मोदी र ट्रम्पको असार १२ गते वासिङ्टनमा भेटवार्ता

मोदी र ट्रम्पको असार १२ गते वासिङ्टनमा भेटवार्ता

नयाँ दिल्ली :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोर्चुगल, संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको त्रिदेशीय चारदिने भ्रमणका लागि आज नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ ।
मोदीको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेट र अमेरिकी नयाँ नेतृत्वसँग भारतको सम्वन्धका कारण विशेष महत्वकासाथ हेरिएको छ । मोदी र ट्रम्पको यही जुन २६ मा वासिङ्टनमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
चार–दिन लामो भ्रमणका लागि छुट्नुभन्दा पहिले प्रधानमन्त्री मोदीले आफूले राष्ट्रपति ट्रम्पसँग गहिराइमा विचारको आदानप्रदान गर्नुहुने बताउनुभएको छ ।
मोदीले ट्वीटमार्फत बताउनुभएको छ, “मेरो अमेरिका भ्रमण वासिङ्टन र दिल्लीवीचको सम्वन्धलाई थप मजबुत पार्ने बिषयमा केद्रित रहने छ ।”
भारत र अमेरिकावीचको मजबुत सम्बन्धले भारत र समग्र विश्वलाई लाभ हुने, फेसबुकमा पोष्ट गरिएको सन्देशमा भारतको जुन २५ र २६ मा हुने दुई दिने अमेरिकी भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणमा हुन लागेको बताइएको छ ।
अमेरिका बसाईमा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्प, उहाँको मन्त्रीपषिद्का सदस्य लगायत महत्वपूर्ण अमेरिकी उच्च अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री मोदी पोर्चुगलका आफ्ना समकक्षी एन्टोनियो कोष्टासँगको भेटका लागि छुट्टाउनुभएको छ । पोर्चुगलको भ्रमणमा भारतको पोर्चुगलसँग केही पहिले भएको संयुक्त पहल र निर्णयबारे पुनरावोलकनका लागि छुट्टाइएको, प्रधानमन्त्री मोदीले बताउनुभयो ।
पोर्चुगलबाट मोदी सिधै अमेरिका जानुहुनेछ भने फर्किनेक्रममा यही जुन २७ मा डच प्रधानमन्त्री मार्क रुटका साथै नरेश विलियम अलेक्जेन्डर र रानी म्याक्सिमासँग पनि भेटवार्ता गर्नुहुनेछ ।
यसबर्ष भारत–न्युजिल्याण्ड कुटनैतिक सम्बन्ध स्थापनाको  ७० औँ बर्षगाँठ मनाइदैछ । रासस/पिटीआई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.