पर्यटन विकासमा पूर्वाधार बाधक

पर्यटन विकासमा पूर्वाधार बाधक

मुलुकमा प्रशस्त पर्यटकीय सम्भावना भएर पनि उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सकिएको छैन । सरकारले वार्षिक दश लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको करिब डेढ दशक बितिसक्दा पनि नौ लाख पर्यटक भित्र्याउन सकिएको छैन । यस वर्ष बल्लतल्ल पर्यटकको संख्या नौ लाख पुग्ने नेपाल टुरिजम बोर्डको अनुमान छ । सन् २०२० सम्ममा पर्यटकको संख्या २० लाख पुर्‍याउने सरकारी योजनाले असफल भएको छ ।

नेपालमा पर्यटक भित्र्याउन पूर्वाधारको अभाव नै मुख्य समस्याका रूपमा रहेको सरोकारवालाले बताएका छन् । बुधबार अन्नपूर्ण पोस्टले आयोजना गरेको ‘पर्यटनको सम्भावना र चुनौती' सम्बन्धी राउन्डटेबलका सहभागीले पूर्वाधारको विकास बिना पर्यटनमा उल्लेख्य लाभ लिन नसकिने ठोकुवा गरे । ‘सरकारले ल्याएको पर्यटन रणनीतिक योजनामा २०१९ सम्म १३ लाख र २०२५ सम्ममा २५ लाख पर्यटक पुर्‍याउने लक्ष्य राखिएको छ', नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, ‘विमानस्थल विस्तार र अन्य पूर्वाधारको विकास गर्न नसकेको खण्डमा लक्ष्य हालिस हुनेवाला छैन् ।' यसअघिको ‘भिजन २०२०' लगभग असफल भइसकेको उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी सुमन पाण्डेले मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइदिँदा पर्यटक भित्र्याउन समस्या भइरहेको बताउनुभयो । नेपाल आउने पर्यटक आकाशमा डेढ/दुई घन्टा होल्ड हुनुपर्छ, यस्तो अवस्थामा कसरी पर्यटक आउँछन्' उहाँले भन्नुभयो, ‘हामीले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्छ ।' भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भइसकेकोे छ भने निजगढमा निर्माणको तयारी भइरहेको छ ।

विमानस्थलसँगै सडक पूर्वाधारको विकासमा पनि उत्तिकै जोड दिनुपर्ने सहभागीको सुझाव छ । नेपालका थुप्रै दुर्गम ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छन् । तर, हवाई तथा सडक पूर्वाधारको अभावले पर्यटक पुग्न सकेका छैनन् । पर्यटकीय गन्तव्यमा कम्तीमा भारतको सिलिगुढीदेखि दार्जिलिङसम्म बनाइएजस्तो सडक निर्माण गर्नुपर्ने पर्यटन व्यवसायी पाण्डेले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि मोबिलिटी सबैभन्दा महत्र्वपूर्ण रहन्छ ।

होटेल व्यवसायी संघ (हान)का महासचिव विनायक शाहले पनि पर्यटन पूर्वाधारकै अभावले पर्यटक भित्र्याउन नसकिएको गुनासो पोख्नुभयो । नेपालमा पर्यटकको संख्या नबढे पनि होटेलको संख्या धमाधम बढिरहेका छ । सन् २०२० सम्म निर्माणाधीन तारे होटेलमा करिब चार हजार कोठा थपिँदैछन् । साना/ठूला व्यवसायीको होटेलमा ६० देखि ७० अर्ब लगानी हुँदैछ । ‘कोठामात्र थपिने, पर्यटक नथपिने भएमा होटेलको लगानी संकटमा पर्छ' उहाँले भन्नुभयो, ‘विमानस्थल, सडक लगायतका पूर्वाधारको विकास गरेर पर्यटक भित्र्याउन तात्नुपर्छ ।'

पर्यटक भित्र्याउन पूर्वाधार विकाससँगै राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको सुदृढीकरण पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाको धारणा छ । कुनै पनि मुलुकको पर्यटन विकासका लागि राष्ट्रिय ध्वजावाहकको भूमिका महत्र्वपूण रहने गरेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बताउनुभयो । ‘निगममा २८ वर्षसम्म जहाज खरिद गर्न सकिएन, कसैले पनि निगममा जहाज बढाउनेतर्फ ध्यान दिएनन्', उहाँले भन्नुभयो, ‘नेपालमा प्रशस्त पर्यटक नभित्रिनुको प्रमुख कारणमा राष्ट्रिय ध्वजावाहक सक्षम नहुनु पनि हो ।'

निगमले पछिल्लो समय दुईवटा न्यारोबडी विमान भित्र्याइसकेको छ । निकट भविष्यमै वाइडबडी जहाज भित्र्याउन लागेको छ । लगत्तै दुईवटा न्यारोबडी भित्र्याउन निगमले लक्ष्य राखेको छ । नेपालबाट नजिकका मुलुक हुँदै जापान, कोरिया, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म उडान भर्ने निगमको योजना छ । ‘अहिले नेपालको हवाई गन्तव्य एसियामै महँगो मानिन्छ, निगमको उपस्थितिपछि नेपाल पनि सस्तो गन्तव्य बन्नेछ',महाप्रबन्धक कंशाकारले भन्नुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल आजको भोलि विस्तार गर्न सकिँदैन । राष्ट्रिय ध्वजावाहकलाई विमान थप्न २८ वर्ष कुर्नुपर्‍यो । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति कछुवा गतिमा छ । शिलान्यास भएको वर्ष दिन बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुन सकेको छैन् । काठमाडौंमा रहेको ट्राफिक जाम र भत्किएका सडकको धुलोका कारण पर्यटकलाई विमानस्थलबाट काठमाडौंभित्रकै गन्तव्यसम्म पुग्न मुस्किल छ । ‘यस्तो अवस्थामा पनि पर्यटक नेपाल किन आउँछन्, म आफैं सोचमग्न छु', हान महासचिव शाहले भन्नुभयो ।

नेपालमा भएको पर्यटनको सम्भावना, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा केन्द्रित रहेर अन्नपूर्ण राउन्डटेबलमा पर्यटन क्षेत्रका हस्ती जोशी, कंशाकार, पाण्डे र शाहसँग छलफल गर्‍यौं । उहाँहरूले प्रस्तुत गरेको विचारको सारसंक्षेप अन्नपूर्णकर्मी नवीन अर्याल, उत्तम काप्री र रञ्जनहरि कोइरालाको

निगम सुधार नै पर्यटनको आधार


सुगतरत्न कंसाकार
महाप्रबन्धक, नेपाल वायुसेवा निगम
दुई न्यारोबडी विमान भित्वयाइसकेको, दुई वाइडबडी विमान भित्वयाउँदै
वार्षिक दुईवटा विमान थप्ने
- २० वर्षमा ४० विमान पुर्‍याउने
- पर्यटनको संवाहक राष्ट्रिय ध्वजावाहक
-भारतका १७ सहरमा उडान अनुमति
- गन्तव्य : भारत, चीन, हङकङ, कतार, दुबई, श्रीलंका, मलेसिया, सिंगापुर, जापान, कोरिया, अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म

विश्वमा पर्यटनबाट फड्को मारेका मुलुकलाई हेर्दा उनीहरूको सफलताको पछाडि राष्ट्रिय ध्वाजवाहक विमान नै अग्रस्थानमा देखिन्छ । संसारकै एक/दुई देशबाहेक अन्य देशको पर्यटन विकासमा सफलता हासिल गर्न राष्ट्रिय ध्वजावाहकको योगदान छ । हामी नजिककैमा मुलुक मलेसिया, थाइल्यान्ड र सिंगापुरको पर्यटन विकास हुनुको प्रमुख कारण पनि मजबुत राष्ट्रिय ध्वजावाहक नै हो ।

तर, हाम्रो देशमा २८ वर्षसम्म राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा विमान खरिद गर्न सकिएन । विमान खरिद पनि नगर्ने र संस्थामा कार्यरत कर्मचारीलाई हेला गर्ने प्रवृतिको विकास भयो । यो मुलुकको पर्यटन विकासमा बाधक बन्न पुग्यो । २६ वटा विदेशी एयरलाइन्सले उडान भरिरहँदा किन निगममा जहाज थप्नुपर्‍यो भन्ने मानसिकताका कारण निगम ध्वस्त भएको हो ।

राष्ट्रिय ध्वजावाहक कम्पनी ध्वस्त हुँदै गर्दा पर्यटन विकास नभएको कसैले पनि ख्याल गरेनन् । यसका कारण पर्यटकीय गन्तव्यले भरिपूर्ण देशमा वार्षिक सात लाख पर्यटक भित्वयाउन असहज भयो । हाम्रोभन्दा कम सम्भावना भएका देशले वार्षिक करोडौं पर्यटक भित्वयाउन थालेका छन् । पर्यटनको एउटा पिरामिड भएका देशले करोडौं पर्यटक भित्वयाइरहेका छन् । जोसँग १० वटाभन्दा बढी पिरामिड छन् उसलाई सात लाख पर्यटक भित्वयाउन पनि कठिन भइरहेको छ । नेपाल धनी हुने र विदेशी रकम आर्जन गर्ने एउटा मात्रै उद्योग पर्यटन हो ।

हाइड्रोपावरले पनि नेपाल धनी हुन सम्भव छैन । आन्तरिक पर्यटनमा भएको विकासले नेपाली खुसी हुनुपर्ने अवस्था छैन । नेपाल खुसी हुन त विदेशी पर्यटक बढीभन्दा बढी ल्याउनुपर्छ । किनकी उसले विदेशी मुद्रा भित्वयाउँछ । एउटा पर्यटकले दुई सय रुपैयाँको बासुरी किन्छ, त्यो नेपाल आम्दानी हो । तर, एउटा नेपालीले पोखरामा गएर १० हजार रुपैयाँ खर्च गरे नि त्यो नेपालको आम्दानी होइन, नेपालीको खर्चमात्र हो ।

देशमा पर्यटन विकास हुन नसक्नुको प्रमुख कारण राष्ट्रिय ध्वजावाहक सक्षम नहुनु पनि हो । अहिले विश्वका विभिन्न मुलुकका नागरिक नेपाल घुम्न आउन चाहिरहेका छन् । तर, कसरी आउने भन्नेमा अनविज्ञ छन् । सरकारले राष्ट्रिय ध्वजावाहकको विकासमा ध्यान दिनुपर्छ । राष्ट्रिय ध्वाजवाहक माथि नआएसम्म पर्यटन विकासको सम्भव छैन । जतिसुकै भौतिक पूर्वाधारको विकास भए पनि पर्यटन विकास हुँदैन । नेपाल जतिसुकै स्वर्ग भए पनि आउने बाटो नै गढबढ छ भने पर्यटक कसरी आउँछन ?

एसियाको महँगो हवाई गन्तव्य काठमाडौं बनेको छ । विश्व घुम्न पुग्ने रकम खर्च गरेर कोही पर्यटक नेपाल आउँदैनन् । निगममा जहाज बढाएर विश्वका प्रमुख पर्यटकीय सहरबाट राष्ट्रिय ध्वजावाहकले यात्रु ओसार्नुपर्छ । काठमाडौं भन्ने बित्तिकै तर्सिहाल्ने अवस्थाको अन्त्य गराउनुपर्छ । जहाज किनेर उडान विस्तार गर्नैपर्छ । एयरलाइन्स घाटामा गए पनि अन्य क्षेत्रबाट आर्जन हुन्छ । यहाँ अर्बौ रुपैयाँ खर्च गर्ने सडक विभागलाई कसैले कति नाफा कमाइस भनेर नसोध्ने तर निगमलाई भने नाफा घाटाको प्रश्न गरिरहनु नै उचित छैन ।

पछिल्लो समय निगमको आवश्यकता छ भन्ने सोच विकास भएको छ । निगमले टोलीले धमाधम जहाज किनेर भित्वयाइरहेको छ । अहिले जहाज खरिदमा कसैको पनि विमती छैन । आलोचना हुन स्वभाविक हो । विमान खरिद गर्दा विरोधको आवाज नआउनु निगमप्रतिको सोचमा परिर्वतन हो । निगमले जहाज खरिद गर्नुभन्दा अगाडि नै सरकार तथा राजनीतिक दललाई सचेत गराउँदाको उपलब्धि हो । तर, एक जना पर्यटन मन्त्रीले भने वाइडबडी खरिदपछि निगम डुब्दै छ भनेर सोधेको प्रश्नमा मैले वाइडबडी खरिद गर्दा होइन नगर्दा नै निगम डुब्ने हो भनेको थिए ।

मलाई विश्व बैंकका प्रतिनिधिले समेत नेपालमा २६ वटा एयरलाइन्सले उडान गर्दा किन भाडा महँगो भनेर प्रश्न भएको थियो । यस्तो अवस्थाका विदेशी पर्यटक बढी कसरी ल्याउन सकिन्छ ? पर्यटक संख्या नबढुको कारण भौतिक पूर्वाधार मात्र नभइ राष्ट्रिय ध्वजावाहकको बलियो नहुने र महँगो भाडा हो । नेपाल एयरलाइन्सले हवाई भाडामा हस्तक्षेप नगरेसम्म भाडा घटने अवस्था नै छैन । निगममाथि नआएसम्म पर्यटन क्षेत्रमाथि आउँदैन यो ठोकुवा नै हो।

सन् २०२० सम्म २० लाख पर्यटकका लागि पुग्ने गरी होटेलका कोठा बन्दै छ । होटेलले २० डलरमै कोठा दिए पनि महँगो हवाई भाडा तिरेर पर्यटक आउने अवस्था छैन । निगमप्रति बढ्दो अविश्वास तोड्न हवाई थप्नुबाहेक अन्य विकल्प नै छैन । जबसम्म एउटा विमानमा समस्या आउँछ अर्को उडाउन पाएको अवस्थामा यो समस्या आउँदैन ।

एभिएसन फिल्मीपछिको ग्यालमर क्षेत्र पनि हो । त्यसका कारण पनि विमान खरिददेखि उडानले सबैको ध्यान तानेको छ । फेरि कुनै एक जमानको लौडा काण्ड ह्याङ ओभर अझै हट्न नसक्दा पनि जहाज खरिद तथा बिक्रीका एजेन्डले बढी नै चासो देखाएका हुन् । त्यही काण्डलाई सम्झेर हवाई जहाज नै नकिनेको अवस्थामा थियो । विमान खरिदमा निगमका एमडी र एमडीभन्दा माथिको हात नै रहन् । तर, यहाँ भूमिकै नभएका कर्मचारीले गाली खान परिरहेको छ ।

फेरि २६ वटा एयरलाइन्सको राम्रो सेक्टर काठमाडौं हुँदा हुँदै हामी भने जहाज नै नकिने बसेको अवस्थाका एकै पटकमा अर्बौ रुपैयाँका जहाज खरिद गर्न लाग्दा कोही सलबलाउनु स्भाविक नै हो । अन्य एयरलाइन्सले यहीबाट पैसा कमाएको कमाइ गर्ने हामीलाई भने विमान खरिद नै गर्न नदिनु भनेको अपराध नै हो ।

तर, अहिलेको जहाज खरिदमा विश्वका ६ देशको १० वटा कम्पनीको टेन्डरबाट छनोट भएको कम्पनीमा एजेन्ट मिलेर आएको भन्नु केटा केटीको गफ नै हो । राम्रो अनि सस्तो जहाज पाउनु पशुपतिनाथले हेरेको छ । नयाँ जहाज आएपछि कोरिया, जापान, युरोप अमेरिका र अस्टे«लियामा सिधा उडान गर्ने योजना बनिसकेको छ ।

साउदी अरबदेखि अहिले चलिरहेको गन्तव्यमा पनि विस्तार गर्ने हो । हवाई जहाज थप्दै जाने हो । अब फेरि तत्कालै दुईवटा सानो जहाज पनि थप्ने तयारी छ । गन्तव्य बढ्दै जान्छ । भारतमा मात्रै ७० ठाउँका उडान गर्न पाउने अवस्था छ । त्यसपछि वर्षमा सके दुईवटा नसकेको अवस्थामा एउटा गरी २० वर्षमा ४० वटा जहाज निगममा हुनुपर्छ । पर्यटक बढी ल्याउने सस्तोमा टिकट बढी बिक्री गर्नुपर्छ । साथै अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गरेर आन्तरिक उडानमा घाटा खाएर भए पनि सुविधा दिनुपर्छ ।

पछिल्लो सयम आकाशमा जहाज होल्डिङ हुँदा निगमलाई नै दोष लागेका छ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ वे विस्तार गर्न सकेको छैन । निगमको ग्राउन्ड ह्यान्डलिङमा पहिलेको जस्तो कमजोरी छैन । सुधार आएको छ । यात्रु विमानबाट ओलिएपछि ओसारपोसारका लागि सात वर्षदेखि र्‍याम बस थप हुन सकेको छैन । तीनवटा पुराना बसबाटै काम चलिरहेको हो । यसले केही समस्या आएको छ । अबको एक साताभित्रै दुईवटा नयाँ बस आउँदैछ । अर्को वर्षसम्म अरु चारवटा नयाँ थप भएपछि सुधार हुँदै जान्छ । निगममा लामो सयमको प्लान गर्ने कुरा पनि होइन । विस्तारै काम गर्दै जाने हो । बिग्रदो सस्थालाई सुधार गर्दै जानुपर्छ । निगम सुधार नै पर्यटन विकासको आधार हो ।


मार्केटिङ शैली परिवर्तन गर्नुपर्छ


दीपकराज जोशी
सीईओ, नेपाल पर्यटन बोर्ड
- द्वन्द्व र अस्थिर राजनीतिबाट नेपाली पर्यटन प्रभावित
- प्राकृतिक विपत्तिको मारमा पर्यटन
- पर्यटनको मार्केटिङ गर्ने शैली परिवर्तन गर्नुपर्छ
- यो वर्ष नौ लाख पर्यटक भित्रिने अनुमान
- भिजन २०२० करिब असफल भइसक्या
- २०१९ मा १३ लाख र २०२५ मा २५ लाख पर्यटक भित्वयाउने रणनीति


नेपाल अथाहा पर्यटकीय सम्भावना बोकेको मुलुक हो । पर्यटकीय सम्भावना हुँदाहुँदै पनि देशभित्रकै आन्तरिक समस्याले पर्यटन विकास गर्न सकेनौं । नेपालले सन् १९९८ मा भिजिट नेपाल मनायो । त्यसपछिको २०/२२ वर्ष मुलुक विभिन्न किसिमको द्वन्द्वबाट गुज्रिरहेको छ । १० वर्षे जनयुद्ध, राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, हुँदहुँद आँधीलगायत मानवीय तथा प्राकृतिक विपत्तिको मारमा पर्यटन क्षेत्र पर्‍यो ।

एभरेस्टमा आएको हिउँ पहिरो, अन्नपूर्ण हुँदहुँद आँधी र क्यासोनिमा देखिएको समस्याले पनि नेपालको पर्यटनमा असहज पैदा गरिदियो । साथै, पर्यटन बोर्डभित्रको आन्तरिक समस्याले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश फैलिन गयो । पहिले यही क्षेत्रमा काम प्रतिस्पर्धा थियो । हाम्रोमा पर्यटन मन्त्रालयको विकास हुँदा बंगलादेशको उत्पति नै भएको थिएन ।

समय परिर्वतन भएको छ । अहिले उनीहरूसँग हामीले प्रतिस्र्धा गर्नुपर्ने अवस्था आएको छ । यसमा पनि धेरै क्षेत्रसँग सम्बन्ध राख्ने पर्यटन विकासमका लागि पर्यटन पूर्वाधारको विकास नहुनु पनि एक प्रमुख समस्या रह्यो । मुलुकमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा एउटामात्र रन वे र कमजोर व्यवस्थापन भइदिँदा सहज रूपमा पर्यटक आउन सकिरहेका छैनन् ।

नेपालमा पर्यटन विकासमा देखिएको कमजोरी गन्तव्यको मार्केटिङ गर्न नसक्नु हो । पर्यटकीय गन्तव्यको प्रचारमा पनि १९९६ देखि २०१० सम्म एउटै शैली थियो । यो अहिलेको परिवेशमा पुरानो भइसकेको छ । त्यो समयसम्म एउटै खालको प्याकेजमा पर्यटन चलेको थियो । विश्वबजारमा प्रतिस्पर्धा सुरु भएसँगै मार्केटिङको स्वरुप पनि परिर्वतन भएको छ । अहिले फिक्स्ड खालको प्याकेजभन्दा बढी प्रचार तथा सन्देश दिने खालको मार्केटिङ आवश्यक छ । फिक्स्ड खालको प्याकेज किन्नेभन्दा आफ्नो विचार र रुचि अनुरूप प्याकेज किनेर नेपाल घुम्न आउने पर्यटकको जमात बढी छ ।

नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सरकारी क्षेत्रका संघ संस्थादेखि पर्यटन व्यवसायीले सोहीअनुरुपको नीति अंगाल्नुपर्ने बेला आएको छ । नेपाली पर्यटन पनि विस्तारै परिर्वतनको चरणमा पुगेको छ । भौतिक पूर्वाधारको सुधार र व्यापक मार्केटिङको लक्ष्य लिएर काम गरेमा नजिता राम्रै आउने अवस्था छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थल र सडक पूर्वाधारको विकास धमाधम भइरहेको पनि छ ।

नेपालमा पर्यटक आउन कम भएको होइन । नेपाल आउने सबै फ्लाइट भरिभराउन हुन्छन् । विमानस्थल साँघुरो भइदिनाले उडान थप्न नसक्दा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्न नसकिएको मात्र हो । नेपाल आउने फ्लाइटको बुकिङ पनि राम्रै छ । यो वर्ष नौ लाख विदेशी पर्यटक नेपाल आउने अनुमान छ । यो नेपालको इतिहासमै ठूलो संख्या पनि हुन्छ । सम्रगमा बोर्डले यो वर्ष पर्यटक आगमन २० प्रतिशतले बढाउने लक्ष्य राखेको छ ।

अहिले पर्यटन हाम्रो प्रमुख प्राथमिकताको विषय हो भन्ने सोच सबैमा पलाएको छ । तर, पर्यटक आगमनमा समस्या आउनुको प्रमुख कारण निराशाजनक पूर्वाधार र फरक किसिमको मार्केटिङ नहुनु नै हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसँगै अर्को नयाँ योजना पनि तय भइसकेको छ । सरकारले रणनीतिक योजना भनेर सन् २०१६ देखि स्न २०२५ सम्ममा २५ लाख पर्यटक ल्याउने भनेको छ । भिजन ट्वान्टी ट्वान्टीमा २०१६ सम्ममा त्रिभुवन विमानस्थलका दुईवटा रन वे विकास गर्ने र अर्को दुईवटा विमानस्थल पनि सञ्चालनमा ल्याउने योजना थियो । यो केही पूरा हुन सकेन् । सरकारको योजना फ्लप नै भइसकेको हो ।

सरकारको सन् २०१६ को लक्ष्य सन् २०२० सम्प पनि पूरा हुने अवस्था छैन । अहिले ल्याइएको रणनीतिक योजनाले सन् २०१९ सम्म १३ लाख पर्यटक नेपाल ल्याउने र सन् २०२५ सम्ममा २५ लाख पुर्‍याने लक्ष्य राखेको छ । तर, यसका लागि पनि पूर्वाधार विकास र विमानस्थलको विस्तार अतिनै आवश्यक हुन्छ । यही दुई क्षेत्रमा सुधार नभएको अवस्थामा यो पनि सम्भव नहुन सक्छ । सन् २०१८ लाई सरकारले नेपाल भम्रण वर्षका रूपमा मनाउने भन्दै आएपनि अहिलेसम्म मुल आयोजक कमिटि बन्न सकेको छैन ।

कसरी गर्ने भने विषय पनि तय नभएको अवस्था छ । पर्यटन विकासका लागि अहिलेको आवश्यकता अनुसार डिजिटल मार्केटिङका लागि पनि प्रस्ताव माग भइसकेको छ । यसका लागि कम्पनी छनोट हुने प्रक्रियामा छ । अबको एक महिना भित्र डिजिटल मार्केटिङको समस्या पनि समाधन हुन्छ । पर्यटन विकासका लागि आउने रकममा भइरहेको दुरुपयोग पनि कमी छ । अब सम्रग रूपमा पर्यटन बोर्ड सबै सरोकारवालासँग एक ढिका हुँदै पर्यटन विकासमा अगाडि बढ्नेछ । पर्यटठक टिप्स कार्डको व्यवस्था अर्निवार्य गर्ने भने विषयलाई हामीले ध्यान केन्द्रित गरेका छौं । सरोकारवला निकायले विदेशी पर्यटकका लागि घुम्न जाँदा अनिर्वाय गाइडको व्यवस्था गर्ने पनि भएको छ । बोर्ड यसको विषयका छलफल गरिरहेको छ ।

आन्तरिक भम्रण वर्षले घुम्न जानुपर्छ भने बानीको विकास भएको छ । नयाँ गन्तव्य पनि विकास भएको छ । नेपाल सरकारको सबैभन्दा सफल अभियान बनेको छ । पर्यटक भनेका विदेशी नभएर नेपाली पनि हुन भने सोच विकास भएको छ । जिल्ला जिल्लामा करोडौं लगानी होटेल पनि विस्तार गर्न यसले सहयोग भएको छ ।

भूकम्पपछिको डर र क्रास अन्त्यका लागि पनि आन्तरिक घुमफिर वर्ष अभियान सुरु भएको थियो । यसले नेपालको गन्तव्य विस्तारमा सबैभन्दा बढी सहयोग गरेको छ । तर, देश संघीयतामा जाँदै गर्दा बोर्ड कस्तो हुने र कसरी काम गर्ने भने विषयमा केही भएको छैन । साथै, बोर्डबाट हुने रकमको वितरणका पनि पहिले जस्तो छरपस्ट नहुने गरी मापदण्ड तय भएको छ ।

 


५० लाख पर्यटकको लक्ष्य


सुमन पाण्डे
अध्यक्ष, पाटा नेपाल च्याप्टर

वार्षिक ५० लाख पर्यटक भित्वयाउने लक्ष्य राख्नुपर्छ
- पर्यटक ४० लाख कम्बोडिया र ८० लाख भारत आउँछन
- नेपाली पर्यटन सन् १९६० कै दशकमा घुमिरह्यो
- पूर्वाधार विकास नगरी हाई एन्ड टुरिस्ट भित्वयाउन सक्दैनौं
- विश्वभर १० लाखभन्दा बढी स्काई डाइभर्स
- एभरेस्ट स्काई डाइभ महत्ववपूर्ण प्रोडक्ट
- २० प्रतिशत पर्यकट वृद्धि उच्च


नेपाल प्रशस्त पर्यटकीय सम्भावना भएको मुलुक हो । हामीले पर्यटक आकर्षित गर्ने अनगिन्ती प्रोडक्ट तयार गर्न सक्छौं । विश्वका धेरै मुलुकमा पर्यटनले छोटो अवधिमा परिवर्तन ल्याइदिएको छ । नेपालभन्दा पछाडि रहेका मुलुकले आज पर्यटनबाट आर्थिक फड्को मारिसकेका छन् । अहिले पनि हामी १० लाख पर्यटक भित्वयाउने रणनीति बुन्नमा व्यस्त छौं ।

हामीले ५० लाख पर्यटक भित्वयाउने तार्गेट राख्नुपर्छ । ठूलो संख्यामा पर्यटक भित्वयाउने सम्भावना हामीसँग छ । नेपालजस्तै मुलुक भेइतनाम, कम्बोडिया लगायतले पर्यटनमा गरेको फड्कोलाई हेरेर पनि हामीले ५० लाख पर्यटकको लक्ष्य राख्नुपर्छ । विश्व पर्यटनको गतिशीलता र छोटो अवधिमै भएको परिवर्तनको फाइदा उठाउनुपर्छ ।

कम्बोडियामा सन् १९९८ देखि पर्यटन सुरु भएको हो । अहिले वार्षिक ४० लाखभन्दा बढी पर्यटक कम्बोडिया पुग्छन् । छिमेकी मुलुक भारतमा ८० लाख पर्यटक आउँछन् । नेपालमा त्यहाँभन्दा राम्रो पर्यटकीय प्रोडक्ट छन् । तर, हाम्रोमा १० लाख पर्यटक भित्वयाउन सकिरहेका छैनौं । हामी बदलिँदो विश्व र पर्यटकको चाहना अनुरुप चल्न नसक्दा पछाडि परेका हौं ।

हाम्रो पर्यटन सन् १९६० को दशकदेखि सुरु भयो । त्यही दशकमा विकास गरिएका पर्यटकीय प्रोडक्टमा अहिले पनि हाम्रो पर्यटन घुमिरहेको छ । आजको दिनमा विकसित मार्केटको ट्रेन्ड, कस्टोमरको चाहना, मान्छेको ‘वे अफ थिंकिङ' अनुसार जसरी इन्भेन्सन हुनुपर्ने थियो, त्यसमा हामी चुकिरहेका छौं । हामीले पर्यटनमा नयाँपन दिन सकिरहेका छैनौं । बदलिँदो विश्वको गतिमा अगाडि बढ्न सकिरहेका छैनौं ।

नेपालमा हरेक किसिमका पर्यटक भित्वयाउने सम्भावना छ । विश्वका धनाढ्य पर्यटक भित्वयाउने प्रोडक्ट अनगिन्ती तयार पार्न सक्छौं । हामीले आकर्षक पर्यटकीय प्रोडक्ट विकास गरेर अमेरिका, युरोप, अस्ट्रेलिया, अरेवियन मुलुकमा गएर मार्केटिङ गरेर लाखौं पर्यटक भित्वयाउन सकिन्छ । यसका लागि अलि इनोभेटिभ हुनु जरुरी छ । ट्रेकिङलाई एउटा वाकिङ होलिडेजमात्र होइन, कर्पोरेट टिम बिल्डिङ, व्यक्तित्व विकास, फोटोग्राफी, बर्डवाचिङ लगायत विभिन्न कोणबाट रिप्याकेजिङ गर्न सकिन्छ । नेपालमा अवसर छरपस्ट छन्, क्याच गर्न नसकिएको मात्र हो ।

नेपालमा विश्वकै ध्यान खिच्ने गतिविधि सञ्चालन गर्न सकिन्छ । हिमाली क्षेत्रमा विभिन्न स्पोर्टस् कार्यक्रम आयोजना गरेर पर्यटक लोभ्याउन सकिन्छ । यो वर्षदेखि नाम्चेमा भलिवल टुर्नामेन्ट सुरु भएको छ । सगरमाथा आधारशिविरमा ‘एभरेस्ट म्याराथन' आयोजना गरिँदै आएको छ । पर्यटकका लागि यो छुट्टै खालको एक्स्पेरियन्स हो । सगरमाथाको काखमा दौडिने, भलिवल खेल्ने भनेपछि संसारभरका धावक र भलिवल खेलाडीका लागि एउटा ड्रिम बन्न सक्छ । तर, यसका लागि प्रोडक्ट ब्रान्डिङ आवश्यक छ ।

विश्वभर १० लाखभन्दा बढी स्काई डाइभर्स छन् । नेपालमा सगरमाथा र पोखरामा स्काई डाइभ गराइन्छ । मुलुकका थुप्रै ठाउँमा अमेजिङ स्काई डाइभ गराउन सकिन्छ, जुन एक्स्पेरियन्स अरु मुलुकमा पाउन सकिदैन । सगरमाथाको काखमा गरिने स्काई डाइभमा सगरमाथालाई ब्याकग्राउन्डमा राखेर फोटो खिच्दा कुनै पनि मान्छेका लागि जीवनभर सम्झना हुन्छ । त्यही फोटोले स्काई डाइभर्सका लागि एभरेस्ट स्काई डाइभ ‘ड्रिम' बन्न सक्छ । यसलाई व्यावसायिक बनाउन नीतिगत अवरोध छन् ।

मकाउमा टावरबाट गरिने विश्वकै अग्लो बन्जीमा धनाढ्य एडभेन्चर पारखीको भीड लाग्र्छ । नेपालमा मकाउभन्दा सय गुना बढी महत्ववपूर्ण बन्जी बनाउन सकिन्छ । कालीगण्डकीमा विश्वकै दोस्रो अग्लो बन्जी बन्दैछ । भोटेकोसी नेचुरल बन्जी हो । तर, हामीले पूर्वाधारको अभाव र ब्रान्डिङ गर्न नसक्दा लाभ लिन सकिरहेका छैनौं ।

सोलुखुम्बुको स्याङबोचेमा माउन्ट एभरेन्ट हेर्दै ‘ब्रेक फास्ट' गर्न कुनचाँहि पर्यटकलाई मन नलाग्ला । यस्ता पर्यटकले मनग्गे खर्च पनि गर्छन् । हामीले यस्ता लक्जरी पर्यटकलाई नेपालमा सेवा दिन सकिरहेका छैनौं । हामीले लक्जरी डेस्टिनेसनको प्रमोट नै गर्न सकेका छैनौं । यही अवस्थामा अझै पनि लक्जरी पर्यटक भित्वयाउन सकिने अवस्था रहँदैन ।

भारत र चीनले आर्थिक रूपमा फड्को मार्दा नेपालको पर्यटनलाई ठूलो टेवा पुर्‍याइरहेको छ । पर्यटन बोर्डका अनुसार अहिले नेपालमा पर्यटक आगमन २० प्रतिशतले वृद्धि भइरहेको छ । यो वृद्धि उच्च हो । डब्लूटीटीएमको तथ्यांकमा विश्वभरको औसत वृद्धि ४.२ प्रतिशत मात्र हो । नेपालमा आगामी १० वर्षसम्म पर्यटक आगमन वृद्धिदर २०, २५ र ३० प्रतिशतसम्म पुर्‍याउन सकिने सम्भवना प्रशस्त छ । यसका लागि पर्यकीय पूर्वाधार विकास, नीतिगत सुधार र काम गर्ने शैलीमा व्यापक परिवर्तन गनुपर्ने जरुरत छ । नेपालमा पर्यटनको सम्भवना भएर पनि पूर्वाधार नभएकै कारण लाभ लिन सकिरहेका छैनौं ।

कुनै पनि मुलुकको पर्यटन विकासमा राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको महत्ववपूर्ण योगदान रहेको हुन्छ । नेपाल वायुसेवा निगम बल्ल सवल बन्दैछ । हाम्रो पहिलो एजेन्डा पनि राष्ट्रिय ध्वजावाहकको सुदृढीकरण नै हो । राष्ट्रिय ध्वजावाहक जहाँ पुग्छ, त्यहाँ नेपालको उपस्थिती हुन्छ । अहिले नेपालमा २६ वटा विदेशी विमान कम्पनी आउँछन् । सबैको उद्देश्य नेपालको स्रोत साधनबाट नाफा कमाउने मात्र रहेको छ । जुन दिन राष्ट्रिय ध्वजावाहक बलियो हुन्छ, त्यो दिन पर्यटक भित्वयाउने सम्भावना पनि उत्तिकै बलियो बन्नेछ ।

नेपालको एक तिहाई अर्थतन्त्र पर्यटनले धान्न सक्छ । इथियोपियामा २० वर्षअघि धेरै दर्दनाक तस्बिर पोस्ट हुन्थे । त्यहाँका बच्चाको खान नपाएर सुकेका करङमात्र देखिन्थे । अहिले इथियोपियाले फड्को मारिसकेको छ । इथियोपियाको अर्थतन्त्र पर्यटनले धानेको छ । इथियोपियन एयरलाइन्स इथियोपियाको अर्थतन्त्रमा तेस्रो प्रमुख बन्न पुगेको छ । इथियोपियन एयरलाइन्ससँग ७४ विमान छन् । विश्वभरबाट यात्रु/पर्यटक ल्याएर समग्र अफ्रिकाभरि वितरण गर्छ । नेपाल एयरलाइन्सले त्यस्तो किन गर्न सक्दैन, हामी यसमा चुकेका छौं ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पर्यटक आकर्षित गर्ने अनगिन्ती ‘प्रोडक्ट' विकास गर्न सकिन्छ । विश्वका धनाढ्य पर्यटक भित्वयाउन सकिन्छ । तर, यसका लागि पूर्वाधार विकास गर्न सकेका छैनौं । विमानस्थल र सडक पूर्वाधारमा हामी निकै कमजोर छौं । हामी एकातिर मुलुकमा हाइप्रोफाइल धनाढ्य पर्यटक भित्वयाउने भनिरहेका छौं, अर्कोतिर धनाढ्य पर्यटक भित्राउने खालको पूर्वाधार विकास गर्न चुकिरहेका छौं ।

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सुविधा पर्यटकमैत्री छैनन् । विमानस्थल साँघुरो भइदिँदा विमान आकासमा डेढ/दुई घन्टा होल्ड गर्नुपर्छ । पाइलटले विमान आकाशमाथि घुमाउन थालेपछि यात्रुको मन त्रसित भइहाल्छ । एउटा हाइप्रोफाइल टुरिस्टलाई विमानस्थलबाट ब्यागेज क्रस गराई बाहिर हकर अट्याकबाट जोगाएर गन्तव्यमा पुर्‍याउन चुनौती बनिरहेको छ ।

यसैले मुलुकमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा, पोखरा, निजगढ) चाँडै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुविधा पनि अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ । अन्यथा मुलुकमा लक्जरी पर्यटक भित्वयाउने योजना सपनामै सीमित हुनेछ ।

राजमार्ग, रोपवे, पुल पनि पर्यटकीय पूर्वाधार हुन् । यसले पनि पर्यटकलाई निर्वाध र सुरक्षित आवागतमनको सुनिश्चितता गर्छ । कम्तीमा पर्यटकीय गन्तव्यका सडक भारतको सिलगुढीदेखि दार्जिलिङसम्म भएजस्तो हुनुपर्छ । ड्राइभरले सुरक्षित लगेर सुरक्षित रूपमा फर्काउन सकोस् । विश्वका सुन्दर ठाउँको सूचीमा नेपालको मनाङलाई र्‍याङकिङ गर्न सक्छौं । तर, त्यहाँ फ्लाइट हुँदैन । मोटरमा जानुपर्‍यो भने सुरक्षित फर्किन पाइयोस् भनेर दक्षिणकालीमा भाकल गर्नुपर्छ । प्रशस्त पर्यटक भित्वयाउन हामीलाई विमानस्थलसँगै सडकले पनि सपोर्ट गरेको छैन् ।

नेपालमा राजनीतिक अस्थिरता, द्वन्द्व, बन्द हडतालमा पनि पर्यटन क्षेत्र सुरक्षित छ । यो कुरा अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन आवश्यक छ । अब त अस्थिरता पनि समाप्त हुँदैछ । हामीले डब्लूटीएम, आईटीबीलगायत विदेशमा आयोजित विभिन्न मार्टमा सहभागी भएर पैसा खर्च गर्छौ । यस्तो मार्ट आफ्नै भूमिमा किन नगर्ने भनेर १२ वर्षअघि योजना बनाएका थियौं । विविध कारणले हुन नसकेको ट्राभल मार्ट सन् २०१७ मा सफल आयोजना भयो ।

मार्टमा एक सयजति विदेशी सहभागी भित्वयाउने भनेका थियौं । लक्ष्यभन्दा धेरै बढी दुई सय २५ सहभागी आए । यसमध्ये एक सय आठजना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर थिए, ७४ जना बायर थिए । ट्राभल ब्लगर एसोसियसनका अध्यक्षले यसअघि यति धेरै ब्लगर जम्मा नभएको बताउनुभएको थियो । यसबाट नेपालको व्यापक प्रचार भएको छ । मलाई लाग्छ, यसले ५०/६० हजार पर्यटक थप्न सहयोग गर्नेछ ।

अहिले सोसल मिडियाले पर्यटकीय गन्तव्यको धेरै प्रवद्र्धन गरिरहेका छन् । सोसल मिडियाको सबैभन्दा स्ट्रङ प्वाइन्ट भनेको फोटो र भिडियो नै हो । पछिल्लो समय विश्व बजारमा ड्रोनको प्रयोग ह्वात्तै बढेको छ । ड्रोनबाट खिचेको भिडियो र फोटो धेरै गुणस्तरीय र मनमोहक हुन्छन् । ती तस्बिर सोसल मिडियाबाट निःशुल्क प्रचार गर्न सकिन्छ ।

तर, हाम्रो मुलुकमा अझै पनि ड्रोन रकेटको स्टाटसमा छ । एकदमै सेन्सेटिभ सूचीमा छ । अहिले ड्रोन क्यामेरा डेढ/दुई सयमा सडकमा बिक्री गर्न राखिएको हुन्छ । पुरानो नीतिले ड्रोनको प्रयोगलाई निषेध गरिएको छ । हाम्रो मुलुकमा ड्रोनबाट फोटो खिचेर जति सोसल मिडियालाई रंगाउन सकिन्छ, त्यति नै नेपालको प्रचारप्रसार हुन्छ । नेपालमा ड्रोनको पर्मिटलिन सञ्चार मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय, पर्यटन मन्त्रालय धाउनुपर्छ । सबै निकाय धाएर स्वीकृति पाउँदा दुई महिना बितिसक्छ । यसबाट हामीले सोसल मिडियामा हुने कभरेज गुमाइरहेका छौं ।

 

 होटेलमा लगानी बढ्दछ

विनायक शाह
महासचिव, हान
-होटेलमा आधा अर्बभन्दा बढी नयाँ लगानी थपिँदै
- सन् २०२० सम्म तारे होटेलमा चार हजार कोठा थपिने
- अन्तर्राष्ट्रिय चेन होटेलको पनि नेपालमा आकर्षण
- होटेल थपिने, पर्यटक नबढ्ने भएमा होटेलको लगानी संकटमा
-होटेलमा ८० प्रतिशतसम्म बैंकको ऋण
- पर्यटन पूर्वाधार नै पर्यटक आगमनको बाधक
- विमानस्थल, सडक सुधारमा जोड दिनुपनर्
- भारत र चीनको नेपाल प्रमुख गन्तव्य
- होटेलका ग्राहकमा आन्तरिक पर्यटक ७० प्रतिशत

नेपाली होटेल व्यवसायी ‘क्रस होल्ड' को अवस्थामा छौं । होटेलमा लगानी ठूलो मात्रामा बढिरहेको छ । सबै व्यावसायी होटेलमै लगानी गर्न कस्सिएर लागेका छन् । उनीहरूले पर्यटक आगमनको अवस्थालाई त्यती हेरेका छैनन् । नेपालमा एउटाले कार्पेट फ्याक्ट्री खोलेमा अर्कोले पनि कार्पेट फ्याक्ट्री खोल्ने, पश्मिना उद्योगमा लागे त्यसैलाई पच्छाउने चलन छ । त्यस्तै भएको होटेलमा पनि, सबैले लक्जरी होटेलमा लगानी गर्ने घोषणा गरिरहेका छन् । कतिपय होटेलको निर्माण सुरु भइसकेको पनि छ ।

घोषणा भइसकेको तारे होटेल सञ्चालनमा आइसक्दा चार हजार कोठा थपिनेछन् । नयाँ होटेलले आफ्नो बजार विस्तारका लागि सस्तो रेटमा कोठा दिइरहेका छन् । यही कारण लामो समयदेखि यही क्षेत्रमा लागेका पुराना होटेल व्यवसायी विस्थापित हुने त होइनन् भन्ने प्रश्न खडा भएको छ । भूकम्पपछि अहिले ठमेलका होटेल व्यवसायी पनि गौशला क्षेत्रमा केन्द्रित भइरहेका छन् ।

नेपालको होटेल व्यवसायमा आन्तरिक लगानीमात्र होइन, अन्तर्राष्ट्रिय स्तरका चेन होटेल पनि भित्रिने तयारीमा छन् । हालैमात्र मेरियट होटेल ठमेलमा आइसकेको छ । अरु होटेल निर्माणको चरणमा छन् । पछिल्लो हामीले पाएको सूचनाअनुसार चारतारे र पाँचतारेमा ३० वटाभन्दा बढी नयाँ चेन होटेल आउँदैछन् ।

पछिल्लो समय नेपालमा ठूला व्यावसायिक घराना पनि होटेल सञ्चालन गर्न कस्सिएर लागेका छन् । ठूला व्यावसायिक घरानाले बिजनेस डाइभर्सीफाइको उपयुक्त गन्तव्य होटेललाई बनाउन थालेको पाइन्छ । यसलाई आधार मान्ने हो भने सन् २०२० सम्म चार हजार कोठा थपिनेछन् । तर, पर्यटक आगमन संख्या भने मुस्किलले नौ लाख पुग्दैछ । यसले सञ्चालनमा रहेका र नयाँ थपिने होटेल पूर्णक्षमतामा चल्ने सम्भवना कमै रहन्छ ।

अहिले सञ्चालनमै रहेका होटेल व्यवसायीलाई नै कसरी बाँच्ने भन्ने समस्या छ । लगानी गर्ने बैंकले हो, २० प्रतिशत आफ्नो लगानी हुन्छ भने ८० प्रतिशत बैंकको ऋण हुन्छ । होटेल राम्रोसँग चलेन भने बैंक ऋणले डुब्ने सम्भावना पनि उत्तिकै छ । अहिले खुलेका नयाँ होटेल वरिपरी भएका पुराना होटलको विजनेस घट्दो छ । नयाँ होटेल खोल्दै जाने र पुराना होटेल व्यवसायी डुब्दै जाने अवस्था नआउला भन्न पनि सकिन्न । नेपालमा पर्यटक प्रशस्त भित्रिएमा त समस्या नआउला । यस्तै अवस्था रहने हो भने धेरै होटेल व्यवसायी विस्थापित हुने निश्चित छ ।

नेपालमा पर्यटक भित्र्याउन समस्या पूर्वाधारको हो । चाहेर पनि हाम्रो एयरपोर्ट आजको भोलि नै विस्तार हुनसक्ने अवस्था छैन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि उस्तै छ । पोखरा विमानस्थलको काम नै सुरु हुन सकेको छैन । काठमाडौंमा झर्ने पर्यटकलाई एयरपोर्टबाट काठमाडौंै भित्रको कुनै ठाउँमा जानुपर्‍यो भने दुई घन्टा लाग्छ । धुलो र धुवाँको समस्या पनि उस्तै छ । नेपालमा पर्यटक किन आउँछन्, म आफैं सोचमग्न छु । मुग्लिन र नारायगढको बाटो पारगर्न १२ घन्टा लाग्छ । यसले चितवनका होटेल सुकेका छन् । काठमाडौंमा मात्र नभएर चितवन, पोखरा, धनगढी, नारायगढ लगायत ठाउँमा व्यापक रूपमा होटेल खुलेका छन् ।

दिल्लीमा ४८ डिग्री तापक्रम हुँदा काठमाडौंमा २८ डिग्री हुन्छ । भारतीय पर्यटका लागि यो त नेपाल स्वर्ग हो । पर्यटक ल्याउनका लागि प्रचार पनि गर्न सक्नुपर्‍यो नि । सबैतिर भूकम्पपश्चात नेपाल सुरक्षित छैन भन्ने सन्देश छ, त्यसलाई चिर्नु आजको आवश्यकता हो ।

हामीले चिनबाट आउने पर्यटकलाई भिसा निःशूल्क र अनराइभल बनाएका छौ । त्यो सूचना नेपाल घुम्न आउने वर्गमाझ पुग्न सकेको छैन । पूर्वाधारको विकास गर्न सकेको खण्डमा भारत र चीनबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सक्छौं । भारत र चीनबाट व्यवसायीले आफुहरुलाई चाहिने पर्यटक आफै पनि ल्याउन सक्छन् । तर, त्यसका लागि नियम कानुन र पूर्वाधार आवश्यक छ । एउटा सरकार वा मन्त्री हुँदा भएको निर्णय अर्को सरकार आउँदा क्यान्सिल हुने अवस्था छ ।

नेपालको पर्यटन विकासका लागि एउटा ठूलो कार्यक्रमको आवश्यकता छ । भर्खरमात्रै नेपालमा सम्पन्न भएको हिमालयन ट्राभल मार्टले नेपालको गन्तव्यलाई विश्व बजारमा चिनाउन सहयोग पुर्‍याएको छ । यस्ता कार्यक्रमको निरन्तरता हुन आवश्यक छ । १० वर्षे जनयुद्धको बेलामा कतिपय ठूला होटेल बन्द भए । त्यो सयमा ठूला होटेलले २० डलरमा कोठा बेच्नपर्ने अवस्था थियो । अब फेरि त्यो अवस्था नआउला भन्ने सकिँदैन । यसका लागि सरकारदेखि सबै क्षेत्रको सहकार्य आवश्यक छ ।

नेपालमा होटेल व्यसायको भविश्य राम्रो छ । अन्तर्राष्ट्रिय स्तरका चेन होटेल आफैं अध्ययन गरेर नेपालमा आउन लागेका हुन् । नराम्रो भएको भए कसैले पनि लगानी गर्ने थिएन । ठूला होटेल आउँदा साना होटेललाई भने मार हुन्छ । अहिले नेपालमा जति पनि होटेल सञ्चालनमा छन् तिनको अकुपेन्सी भनेको ७० प्रतिशत नै हो । त्यसमा पनि आन्तरिक पर्यटकको हिस्सा ७० प्रतिशत छ । सरकारको सर्वेक्षणले होटेल तथ रेस्टुराँको कुल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान घट्ने देखाएको छ ।

सरकारले कुन क्षेत्रबाट कसरी रेकर्ड लिएको भन्ने कुरामा भर पर्छ । तर, हाम्रो अध्ययले होटेलसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई समेत हेर्दा १८ प्रतिशतसम्म योगदान हुने देखाउँछ । सरकारले घुमफिर वर्ष अभियान चलाउँदै गर्दा होटेल व्यवसायीलाई पनि समावेश गर्नु आवश्यकता थियो । बाहिरका व्यवसायीले पर्यटक पर्खेर पिजा पकाएर बसेका हुन्छन्, तर नेपालीले खसिको मासु खोज्छन् त्यस्तोमा सहकार्य हुन सकेको भए व्यवसायीले नेपालीलाई सस्तोमा सेवा सुविधा उपलब्ध गराउन सक्र्थे ।

अहिले होटेलका रुम बढ्ने, नयाँ ठाउँमा नयाँ होटेल त्यसमा पनि सेवा सुविधाको आर्कषण बढी छ । नयाँ होटेलले प्रचारका लागि सस्तोका सेवा सुविधा दिइरहेका छन् । यसले गर्दा साना व्यवसायी मर्काका छन् । नयाँ होटेल खोलेर ब्रेक इभन गर्न त्यस्तो गरिएको हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.