गर्भावस्थामा रक्तअल्पता समस्या 

 गर्भावस्थामा रक्तअल्पता समस्या 

नेपालमा एक वर्षमा सात लाख महिला गर्भवती हुन्छन् । गर्भावस्थामा ७८ प्रतिशतसम्मलाई रक्तअल्पता हुने गरेको छ ।वयस्कमा रगत बन्ने क्रिया हाडभित्रको रक्तमासीमा हुन्छ । यसका लागि आइरन (लौह तत्वव), कपर, कोबाल्ट, ‘भिटामिन बी १२', फोलिक एसिड, ‘भिटामिन सी' चाहिन्छ । रातो रक्तकोषको विकासक्रममा आरएनए र डीएनए बन्न ‘भिटामिन बी १२'को जरुरी पर्छ । फोलिक एसिडको अभावले डीएनए बन्ने क्रियालाई नराम्ररी असर गर्छ । रगत बन्नका लागि प्रोटिन पनि आवश्यक पर्छ । रगत निर्माण क्रियालाई इरिथ्रोपोइटिन नामक हर्मोनले उक्साउँछ ।

कुपोषण, खाने गलत तौरतरिका, आन्द्राबाट सोस्ने प्रक्रियामा गडबडी, पसिनाबाट हुने आइरनको खती, जन्मान्तरको अभावमा पटकपटकको गर्भ, महिनावारीको बेला बढी रगत जाने समस्याको उपचारको अभाव, अंकुशे जुका तथा जीर्ण प्रकारका संक्रमणको कारणले नेपाललगायतका विकासोन्मुख देशका निम्न आयस्तरका जनतालाई त्यसै पनि रक्तअल्पता हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलाको शरीर (रगत)मा हेमोग्लोबिनको मात्रा ११ ग्राम प्रतिशत वा सोभन्दा कम भयो भने रक्तअल्पता भएको मानिन्छ । गर्भवती बेलामा रगत पातलिन्छ जुन गर्भावस्थाको ३२ हप्तातिर बढी देखिन्छ । सामान्यतया गर्भावस्थाको १२ हप्ताभन्दा अगाडि जति हेमोग्लोबिन थियो, त्यसमा दुई ग्राम प्रतिशतले कमी आउँछ । गर्भावस्थामा हेमोग्लोबिनको मात्रा १० ग्राम प्रतिशतभन्दा कम भयो भने सजग हुनुपर्छ भने नौ ग्राम प्रतिशतभन्दा कम हुँदा रक्तअल्पताको कारण खुट्याउन आवश्यक परीक्षण गराउनुपर्छ । वर्गीकरणअनुसार नौ ग्राम प्रतिशतभन्दा कमलाई सामान्यदेखि सातभन्दा कमलाई गम्भीर प्रकारको रक्तअल्पता मानिन्छ ।

तेस्रो विश्वका मुलुकमा मातृमृत्युको २० प्रतिशत कारक तत्वव रक्तअल्पता हो । रक्तअल्पताका अलावा गर्भवतीमा हुनसक्ने अन्य रक्तसमस्याहरूमा दम्पतीबीच रगत समूह नमिल्नु र गर्भवती महिलाको रगत जम्ने प्रक्रियामा गडबडी हुनु पनि हो । गर्भवती महिलामा रक्तअल्पता हुनुको प्रमुख कारण रगत बन्ने तत्ववहरू आइरन (लौह तव), फोलिक एसिड, ‘भिटामिन बी १२' र प्रोटिन नपुगेर नै हो । यसका अलावा एक्कासि गर्भ तुहिएर, व्यथा नलाग्दै साल छुट्टिएर, अंकुशे जुकाको संक्रमणका कारण रगत खेर जानाले रक्तअल्पता हुनसक्छ ।

गर्भवती महिलामा वंशाणुगत रूपमा थालासेमियाजस्तो रक्तसमस्या हुँदा, रेडियो विकिरण तथा औषधिका कारण हड्डीभित्रको रक्तमासीको क्षय हुँदा, औलो, क्षयरोग संक्रमण तथा मिर्गौलाको ट्युमर हुँदा पनि रक्तअल्पता हुनसक्छ ।


. गर्भवती बेलामा रगत पातलिन्छ जुन ३२ हप्तापछि बढी देखिन्छ ।
. हेमोग्लोबिनको मात्रा ११ ग्राम प्रतिशत वा सोभन्दा कम भयो भने रक्तअल्पता भएको मानिन्छ ।
. विश्वका मुलुकमा मातृमृत्युको २० प्रतिशत कारक तत्वव रक्तअल्पता नै हो ।
. कलेजो, मासु, अन्डा, हरियो सागपात, हरियो गेडागुडी, गहुँमा आइरन पाइन्छ ।
. गर्भावस्थामा हेमोग्लोबिनको मात्रा १० ग्राम प्रतिशतभन्दा कम भयो भने सजग हुनुपर्छ ।
. गर्भ तुहिएर, व्यथा नलाग्दै साल छुट्टिएर, अंकुशे जुकाको संक्रमणका कारण रगत खेर जानाले रक्तअल्पता हुनसक्छ ।

त्यसो त गर्भपूर्व अवस्थामै रक्तअल्पताको समस्या हुनसक्छ । त्यस माथि गर्भावस्थामा आइरनको माग बढी भए पनि खाना कम खाने, कमजोर आर्थिक अवस्था, खानाकै कमी, खाना अरुची, वाकवाकी एवं उल्टी आउने समस्याले रगत बन्ने प्रक्रिया घटाएर समस्या झन जटिल बनाउँछ । गर्भमा जुम्ल्याहा बच्चा छ भने, दुई वर्षभन्दा कमको जन्मान्तरमा बच्चा पाउन लागेको छ भने तथा कम उमेरमा गर्भधारण गरेको छ भने रक्तअल्पताको समस्या बढी हुन्छ ।

विशेषतः गर्भावस्थाको दोस्रो सत्रमा आइरनको थप आवश्यकता हुन्छ । गर्भवती महिलाले खाने नियमित खानाले आइरनको थप माग पूर्ति गर्न गाह्रो हुन्छ, त्यसैले स्वाभाविक रूपमा शरीरमा आइरनको कमी हुन्छ । परिणामतः गर्भवती महिलाको हेमोग्लोबिन घट्नेमात्र होइन आन्द्राबाट आइरन सोस्ने दरमा पनि कमी आउने हुनाले रगत बन्नका लागि आवश्यक कच्चा पदार्थको भण्डारणमा कमी आउँछ । त्यसैले गर्भावस्थाको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरनको थप मात्रा चाहिन्छ ।

गर्भावस्थामा रगतको महत्व

विशेषतः गर्भावस्थाको दोस्रो सत्रमा आइरनको थप आवश्यकता हुन्छ । गर्भवती महिलाले खाने नियमित खानाले आइरनको थप माग पूर्ति गर्न गाह्रो हुन्छ, त्यसैले स्वाभाविक रूपमा शरीरमा आइरनको कमी हुन्छ । परिणामतः गर्भवती महिलाको हेमोग्लोबिन घट्नेमात्र होइन, आन्द्राबाट आइरन सोस्ने दरमा पनि कमी आउने हुनाले रगत बन्नका लागि आवश्यक कच्चा पदार्थको भण्डारणमा कमी आउँछ । त्यसैले गर्भावस्थाको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरनको थप मात्रा चाहिन्छ ।

आइरनको कमीले हुने रक्तअल्पताका कारण आलस्य लाग्ने, खान मन नलाग्ने, मुटुको ढुकढुक हुने, सास फेर्न गाह्रो, चक्कर लाग्ने, खुट्टा सुन्निने हुन्छ । आँखा पनि पहेँलो वा सेतो र मुटुको चाल पनि फरक हुन्छ । रक्तपरीक्षणका क्रममा रातो रक्तकणको आकार प्रकारबाट रक्तअल्पताको कारण खुट्याउन सकिन्छ । अन्य कारण खुट्याउन दिसा, पिसाबको जाँच पनि गर्नुपर्ने हुन्छ । रक्तअल्पता नै भए पनि शरीरमा हेमोग्लोबिनको मात्रा १० ग्राम प्रतिशत तथा रातो रक्तकोष ३० लाख घन मिलिमिटरभन्दा बढी छ । साथै रक्तपरीक्षणको क्रममा सामान्य बनावटको रातो रक्तकोष पाइएको छ भने समस्या त्यति जटिल मान्नु पर्दैन ।

गर्भावस्थामा रक्तअल्पताका कारण रक्तचाप बढ्ने, पटकपटक संक्रमण हुनसक्ने, मुटु फेल खाने, महिना नपुग्दै व्यथा लाग्ने हुनसक्छ । सुत्केरी व्यथाका बेला व्यथा राम्रोसँग नबढ्ने, मुटु फेल खाने, बेहोश हुने हुन्छ । यस समय सबभन्दा जटिल समस्याचाहिँ अधिक मात्रामा रक्तस्राव हुनु नै हो । यथेष्ट हेमोग्लोबिन भएकीले भन्दा रक्तअल्पता भएकी सुत्केरी महिलाले सुत्केरीमा खेर जाने सामान्य मात्राको रगतको खती पनि थेग्न सक्दैन । यस समय धेरै रगत बग्ने समस्या आइलाग्यो भने स्थिति अझ जटिल हुन्छ ।

रक्तअल्पताका कारण सुत्केरीपश्चात् संक्रमण बढ्ने, पाठेघर पूर्वावस्थामा फर्किन समय लाग्ने, स्तनपानमा गडबडी, रक्तनलीमा रगत जम्ने हुन्छ । रक्तअल्पता भएकी गर्भवती महिलाको कुनै पनि बेला एक्कासि मृत्यु हुनसक्छ । गर्भावस्थाको ३० देखि ३२ हप्तामा, सुत्केरी व्यथा लाग्दालाग्दै, शिशु पाउनेबित्तिकै र शिशु पाएको एक हप्तापछि यस्तो अप्रत्याशित घटना हुने सम्भावना बढी हुन्छ । रक्तअल्पताकै कारण गर्भे शिशुको तौल कम हुने तथा गर्भ भित्रै शिशुको मृत्यु हुनसक्छ ।

रक्तअल्पताको समस्या समयमै पत्ता लागेमा निको गर्न सजिलो हुन्छ भने यसको रोकथामका लागि बच्चा कम पाउने, कम्तीमा २ वर्षको जन्मान्तर राख्ने गरेमा सुत्केरी र स्तनपानका क्रममा रगतको खती पूर्ति गर्न सकिन्छ । त्यसैगरी गर्भावस्थाको दोस्रो त्रैमासिकमा वाकवाकी एवं उल्टी रोकिएपछि थप आइरन दिनुपर्छ । दैनिक दुई सय मिलिग्राम फेरस सल्फेट र एक मिलिग्राम फोलिक एसिड दिनुपर्छ । आइरन चक्की खानु एक घन्टाअगाडि चिया खानु हुँदैन ।

कलेजो, मासु, अन्डा, हरियो सागपात, हरियो गेडागुडी, गहुँमा आइरन पाइन्छ । फलामको भाँडाकुँडामा पकाएर खाने तथा चामल पखालेको पानी पनि प्रयोगमा ल्याएमा आइरन प्राप्त गर्न सकिन्छ । अंकुशे जुका, रगत मासी, औलो, पाइल्स तथा मूत्रनली संक्रमणको यथोचित उपचार समयमै गरिनुपर्छ । पहिलोपटक गर्भजाँच गर्न आउँदा, गर्भावस्थाको ३२ हप्तामा, ३६ हप्तामा तथा सुत्केरी व्यथाअगाडि रगतमा हेमोग्लोबिनको परीक्षण गर्नुपर्छ । कुनै पनि बेला ७.५ ग्राम प्रतिशतभन्दा कम भएको खण्डमा भर्ना गरेरै उपचार थाल्नुपर्छ ।

रक्तअल्पताको सामान्य उपचार खानपान, पाचक तत्वव, एन्टिबायोटिक (आवश्यकताअनुसार) बाट गर्न सकिन्छ । तर, उपचारका क्रममा रक्तअल्पताको गम्भीरता, गर्भावस्थाको अवधि तथा अन्य सम्बन्धित तत्ववहरूको हेक्का राख्नुपर्छ । धेरैजसो रक्तअल्पता भएकीलाई मुखबाट खाइने आइरन चक्कीबाट व्यवस्थापन गर्न सकिन्छ । दुई सय मिलिग्रामको एक चक्की आइरन (फेरस सल्फेट) मा ६० मिलिग्राम आइरनका अलावा आंशिक मात्रामा कपर, म्यागानिज पनि हुन्छ ।

कम्तीमा १०० दिन दिनहुँ एक चक्की आइरन खाएमा सुत्केरीपछि भण्डारण पनि मजबुत हुन्छ । आइरन सेवनले पेट पोल्ने, वाकवाकी लाग्ने, उल्टी आउने, पखाला लाग्ने, कब्जियत हुने लगायतका जटिलता हुनसक्छ । आइरन सेवन गर्न थालेको तीन हप्तामा सुधारका संकेत देखिनुपर्छ । स्वस्थ महसुस, भोक जाग्नु, स्पूmर्त देखिन थाल्नु, रगत जाँचमा सुधार (तीन हप्तामा ०.७ ग्राम प्रतिशत हेमोग्लोबिन बढ्नु) आउनु सुधारका संकेत हुन् ।

मुखबाट आइरन चक्की खान सकेनन्, खान मानेनन् वा गर्भावस्थाको आठदेखि १० हप्तामै गम्भीर खालको रक्तअल्पता देखियो भने सुईबाट मासुमा वा नशामा आइरन दिन सकिन्छ । त्यसैगरी सुत्केरीलगत्तै अधिक रक्तस्राव भएमा, ३६ हप्तापछि गम्भीर खालको रक्तअल्पता देखिएमा, आइरन चक्कीबाट वा नशाबाट दिइएको आइरनबाट आशातीत सुधार नभएमा, संक्रमण पनि भएमा रगत नै चढाउनुपर्ने हुन्छ । यसका लागि सकेसम्म ताजा खालको रगत दिनुपर्छ । रक्तअल्पताको समस्या पछिपछिको गर्भमा पनि दोहोरिन सक्छ ।

धेर जसो गर्भवती महिला (८५ प्रतिशत) को रगत समूह पोजिटिभ नै हुन्छ । नेगेटिभ समूहका रगत भएकी गर्भवती महिलालाई भन्नेबित्तिकै रगत नपाइने हुनाले गर्भावस्थामै यसको जोरजाम गर्नुपर्छ । आफ्ना आफन्त वा साथीभाइमध्ये नेगेटिभ (विशेषतः ‘ओ निगेटिभ') रगत समूह भएकाको फोन नम्बर लिइराख्ने, आवश्यक परेको खण्डमा रक्तदान गर्नका लागि भनिराख्नुपर्छ ।

नेपालमा हालै गरिएको एक अध्ययनअनुसार महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य निकायबाट गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गर्न थालिएबाट रक्तअल्पताकै कारणले हुने मातृमृत्युदरमा भने कमी आएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.