व्यवस्थित बन्दै मोबाइल मर्मत व्यवसाय

व्यवस्थित बन्दै मोबाइल मर्मत व्यवसाय

काठमाडौं : पछिल्लो समय मोबाइल मर्मत व्यवसाय व्यवस्थित व्यवसायको रूपमा विस्थापित हुँदै गएको छ । यो व्यवसाय जीविकोपार्जनको एउटा उत्कृष्ट माध्यमका रूपमा विकास भएको छ । विशेषतः टेक्नोलोजीसँग खेल्न चाहने युवाका लागि यो स्वरोजगारको सबैभन्दा आकर्षण क्षेत्र हो । मोबाइल मर्मत गरेकै भरमा मासिक लाखौं कमाउने व्यवसायी नेपालमा ठूलो संख्यामा रहेको व्यवसायीको भनाइ छ ।

कुनै समय मोबाइल मर्मतका लागि मोबाइल पसलमा पुग्दा मात्र पनि साधारण खर्च पाँच सय रुपैयाँ लाग्थ्यो । पसलमा मोबाइल खोलेको मात्र पाँच सय रुपैयाँ तिर्नुपर्ने थियो । बनाउँदा लाग्ने खर्च त छुट्टै छँदै छ । त्यो समय ग्राहकमा भएको अनभिज्ञताको फाइदा व्यवसायीले उठाएका हुन् । तर, अहिले त्यो प्रचलनमा परिवर्तन आएको छ । बजारमा बढ्दै गएको प्रतिस्पर्धा र ग्राहकमा मोबाइलसम्बन्धी बढ्दो ज्ञानले यो व्यवसायमा परिवर्तन ल्याएको बताउनुहुन्छ ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत् साउद ।

उहाँका अनुसार आजभन्दा पाँच वर्ष अघिसम्म यो व्यवसायमा ग्राहकको अनभिज्ञताको फाइदा उठाउने व्यवसायीको संख्या ठूलो थियो । तर, पछिल्लो पाँच वर्षमा यो व्यवसाय र यसमा संलग्न व्यवसायी दुबैमा ठूलो परिवर्तन आएको छ । पूर्णरूपमा भने होइन । अझै पनि साना र गाउँकेन्द्रित व्यवसायीमा यो समस्या बाँकी नै रहेको बताउनुहुन्छ सिटिभी मोबाइलका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडर । उहाँका अनुसार नाम चलेका र ब्रान्डेड सर्भिस सेन्टरले पूर्णरूपमा यस्तो प्रचलनलाई रोक लगाइसकेका छन् ।

पुरानो प्रचलनमा रोक लाग्दा यो व्यवसाय व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनेको छ भने व्यवसायी ग्राहककेन्द्रित भएका छन् । प्रतिस्पर्धी बजारमा ग्राहकलाई सस्तो, छिटो र आकर्षण सेवा दिन नसकेको खण्डमा ग्राहक भड्किन्छन् कि भन्ने चिन्ता व्यवसायीमा देखिएको छ । व्यवसायीमा देखिएको चिन्ताले ग्राहकले सहज, सस्तो र छरितो सेवा पाएका छन् । यतिसम्म कि ग्राहकलाई आकर्षण गर्न व्यवसायीले ६० मिनेटमा मोबाइल मर्मत गरी ग्राहकलाई मोबाइल फिर्ता दिने योजना पनि ल्याएका छन् । यस्ता योजनाले मोबाइल मर्मत व्यवसायलाई व्यवसायका रूपमा माथि उकास्न मद्दत गरेको ग्लाइडर बताउनुहुन्छ ।

अकासिँदै गरेको मोबाइल मर्मत व्यवसायमा दक्ष र अनुभवी मोबाइल मर्मतकर्ता वा व्यवसायीको मासिक आम्दानी डेढ लाखसम्म छ, खासगरी न्युरोडकेन्द्रित मोबाइल पसलमा । यसले स्वरोजगारका लागि अवसर सिर्जना गरिदिएको छ । २५ देखि ३० हजार रुपैयाँ तालिमका लागि खर्च गरी सानो रकमको लगानीमा मासिक हुने यो आम्दानीले युवालाई आकर्षण पनि गरेको छ । तर, सबैले यसमा सफलता हात पर्छ भन्ने छैन । जो दक्ष र अनुभवी छन् उनीहरूका लागि यो व्यवसाय आम्दानी र सहजताका हिसाबले पूर्ण रहेको बताउनुहुन्छ सन मोबाइल कोटेश्वरका व्यवसायी सुरेश बानियाँ ।

उहाँका अनुसार मोबाइल मर्मतमा पनि सफ्टवेयरतर्फ राम्रो आम्दानी छ । बाहिरबाट आएको मोबाइल अनलक गर्ने, सफ्टवेयर परिवर्तन गर्नेलगायत काम व्यवसायीका लागि आम्दानीका साथै सुरक्षा हिसाबले पनि राम्रो छ । तर, हार्डवेयरमा कतिपटक व्यवसायी आफैंले आफ्नो पैसा खर्च गरेर पनि ग्राहकको मोबाइल बनाइदिनुपर्ने बाध्यता छ । 'हार्डवेयर प्रयोग गर्दा एउटा बिग्रिएमा अर्को हाल्नै पर्‍यो', मोबाइल मर्मत व्यवसायी दीपेन्द्र बानियाँ बताउनुहुन्छ, 'त्यसमा दुबैको पैसा ग्राहकसँग लिन सकिँदैन, अनि एउटा आफ्नै खर्चमा ।' उहाँका अनुसार यो मोबाइल मर्मत व्यवसायीको समस्याको विषय हो ।

यसका साथै समयअनुसार मोबाइल परिवर्तन हुन्छ, मोबाइलमा प्रयोग भएको प्रविधिमा परिवर्तन आउँछ त्यसअनुसार अपडेट हुन नसक्नु पनि मर्मत व्यवसायीका लागि चुनौती हो । अर्को, नेपालमा मोबाइल मर्मतका लागि विदेशमा प्रयोग हुनेजस्ता उपकरण भित्रिन सकेको छैन । जसले गर्दा मोबाइलको हार्डवेयर परिवर्तन गर्न महँगो भएको छ । आठ हजार पर्ने मोबाइलको स्क्रिन फुटे त्यसलाई परिवर्तन गर्न ६ हजार लाग्छ । यसले ग्राहक मोबाइल बनाउनुभन्दा नयाँ किन्नतर्फ लाग्ने गरेको बानियाँ बताउनुहुन्छ । तैपनि, मोबाइलमा व्यापार भने मर्मतकै ठूलो छ । मोबाइल पसलमा मोबाइलको सेल्सभन्दा पनि मर्मत गर्नेको आम्दानी ठूलो रहेको व्यवसायी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.