कालिञ्चोक केबलकार निर्माण आधा सकियो

कालिञ्चोक केबलकार निर्माण आधा सकियो

चरिकोट : दोलखाको प्रमुख धार्मिकस्थल कालिञ्चोकमा निर्माण भइरहेको कालिञ्चोक केबलकार निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । तीव्र गतिमा निर्माण भइरहेको केबलकारको सिभिल संरचना ५० प्रतिशत सम्पन्न भएको र दसैंसम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक बालकृष्ण शिवाकोटीले जानकारी दिनुभयो । कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरिरहेको केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट नेपालमा ल्याइसकेको जानकारी दिनुहुँदै हालसम्म दुईवटा टावर निर्माण सम्पन्न भइसकेको र बाँकी टावरको पनि काम भइरहेको जानकारी दिनुभयो ।

४० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको केबलकारमा तत्कालका लागि दुईवटा गोण्डुला हुनेछ । गोण्डुलाकाको क्षमता १२ जनाको रहेको र एक दिनमा १२ सय जना व्यक्ति ओसारपसार गरिसक्नेछ । पछिल्लो समय कालिञ्चोक भगवती मन्दिरको दर्शनका लागि भारतीय पर्यटक पनि आउने गरेका छन् । उहाँहरूलाई उकालो चढ्न समस्या हुने भएकोले पनि केही धर्मालम्बी मन्दिरसम्म पुगी बीच बाटोबाटै फर्कंने गरेको स्थानीय व्यवसायीको भनाइ छ । केबलकार निर्माण भएपछि हिड्न नस्कने धार्मीक पर्यटकलाई समेत सहज हुने केबलकार सञ्चालक शिवाकोटीको भनाइ छ । केही दिनअघि मात्र स्वासप्रस्वासका कारण मन्दिरमा पुग्ने वित्तीकै एक बृद्धाको मृत्यु भएको थियो ।

आस्थाको केन्द्रविन्दूको रूपमा रहेको कालिञ्चोकमा कुरीबाट सिधा उकालो बाटो रहेको र हिँडेर जान समस्या हुनेका लागि केबलकार सहज हुने सञ्चालकको भनाइ छ । केबलकारबाट कुरी बजारको मनोरम दृश्य हेर्न पाउनुको साथै हिमालको दृश्यलाई पनि नजिकबाट नियाल्न सकिने भएकाले पनि धेरै धार्मिक पर्यटकलाई सहज हुने सञ्चालक शिवाकोटीले जानकारी दिनुभयो । उहाँले केबलकार निर्माण भएपछि जिल्लामा ठूला लगानीकर्ता पनि भित्रने आशमा आफूहरू रहेको बताउनुभयो । दोलखा सुनखानी घर भएका शिवाकोटी कै पहलमा केबलकार निर्माण भएको हो । सुरुमा राजधानीमा व्यवसाय सञ्चालन गर्दैं आएका शिवाकोटीले हाल दोलखामा पनि व्यवसाय सञ्चालन गर्न लाग्नु भएको हो ।

४० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको केबलकारमा तत्कालका लागि दुईवटा गोण्डुला हुनेछन् ।

उहाँले जिल्लामा केबलकार, बैंक र प्लाइ उद्योगमा लगानी गर्नुभएको छ । यस्तै सदरमुकाम चरीकोटमै स्टार होटेल सञ्चालनका लागि समेत तयारी गरिरहनुभएको जानकारी दिनुभएको छ । उद्योग तथा कलकारखाना सञ्चालन गर्न उपयुक्त वातावरण रहदा रहँदै पनि ठुला लगानीकर्ता दोलखामा नआएको बताउदै आफूहरूबाटै कामको सुरुवाती गर्न लागिएको बताउनुभयो । उहाँले स्थानीय स्रोतसाधनलाई उपयोग गरी धेरैलाई रोजगारी दिने उद्देश्यका साथ लगानीलाई बढाइएको जानकारी दिनुभयो ।

पूवी पहाडी इलाकामै पहिलो रहेको केबलकारमा दोलखाली उद्योगी व्यवसायीको लगानी छ । पर्यटन विकासको प्रमुख पूर्वधारका रूपमा लिइएको केबलकार सञ्चालनमा आएपछि जिल्लामा एक सय प्रतिशत नै बढी पर्यटक भित्रने विश्वास रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.