गर्मीले उपत्‍यकामा नाकबाट रगत बग्ने समस्या

गर्मीले  उपत्‍यकामा नाकबाट रगत बग्ने समस्या

काठमाडौँ: विभिन्‍न खाले सङ्क्रमण र अध्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ।

वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा. लालकिशोर यादवले नाकबाट रगत बग्ने विभिन्न कारण भए पनि सङ्क्रमण नै मुख्य कारण भएको बताउनुभयो।

उहाँले भन्नुभयो, 'नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकको भित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ,'

त्यस्तै रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि रगत बग्ने गर्छ- डा यादवले भन्नुभयो।

ओम अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा अनिल झाले पछिल्लो समय अत्यधिक धुलोका कारणले पनि नाकलाई सुक्खा बनाउँदा नाकको भित्री भागमा रगतको सम्पे्रषण हुने नली फुट्न सक्ने बताउनुभयो।

उहाँले कसैलाई रगत बगेर केही समयमा रोकिन सक्छ तर लामो समयसम्म रगत बगिरहेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ, नत्र समस्या बढ्न सक्ने बताउँदै चिकित्सककहाँ जान समय लाग्ने भए र रगत बग्न रोकिएन भने घरमै नाकलाई थिचेर मुखबाट स्वास फेर्न तथा बरफ नाक माथि राख्दा केही हदसम्म लाभ हुन्छ भन्नुभयो।

चिकित्सककाअनुसार वृद्धवृद्धालाई विभिन्न खाले समस्या देखिने र बच्चा पनि बढी नाक कोट्याउने, घाममा बढी खेल्ने भएकाले यी उमेरका व्यक्ति बढी प्रभावित हुने गर्छन्। धेरै रगत बग्दा रक्तचाप कम हुने, चक्कर लाग्ने, नाकमा अन्य समस्या देखापर्ने र अत्यधिक रगत बग्दा ज्यानलाई जोखिम हुने भएकाले समयमा उपचार गराउनुपर्छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.