अष्ट्रेलिया र अल्जेरियाले मानवअधिकार परिषद्‌मा नेपाललाई सघाउने

अष्ट्रेलिया र अल्जेरियाले मानवअधिकार परिषद्‌मा नेपाललाई सघाउने

काठमाडौ: अष्ट्रेलिया र अल्जिेरियाले नेपाललाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा समर्थन गर्ने आश्वासन दिएका छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुशार आउंदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई जिताउन सहयोग गर्ने आश्वास यी दुई मुलुकले दिएका हुन्।

नेपालले सन् २०१८ देखि २०२० का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा उम्मेद्वारी दिएको छ। एसियाली मुलुक फिजीले हालै मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा दिएको आफ्नो उम्मेद्वारी फिर्ता लिएको थियो।

‘फिजीले परिषद्को सदस्य पदमा दिएको उम्मेद्वारी फिर्ता लिएको छ। यसले नेपाललाई फाइदा पुग्छ। नेपालले यसपटक परिषद् सदस्य जित्नेमा हामी ढुक्क जस्तै छौँ’ मन्त्रालयका एक अधिकारीले भने।

परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य जित्न कुटनीतिक लविङ् तिव्र पारेको छ। जेनेभा र न्यूयोर्कस्थित नेपाली नियोगले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य जित्न बिशेष पहल गरेका छन्।

उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शुक्रबार भएको भेटमा नेपालका लागि अल्जिरियाका गैरआवासीय राजदूत हम्जा याहिया चेरिफले मानवअधिकार सदस्य पदमा नेपाललाई समर्थन गर्ने आस्वासन दिनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.