म्यानपावर व्यवसायी चुनावी मैदानमा

म्यानपावर व्यवसायी चुनावी मैदानमा

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी (वैरोव्य) संघमा नयाँ नेतृत्व चयनका लागि यही असार १७ गते चुनाव हुने भएको छ । चुनावमा करिब आठ सयभन्दा बढी म्यानपावर सञ्चालक सहभागी हुनेछन् । संघको २५ औैं साधरणसभाको मिति नजिकिदै गर्दै कांग्रेस र एमाले निकट म्यानपावर व्यवसायी दुई धारमा विभाजित भएका छन् ।

माओवादी केन्द्र निकटका व्यवसायीले एमालेसँग मिलेर चुवान लडने भएका छन् भने मधेस निकट व्यवसायी कांग्रेससँग मिलेर चुनावमा जाने निश्चित भएको छ । नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट वर्तमान संघ कार्यसमितिमा अध्यक्ष विमल ढकाललाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल यसअघि फोरमकै वागी किरणकिशोर घिमिरेको उम्मेदवारी हुँदा पनि निर्वाचित भएका थिए । यसैगरी नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट संघ कार्यसमितिका वर्तमान महासचिवसमेत रहेका रोहन गुरुङलाई अध्यक्ष पदमा अगाडि सारेको छ ।

अध्यक्ष पदका ढकाललाई ललितपुर वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार तराई-मधेश मञ्चले समते सर्मथन गरेको छ । यसैगरी नयाँ नेतृत्वमा गुरुङलाई माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, गुरुङ व्यवसायीको सामाजिक संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधीँ (समाज), वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज नेपाल र वैदेशिक रोजगार मगर समाजले निर्वाचनमा सहयोग गर्ने निश्चित भएको छ ।

ढकालको टिममा प्रथम उपाध्यक्षका लागि फोरमले प्रज्ञान न्यौपानेलाई अगाडि सारेको छ भने गुरुङको टिमबाट माओवादी केन्द्रका रामप्रसाद भान्तानालाई अगाडि सारका छन् । ढकालले व्यवसायलाई अझ तहसनहस हुनबाट जोगाएको, मन्त्रालय, विभाग र काठमाडौं कार्यालयबाट व्यवसायीका काम गराउँदा आर्थिक वा अन्य कुनै स्वार्थ नराखेको, ऐन मस्यौदामा म्यानपावरको धरौटी वृद्धि र वर्गीकरण गर्ने माफियाको अन्त्य रोक्न सफल भएको भन्दै फोरमले पुनः अध्यक्षको पदमा अगाडि सारेको जनाएको छ ।

प्रगतिशील मञ्चले भने गुरुङले ढकालको कार्यसमितिमा बसेर काम गर्दा व्यवसायीको पक्षमा सबैभन्दा बढी वकालत गरेको भन्दै अध्यक्ष पदमा अगाडि सारेको जनाएको छ । ढकाल समूहमा प्रथम उपाध्यक्षमा न्यौपाने र महासचिवमा सुजित श्रेष्ठ र र एक सदस्य मात्रै ढुंगो लागेको छ । गुरुङको टिमबाट सचिवमा ईश्वर कार्की, कोषअध्यक्षमा रमिला ताम्राकार रोकायमगरसहित सात सदस्यको ढुंगो लागेको छ ।

कसको एजेन्डा के ?

कांग्रेस निकट ढकालले पछिल्लो समय घट्दो श्रम डिमान्ड परिपूर्तिका लागि नयाँ गन्तव्य खोजीका कार्यलाई अगाडि सार्ने घोषणा गरेका छन् । यसैगरी अहिले कामदार गइरहेका मुलुकमा रोजगार दाता कम्पनीसँग नेपाली कामदार लैजान तथा कामदारको सेवा सुविधा बढाउन पहल गर्ने ढकालको चुनावी नारा छ । म्यानपावर वर्गीकरण र धरौटी बढाउने सरकारी तयारीलाई समेत रोक्ने ढकाल बताए । यसैगरी कतारमा आउनसक्ने समस्याका लागि संघ तयारी अवस्थामा बस्ने र व्यवसायीलाई पनि सचेत गराउने कांग्रेस निकट टिमको नारा छ । विभिन्न संस्थाका नाममा कामदारसँग बढी असुलने माइग्राम, वायोमेट्रिक, वन स्टप सेन्टर र आइर्एसी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) जस्ता संस्था खारेज गराउने ढकालको मुख्य नारा छ ।

गुरुङले भने वैदेशिक रोजगार क्षेत्रको समस्या र समाधान विषयलाई नितीगत, आन्तरिक र कार्यविधि तीन क्षेत्रमा काम गर्ने घोषणा गरेका छन् । नीतिगततर्फ वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्षिक बनाउँदै म्यानपावरको वर्गीकरण र धरौटी बढाउने तयारीको विरुद्ध काम गर्ने नारा दिएका छन् । अनलाइन सफ्टवेयरमार्फत कामदारको विवरण संकलन गर्दै कामदारलाई म्यानपावरसँग सिधै सम्पर्कमा ल्याउने गुरुङको नारा छ । यसैबाट बीचमा चखखेल गर्ने विचौलीको ठगी रोकिने गुरुङको भनाइ छ ।

व्यवसायी भलाइए कोषस्थापना गरी पीडित कामदार तथा व्यवसायीको हितमा प्रयोग गर्ने र हरके प्रदेशमा कामदारलाई तालिम दिने गरी केन्द्र स्थापना गर्ने प्रगतिशील मञ्चको नारा छ । सबै प्रदेशमा संघको शाखा कार्यालय सञ्चालनदेखि वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालय र प्रवद्र्धन बोर्डलाई नियमअनुसार काम गर्न पहल गर्ने चुनावी नारा छ । यसैगरी गुरुङले पनि मलेसिया जाने कामदारलाई थप आर्थिक भारपर्ने माइ ग्राम, वायोमेट्रिय स्वास्थ्य परीक्षण, वन स्टेप सेन्टर तथा आईएसी खारेज गराउने एजेन्डा अगाडि सारेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.