचनका लागि विभिन्न प्रदेशहरुमा हुने कार्यक्रमहरुमा जाने तत्कालिन कार्यतालिकाहरु स्थगित गरेर सहमतीमा यो कामका लागि तीन सदस्यीय समिति गठन गरिएको छ,” विजेपीका एक नेताले भन्नुभयो।

राष्ट्रपति मुखर्जीको कार्यकाल यही २५ जुलाईमा सकिन लागेको छ। उहाँ गत सन् २०१२ मा पाँच बर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको थियो ।
विपक्षी पार्टीहरुले पनि काँग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीसँग केही समय यस विषयमा छलफल गरेका छन्।

विजेपी होस् वा विपक्षी दुवै पक्षले राष्ट्रपतीय निर्वाचनका लागि चाँडै नै उम्मेदबारी दर्ता गर्नुपर्ने भएको छ। उम्मेदवारी दर्ता जुन १४ देखि जुन २८ सम्ममा गर्न पाइने कार्यतालिका रहेको छ । मतदान भने जुलाई १७ का दिन गर्ने तय भएको छ।

राष्ट्रपति निर्वाचनका लागि भारतमा तल्लो र माथिल्लो गरी दुवै सदनका सदस्यहरु र सवै प्रदेश संसदका निर्वाचित सदस्यहरुले मतदान गर्ने व्यवस्था रहेको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.