भारी वर्षाले बङ्गलादेशमा ४८ को मृत्यु

 भारी वर्षाले बङ्गलादेशमा ४८ को मृत्यु

ढाका: दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षाको कारण ४८ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

यस प्रकोपमा परी मानिसको प्रायःपहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको सङ्ख्या बढ्ने अनुमान रहेको छ।

आपतकालीन उद्वारकर्ता भारी वर्षा प्रभावित दुर्गम इलाकामा गएका र उनीहरु टेलिफोन र यातायात सम्बन्ध नभएको हुनाले सम्पर्क हुन नसकेको बताइएको छ।

उद्वारकार्य निकै रफ्तारका साथ जारी रहेको प्रकोप व्यवस्थापन विभागका प्रमुख रेआज अहमदले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

सोमबार बिहानबाट भएको भारी बर्षाबाट रन्गामती र बन्दारबान दुई वटा जिल्ला अत्यन्त प्रभावित भएको र मृतकहरुको सङ्ख्या पनि यी दुई जिल्लामा नै बढी भएको बताइएको छ।

भीषणरुपमा परेको मनसुनी वर्षाको कारण रन्गामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले बाताउनुभएको छ।

भारी मनसु्नी वर्षाको कारण मुख्य बन्दरगाह सहर राजधानी ढाका र चटगाउँसमेत प्रभावित भएको र केही घन्टा यातायातसमेत अवरुद्ध भएको जनाइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.