'निगम सुधार नै पर्यटनको आधार'
काठमाडौं: संसारकै एक/दुई देशबाहेक अन्य देशको पर्यटन विकासमा सफलता हासिल गर्न नेपालको राष्ट्रिय ध्वजावाहकको योगदान छ। हामी नजिककैमा मुलुक मलेसिया, थाइल्यान्ड र सिंगापुरको पर्यटन विकास हुनुको प्रमुख कारण पनि मजबुत राष्ट्रिय ध्वजावाहक नै हो।
तर, हाम्रो देशमा २८ वर्षसम्म राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा विमान खरिद गर्न सकिएन। विमान खरिद पनि नगर्ने र संस्थामा कार्यरत कर्मचारीलाई हेला गर्ने प्रवृतिको विकास भयो। यो मुलुकको पर्यटन विकासमा बाधक बन्न पुग्यो। २६ वटा विदेशी एयरलाइन्सले उडान भरिरहँदा किन निगममा जहाज थप्नुपर्यो भन्ने मानसिकताका कारण निगम ध्वस्त भएको हो।
राष्ट्रिय ध्वजावाहक कम्पनी ध्वस्त हुँदै गर्दा पर्यटन विकास नभएको कसैले पनि ख्याल गरेनन्। यसका कारण पर्यटकीय गन्तव्यले भरिपूर्ण देशमा वार्षिक सात लाख पर्यटक भित्वयाउन असहज भयो। हाम्रोभन्दा कम सम्भावना भएका देशले वार्षिक करोडौं पर्यटक भित्वयाउन थालेका छन्। पर्यटनको एउटा पिरामिड भएका देशले करोडौं पर्यटक भित्वयाइरहेका छन्। जोसँग १० वटाभन्दा बढी पिरामिड छन् उसलाई सात लाख पर्यटक भित्वयाउन पनि कठिन भइरहेको छ। नेपाल धनी हुने र विदेशी रकम आर्जन गर्ने एउटा मात्रै उद्योग पर्यटन हो।
हाइड्रोपावरले पनि नेपाल धनी हुन सम्भव छैन। आन्तरिक पर्यटनमा भएको विकासले नेपाली खुसी हुनुपर्ने अवस्था छैन। नेपाल खुसी हुन त विदेशी पर्यटक बढीभन्दा बढी ल्याउनुपर्छ। किनकी उसले विदेशी मुद्रा भित्वयाउँछ। एउटा पर्यटकले दुई सय रुपैयाँको बासुरी किन्छ, त्यो नेपाल आम्दानी हो। तर, एउटा नेपालीले पोखरामा गएर १० हजार रुपैयाँ खर्च गरे नि त्यो नेपालको आम्दानी होइन, नेपालीको खर्चमात्र हो।
देशमा पर्यटन विकास हुन नसक्नुको प्रमुख कारण राष्ट्रिय ध्वजावाहक सक्षम नहुनु पनि हो। अहिले विश्वका विभिन्न मुलुकका नागरिक नेपाल घुम्न आउन चाहिरहेका छन्। तर, कसरी आउने भन्नेमा अनविज्ञ छन्। सरकारले राष्ट्रिय ध्वजावाहकको विकासमा ध्यान दिनुपर्छ। राष्ट्रिय ध्वाजवाहक माथि नआएसम्म पर्यटन विकासको सम्भव छैन। जतिसुकै भौतिक पूर्वाधारको विकास भए पनि पर्यटन विकास हुँदैन। नेपाल जतिसुकै स्वर्ग भए पनि आउने बाटो नै गढबढ छ भने पर्यटक कसरी आउँछन ?
- दुई न्यारोबडी विमान भित्र्याइसकेको, दुई वाइडबडी विमान भित्र्याउँदै
- वार्षिक दुईवटा विमान थप्ने
- २० वर्षमा ४० विमान पुर्याउने
- पर्यटनको संवाहक राष्ट्रिय ध्वजावाहक
- भारतका १७ सहरमा उडान अनुमति
- गन्तव्य : भारत, चीन, हङकङ, कतार, दुबई, श्रीलंका, मलेसिया, सिंगापुर, जापान, कोरिया, अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म
- विश्वमा पर्यटनबाट फड्को मारेका मुलुकलाई हेर्दा उनीहरूको सफलताको पछाडि राष्ट्रिय ध्वाजवाहक विमान नै अग्रस्थानमा देखिन्छ।
एसियाको महँगो हवाई गन्तव्य काठमाडौं बनेको छ। विश्व घुम्न पुग्ने रकम खर्च गरेर कोही पर्यटक नेपाल आउँदैनन्। निगममा जहाज बढाएर विश्वका प्रमुख पर्यटकीय सहरबाट राष्ट्रिय ध्वजावाहकले यात्रु ओसार्नुपर्छ। काठमाडौं भन्ने बित्तिकै तर्सिहाल्ने अवस्थाको अन्त्य गराउनुपर्छ। जहाज किनेर उडान विस्तार गर्नैपर्छ। एयरलाइन्स घाटामा गए पनि अन्य क्षेत्रबाट आर्जन हुन्छ। यहाँ अर्बौ रुपैयाँ खर्च गर्ने सडक विभागलाई कसैले कति नाफा कमाइस भनेर नसोध्ने तर निगमलाई भने नाफा घाटाको प्रश्न गरिरहनु नै उचित छैन।
पछिल्लो समय निगमको आवश्यकता छ भन्ने सोच विकास भएको छ। निगमले टोलीले धमाधम जहाज किनेर भित्वयाइरहेको छ। अहिले जहाज खरिदमा कसैको पनि विमती छैन। आलोचना हुन स्वभाविक हो। विमान खरिद गर्दा विरोधको आवाज नआउनु निगमप्रतिको सोचमा परिर्वतन हो। निगमले जहाज खरिद गर्नुभन्दा अगाडि नै सरकार तथा राजनीतिक दललाई सचेत गराउँदाको उपलब्धि हो। तर, एक जना पर्यटन मन्त्रीले भने वाइडबडी खरिदपछि निगम डुब्दै छ भनेर सोधेको प्रश्नमा मैले वाइडबडी खरिद गर्दा होइन नगर्दा नै निगम डुब्ने हो भनेको थिए।
मलाई विश्व बैंकका प्रतिनिधिले समेत नेपालमा २६ वटा एयरलाइन्सले उडान गर्दा किन भाडा महँगो भनेर प्रश्न भएको थियो। यस्तो अवस्थाका विदेशी पर्यटक बढी कसरी ल्याउन सकिन्छ ? पर्यटक संख्या नबढुको कारण भौतिक पूर्वाधार मात्र नभइ राष्ट्रिय ध्वजावाहकको बलियो नहुने र महँगो भाडा हो। नेपाल एयरलाइन्सले हवाई भाडामा हस्तक्षेप नगरेसम्म भाडा घटने अवस्था नै छैन। निगममाथि नआएसम्म पर्यटन क्षेत्रमाथि आउँदैन यो ठोकुवा नै हो।
सन् २०२० सम्म २० लाख पर्यटकका लागि पुग्ने गरी होटेलका कोठा बन्दै छ। होटेलले २० डलरमै कोठा दिए पनि महँगो हवाई भाडा तिरेर पर्यटक आउने अवस्था छैन। निगमप्रति बढ्दो अविश्वास तोड्न हवाई थप्नुबाहेक अन्य विकल्प नै छैन। जबसम्म एउटा विमानमा समस्या आउँछ अर्को उडाउन पाएको अवस्थामा यो समस्या आउँदैन।
एभिएसन फिल्मीपछिको ग्यालमर क्षेत्र पनि हो। त्यसका कारण पनि विमान खरिददेखि उडानले सबैको ध्यान तानेको छ। फेरि कुनै एक जमानको लौडा काण्ड ह्याङ ओभर अझै हट्न नसक्दा पनि जहाज खरिद तथा बिक्रीका एजेन्डले बढी नै चासो देखाएका हुन्। त्यही काण्डलाई सम्झेर हवाई जहाज नै नकिनेको अवस्थामा थियो।
विमान खरिदमा निगमका एमडी र एमडीभन्दा माथिको हात नै रहन्। तर, यहाँ भूमिकै नभएका कर्मचारीले गाली खान परिरहेको छ।
फेरि २६ वटा एयरलाइन्सको राम्रो सेक्टर काठमाडौं हुँदा हुँदै हामी भने जहाज नै नकिने बसेको अवस्थाका एकै पटकमा अर्बौ रुपैयाँका जहाज खरिद गर्न लाग्दा कोही सलबलाउनु स्भाविक नै हो। अन्य एयरलाइन्सले यहीबाट पैसा कमाएको कमाइ गर्ने हामीलाई भने विमान खरिद नै गर्न नदिनु भनेको अपराध नै हो।
तर, अहिलेको जहाज खरिदमा विश्वका ६ देशको १० वटा कम्पनीको टेन्डरबाट छनोट भएको कम्पनीमा एजेन्ट मिलेर आएको भन्नु केटा केटीको गफ नै हो। राम्रो अनि सस्तो जहाज पाउनु पशुपतिनाथले हेरेको छ। नयाँ जहाज आएपछि कोरिया, जापान, युरोप अमेरिका र अस्टे«लियामा सिधा उडान गर्ने योजना बनिसकेको छ।
साउदी अरबदेखि अहिले चलिरहेको गन्तव्यमा पनि विस्तार गर्ने हो। हवाई जहाज थप्दै जाने हो। अब फेरि तत्कालै दुईवटा सानो जहाज पनि थप्ने तयारी छ। गन्तव्य बढ्दै जान्छ। भारतमा मात्रै ७० ठाउँका उडान गर्न पाउने अवस्था छ। त्यसपछि वर्षमा सके दुईवटा नसकेको अवस्थामा एउटा गरी २० वर्षमा ४० वटा जहाज निगममा हुनुपर्छ। पर्यटक बढी ल्याउने सस्तोमा टिकट बढी बिक्री गर्नुपर्छ। साथै अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गरेर आन्तरिक उडानमा घाटा खाएर भए पनि सुविधा दिनुपर्छ।
पछिल्लो सयम आकाशमा जहाज होल्डिङ हुँदा निगमलाई नै दोष लागेका छ। सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ वे विस्तार गर्न सकेको छैन। निगमको ग्राउन्ड ह्यान्डलिङमा पहिलेको जस्तो कमजोरी छैन। सुधार आएको छ।
यात्रु विमानबाट ओलिएपछि ओसारपोसारका लागि सात वर्षदेखि र्याम बस थप हुन सकेको छैन। तीनवटा पुराना बसबाटै काम चलिरहेको हो। यसले केही समस्या आएको छ। अबको एक साताभित्रै दुईवटा नयाँ बस आउँदैछ। अर्को वर्षसम्म अरु चारवटा नयाँ थप भएपछि सुधार हुँदै जान्छ। निगममा लामो सयमको प्लान गर्ने कुरा पनि होइन। विस्तारै काम गर्दै जाने हो। बिग्रदो सस्थालाई सुधार गर्दै जानुपर्छ। निगम सुधार नै पर्यटन विकासको आधार हो।