एएआरलाई सवा आठ अर्ब पठाउँदै नेपाल वायु सेवा निगम

एएआरलाई सवा आठ अर्ब पठाउँदै नेपाल वायु सेवा निगम

काठमाडौं : नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी (ए ३००-२००) सिरिजका जहाज खरिदका लागि पहिलो किस्ता वापतको रकम शुक्रबार पठाउने भएको छ। निगमले शुक्रबार जहाज खरिदका लागि भएको सम्झौता अनुसार अमेरिकन एएआर कप्रोरेशनलाई पहिलो किस्ता वापतको ३५ प्रतिशत रकम पठाउन लागेको हो।

निगमले यसै साताको आइतबार कर्मचारी संचय कोष र सोमबार नेपाल नागरिक लगानी कोषसँग गरी २४ अर्बको ऋण लिँदै एएआरलाई रकम पठाउन लागेको हो।

निगमले एएआरलाई रकम पठाउन नेपाल राष्ट्र बैंकसँग डलर माग गर्दै स्वीकृति माग गरेको थियो। निगमको माग अनुसार जहाज खरिदका लागि पहिलो किस्ता वापत पठाउन पर्ने डलरको बिहीबार स्वीकृत भएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो।

राष्ट्रबैंकले स्वीकृत दिएलगतै निगमले एएआरलाई शुत्रबार पहिलो किस्ता वापतको रकम पठाउन लागेको हो। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार एएआरलाई पहिलो किस्ता वापतको ७९ मिलियन डलर शुक्रबार जाँदैछ। नेपाल राष्ट्र बैंकले बिहिबारलाई तोकेको डलरको मूल्य अनुसार ८ अर्ब १४ करोड ५६ लाख ९० हजार रुपैयाँ निगमले एएआरलाई पठाउन लागेको हो।

यसअघि निगमले जहाज खरिदको प्रारम्भिक सम्झौता लगतै एएआरलाई पौन ११ करोड रुपैयाँ समेत पठाइसकेको छ। पहिलो किस्ता वापतको रकम पाउन साथ एएआर र एयरबस कम्पनी बीचपनि नेपाललाई जहाज बिmक्री गर्ने विषयका औपचारिक सम्झौता हुनेछ।

निगमले एएआर कर्पोरेसनसँग प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज खरिद गर्ने लागेको हो, सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख अमेरिकी डलर (२१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्नेछ।

अब पहिलो किस्ता वापतको रकम पाउन साथ एएआरले नेपाललाई पहिलो र दोस्रो जहाज उपलब्ध गराउने मितिसमेत तय हुनेछ। तर, सम्झौतामा भने सन् २०१८ को अप्रिलमा पहिलो र मे मा दोस्रो जहाज उपलब्ध गराउने सहमति भएको थियो।

पहिलो किस्ता वापतको रकम भनेको समयमै दिन नसक्दा जहाज आउन समयमा केही तलमाथी हुने कंसाकारले जानकारी दिनुभयो। निगमले खरिद गर्ने जहाजमा १६५ वटा विजनेश क्लास सहित २८० सिट रहने छ। जहाज आएसँगे निगमले कोरिया, जापान। युरोप तथा अमेरिका उडान गर्ने योजन तय गरिसकेको छ।

दुई वटा वाइडबडी जहाज खरिद प्रक्रिया चलिरहेको समयमा फेरि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा साना जहाज खरिद गर्ने तयारी पनि सुरु गरेको कंसाकारले जानकारी दिनुभयो। ‘नेपाललाई विश्वको मंगहो हवाई भाडादरबाट सहुलियत भाडादरमा झार्न निगमले जहाज थप्नुको विकल्प छैन’, कंसाकार भन्नुहुन्छ, ‘निगमले नेपालमा अन्तर्राष्ट्रिय उडान भने हवाई कम्पनीको महंगो भाडादरमा हस्तक्षेप गर्दै सहुलियता भाडादर तय गर्नेछ।’

देशको पर्यटन विकास सँगै विदेशी मुद्रा आर्जनका लागि पनि निगमले बार्षिक दुई वटा जहाज नभए एउटा भएपनि खरिद गर्नेपुर्न उहाँको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.