जहाज खरिदको पहिलो किस्ता पठाउँदै नेवानि

जहाज खरिदको पहिलो किस्ता पठाउँदै नेवानि

काठमाडौं : नेपाल वायुसेवा निगमले ए ३००-२०० सिरिजका दुईवटा वाइडबडी जहाज खरिद गर्न पहिलो रकम किस्ता शुक्रबार पठाउने भएको छ । निगमले जहाज खरिदका लागि भएको सम्झौताअनुसार शुक्रबार अमेरिकन लिजिङ कम्पनी एएआर कर्पारेसनलाई पहिलो किस्ता बापत ३५ प्रतिशत रकम पठाउन लागेको हो ।

निगमले यसैसाता कर्मचारी सञ्चय कोष र नेपाल नागरिक लगानी कोषसँग गरी २४ अर्बको ऋण लिई एएआरलाई रकम पठाउन लागेको हो । निगमले एएआरलाई रकम पठाउन नेपाल राष्ट्र बैंकसँग डलर स्वीकृति माग गरेको थियो । निगमको मागअनुसार जहाज खरिदका लागि पहिलो किस्ताबापत पठाउनुपर्ने डलरको बिहीबार स्वीकृत भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।

राष्ट्रबैंकले स्वीकृत दिएलगतै निगमले एएआरलाई शुक्रबार पहिलो किस्ता पठाउन लागेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार एएआरलाई पहिलो किस्ता बापतको ७९ मिलियन डलर शुक्रबार जाँदैछ ।
नेपाल राष्ट्र बैंकले बिहीबारलाई तोकेको डलरको मूल्यअनुसार आठ अर्ब १४ करोड ५६ लाख ९० हजार रुपैयाँ निगमले एएआरलाई पठाउन लागेको हो ।

यसअघि निगमले जहाज खरिदको प्रारम्भिक सम्झौता लगतै एएआरलाई पौन ११ करोड रुपैयाँ समेत पठाइसकेको छ । पहिलो किस्ता बापतको रकम पाउन साथ एएआर र एयरबस कम्पनीबीच पनि नेपाललाई जहाज बिक्री गर्ने विषयका औपचारिक सम्झौता हुनेछ ।
निगमले एएआर कर्पोरेसनसँग प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज खरिद गर्ने लागेको हो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख अमेरिकी डलर (२१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्नेछ । अब पहिलो किस्ता पाउना साथ एएआरले नेपाललाई पहिलो र दोस्रो जहाज उपलब्ध गराउने मितिसमेत तय हुनेछ । तर, सम्झौतामा भने सन् २०१८ को अप्रिलमा पहिलो र मेमा दोस्रो जहाज उपलब्ध गराउने सहमति भएको थियो ।

पहिलो किस्ता बापतको रकम भनेको समयमै दिन नसक्दा जहाज आउने समयमा केही तलमाथि हुने कंसाकारले जानकारी दिनुभयो । निगमले खरिदगर्ने जहाजमा १६५ वटा बिजनेस क्लाससहित २८० सिट क्षताको हुनेछ । जहाज आएसँगे निगमले कोरिया, जापान, युरोप र अमेरिका उडान गर्ने योजन तय गरिसकेको छ । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रिया चलिरहेको समयमा फेरि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा साना जहाज खरिद गर्ने तयारी सुरु गरेको कंसाकारले जानकारी दिनुभयो । ‘नेपाललाई विश्वको महँगो हवाई भाडादरबाट सहुलियत भाडादरमा झार्न निगमले जहाज थप्नुको विकल्प छैन', कंसाकार भन्नुहुन्छ, ‘निगमले नेपालमा अन्तर्राष्ट्रिय उडान भने हवाई कम्पनीको महँगो भाडादरमा हस्तक्षेप गर्दै सहुलियता भाडादर तय गर्नेछ ।' देशको पर्यटन विकास सँगै विदेशी मुद्रा आर्जनका लागि पनि निगमले वार्षिक दुईवटा जहाज नभए एउटा भए पनि खरिद गर्नेपुर्न उहाँको भनाइ छ ।

जहाजको आयात दोब्बर
पछिल्लो समय नेपालमा एयरलाइन्स कम्पनीबीच आधुनिक र सुविधासम्पन्न हवाई जहाज थप्ने प्रतिस्पर्धा बढ्दो छ । जहाज थप्ने प्रतिस्पर्धासँगै हवाई यात्र गर्ने यात्रुले सहज यात्रा गर्ने पाएका छन् । हवाई क्षेत्रमा जहाज भित्र्याउने प्रतिस्पर्धा बढेसँगै रकम बाहिरिने क्रम पनि बढ्दो छ । नेपालले हवाई जहाजका प्रयोग हुने नट बल्टुसमेत विदेशबाट नै आयात गर्छ ।

निजी हवाई सेवा प्रदाय कम्पनीले आर्थिक वर्षको १० महिनामा आठवटा भन्दा ढी जहाज ल्याइसका छन् । जहाज ल्याउन प्रतिस्पर्धा बढेसँगै जहाजका लागि आवश्यक पट्सपुर्जा आयात पनि दोब्बर वृद्धि भएको छ । व्यापार तथा निकासी प्रबन्ध केन्द्रका अनुसार चालू आवको १० महिनामै १८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको हवाई तथा हवाई पाट्सपुर्जा आयात भएको छ । चालू आवको १० महिनामै गोमा, सौर्य, बुद्ध, श्री, हिमालय तथा नेपाल एयरलाइन्सले अर्बौ रुपैयाँ लगानीका नयाँ जहाज ल्याउने आयात रकम बढ्नुको प्रमुख कारण हो । तर, गत आवको सोहीअवधिमा सात अर्ब ६४ करोड ४१ लाख रुपैयाँ बराबरको हवाई तथा हवाई पार्टस्पुर्जा आयात भएको थियो ।

चालू आवको १० महिनाम आयातमा खर्च भएको रकम गत आवभन्दा झन्डै ११ अर्बले बढी हो । आयात रकम अगामी वर्ष झन् बढ्ने अनुमान गरिएको छ । नेपाल वायुसेवा निगमले वार्षिक एउटा जहाज खरिद गर्ने योजना र निजी हवाई सेवा प्रदायक कम्पनीबीच जहाज भित्र्याउने होडबाजीका पनि आयात बढ्ने निश्चित छ । हवाई जहाज भित्र्याउने होडबाजीका कारण आन्तकिर हवाई यात्रुले पनि सस्तोका यात्रा गर्ने अवसर पाउने एयरलाइन्स कम्पनीको भनाइ छ ।

केन्द्रका अनुसार यो वर्ष हवाई आयातका मात्रै २५ अर्ब रुपैयाँ खर्च हुने अवस्था छ । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिदका लागि मात्रै पहिलो किस्तामा आठ अर्ब रुपैयाँ पठाउँदैछ । गत आबमा भने साढे नौ अर्बको मात्रै हवाई जहाज तथा त्यसका पार्टस्पुर्जा आयात भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.