'पर्यटन प्रवर्द्धनका लागि मार्केटिङ शैली परिवर्तन आवश्‍यक'

'पर्यटन प्रवर्द्धनका लागि मार्केटिङ शैली परिवर्तन आवश्‍यक'

नेपाल अथाहा पर्यटकीय सम्भावना बोकेको मुलुक हो। पर्यटकीय सम्भावना हुँदाहुँदै पनि देशभित्रकै आन्तरिक समस्याले पर्यटन विकास गर्न सकेनौं। नेपालले सन् १९९८ मा भिजिट नेपाल मनायो। त्यसपछिको २०/२२ वर्ष मुलुक विभिन्न किसिमको द्वन्द्वबाट गुज्रिरहेको छ। १० वर्षे जनयुद्ध, राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, हुँदहुँद आँधीलगायत मानवीय तथा प्राकृतिक विपत्तिको मारमा पर्यटन क्षेत्र पर्‍यो।

एभरेस्टमा आएको हिउँ पहिरो, अन्नपूर्ण हुँदहुँद आँधी र क्यासोनिमा देखिएको समस्याले पनि नेपालको पर्यटनमा असहज पैदा गरिदियो। साथै, पर्यटन बोर्डभित्रको आन्तरिक समस्याले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश फैलिन गयो। पहिले यही क्षेत्रमा काम प्रतिस्पर्धा थियो। हाम्रोमा पर्यटन मन्त्रालयको विकास हुँदा बंगलादेशको उत्पति नै भएको थिएन।

समय परिर्वतन भएको छ। अहिले उनीहरूसँग हामीले प्रतिस्र्धा गर्नुपर्ने अवस्था आएको छ। यसमा पनि धेरै क्षेत्रसँग सम्बन्ध राख्ने पर्यटन विकासमका लागि पर्यटन पूर्वाधारको विकास नहुनु पनि एक प्रमुख समस्या रह्यो। मुलुकमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा एउटामात्र रन वे र कमजोर व्यवस्थापन भइदिँदा सहज रूपमा पर्यटक आउन सकिरहेका छैनन्।

नेपालमा पर्यटन विकासमा देखिएको कमजोरी गन्तव्यको मार्केटिङ गर्न नसक्नु हो। पर्यटकीय गन्तव्यको प्रचारमा पनि १९९६ देखि २०१० सम्म एउटै शैली थियो। यो अहिलेको परिवेशमा पुरानो भइसकेको छ। त्यो समयसम्म एउटै खालको प्याकेजमा पर्यटन चलेको थियो।

विश्वबजारमा प्रतिस्पर्धा सुरु भएसँगै मार्केटिङको स्वरुप पनि परिर्वतन भएको छ। अहिले फिक्स्ड खालको प्याकेजभन्दा बढी प्रचार तथा सन्देश दिने खालको मार्केटिङ आवश्यक छ। फिक्स्ड खालको प्याकेज किन्नेभन्दा आफ्नो विचार र रुचि अनुरूप प्याकेज किनेर नेपाल घुम्न आउने पर्यटकको जमात बढी छ।

नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सरकारी क्षेत्रका संघ संस्थादेखि पर्यटन व्यवसायीले सोहीअनुरुपको नीति अंगाल्नुपर्ने बेला आएको छ। नेपाली पर्यटन पनि विस्तारै परिर्वतनको चरणमा पुगेको छ। भौतिक पूर्वाधारको सुधार र व्यापक मार्केटिङको लक्ष्य लिएर काम गरेमा नजिता राम्रै आउने अवस्था छ। अहिले अन्तर्राष्ट्रिय विमानस्थल र सडक पूर्वाधारको विकास धमाधम भइरहेको पनि छ।

नेपालमा पर्यटक आउन कम भएको होइन। नेपाल आउने सबै फ्लाइट भरिभराउन हुन्छन्। विमानस्थल साँघुरो भइदिनाले उडान थप्न नसक्दा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्न नसकिएको मात्र हो।

नेपाल आउने फ्लाइटको बुकिङ पनि राम्रै छ। यो वर्ष नौ लाख विदेशी पर्यटक नेपाल आउने अनुमान छ। यो नेपालको इतिहासमै ठूलो संख्या पनि हुन्छ। सम्रगमा बोर्डले यो वर्ष पर्यटक आगमन २० प्रतिशतले बढाउने लक्ष्य राखेको छ।

अहिले पर्यटन हाम्रो प्रमुख प्राथमिकताको विषय हो भन्ने सोच सबैमा पलाएको छ। तर, पर्यटक आगमनमा समस्या आउनुको प्रमुख कारण निराशाजनक पूर्वाधार र फरक किसिमको मार्केटिङ नहुनु नै हो। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसँगै अर्को नयाँ योजना पनि तय भइसकेको छ।

सरकारले रणनीतिक योजना भनेर सन् २०१६ देखि स्न २०२५ सम्ममा २५ लाख पर्यटक ल्याउने भनेको छ। भिजन ट्वान्टी ट्वान्टीमा २०१६ सम्ममा त्रिभुवन विमानस्थलका दुईवटा रन वे विकास गर्ने र अर्को दुईवटा विमानस्थल पनि सञ्चालनमा ल्याउने योजना थियो। यो केही पूरा हुन सकेन्। सरकारको योजना फ्लप नै भइसकेको हो।

सरकारको सन् २०१६ को लक्ष्य सन् २०२० सम्प पनि पूरा हुने अवस्था छैन। अहिले ल्याइएको रणनीतिक योजनाले सन् २०१९ सम्म १३ लाख पर्यटक नेपाल ल्याउने र सन् २०२५ सम्ममा २५ लाख पुर्‍याने लक्ष्य राखेको छ। तर, यसका लागि पनि पूर्वाधार विकास र विमानस्थलको विस्तार अतिनै आवश्यक हुन्छ। यही दुई क्षेत्रमा सुधार नभएको अवस्थामा यो पनि सम्भव नहुन सक्छ। सन् २०१८ लाई सरकारले नेपाल भम्रण वर्षका रूपमा मनाउने भन्दै आएपनि अहिलेसम्म मुल आयोजक कमिटि बन्न सकेको छैन।

कसरी गर्ने भने विषय पनि तय नभएको अवस्था छ। पर्यटन विकासका लागि अहिलेको आवश्यकता अनुसार डिजिटल मार्केटिङका लागि पनि प्रस्ताव माग भइसकेको छ। यसका लागि कम्पनी छनोट हुने प्रक्रियामा छ। अबको एक महिना भित्र डिजिटल मार्केटिङको समस्या पनि समाधन हुन्छ।

पर्यटन विकासका लागि आउने रकममा भइरहेको दुरुपयोग पनि कमी छ। अब सम्रग रूपमा पर्यटन बोर्ड सबै सरोकारवालासँग एक ढिका हुँदै पर्यटन विकासमा अगाडि बढ्नेछ। पर्यटठक टिप्स कार्डको व्यवस्था अर्निवार्य गर्ने भने विषयलाई हामीले ध्यान केन्द्रित गरेका छौं। सरोकारवला निकायले विदेशी पर्यटकका लागि घुम्न जाँदा अनिर्वाय गाइडको व्यवस्था गर्ने पनि भएको छ। बोर्ड यसको विषयका छलफल गरिरहेको छ।

आन्तरिक भम्रण वर्षले घुम्न जानुपर्छ भने बानीको विकास भएको छ। नयाँ गन्तव्य पनि विकास भएको छ। नेपाल सरकारको सबैभन्दा सफल अभियान बनेको छ। पर्यटक भनेका विदेशी नभएर नेपाली पनि हुन भने सोच विकास भएको छ। जिल्ला जिल्लामा करोडौं लगानी होटेल पनि विस्तार गर्न यसले सहयोग भएको छ।

भूकम्पपछिको डर र क्रास अन्त्यका लागि पनि आन्तरिक घुमफिर वर्ष अभियान सुरु भएको थियो। यसले नेपालको गन्तव्य विस्तारमा सबैभन्दा बढी सहयोग गरेको छ। तर, देश संघीयतामा जाँदै गर्दा बोर्ड कस्तो हुने र कसरी काम गर्ने भने विषयमा केही भएको छैन। साथै, बोर्डबाट हुने रकमको वितरणका पनि पहिले जस्तो छरपस्ट नहुने गरी मापदण्ड तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.