पाकिस्तानमा कार्यरत चिनियाँ जोडीको अपहरणपछि १५ हजार सेना तैनाथ

पाकिस्तानमा कार्यरत चिनियाँ जोडीको अपहरणपछि १५ हजार सेना तैनाथ

इस्लामाबाद (पाकिस्तान) : पाकिस्तानमा कार्यरत एक जोडी चिनियाँको अपहरणपछि उठाइएको सुरक्षा चासोलाई सम्बोधन गर्न भन्दै १५ हजार अत्याधुनिक तालिम प्राप्त सेनालाई सुरक्षार्थ तैनाथ गरिएको छ।

ऊर्जा तथा भौतिक संरचना निर्माण योजनामा पाकिस्तानमा कार्यरत चिनियाँको सुरक्षार्थ पाकिस्तानले यो निर्णय लिएको पाकिस्तानी राष्ट्रपति मम्नुन हुसैनले आइतबार बताउनुभएको छ ।

पाकिस्तान भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग इस्लामाबादमा भएको भेटवार्ताका क्रममा पाकिस्तानमा कार्यरत चिनियाँ कामदारको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञिप्तिमा जनाइएको हो ।

बेइजिङले आफ्नो दक्षिण एसियाली छिमेकी पाकिस्तानको ग्वादार बन्दरगाहलाई सुदूरपश्चिमी सियानजियाङ प्रान्त जोड्ने योजनाअन्तर्गत झण्डै ५० अर्ब अमेरिकी डलर बराबरको लगानी सन् २०१५ मा घोषणा गरेको थियो ।

सो र रकम यातायात, ऊर्जा र अन्य भौतिक संरचना निर्माणमा लगाउने दुई देशले सम्झौता गरी कार्यक्रम अघि बढाएका छन् ।

गत महिना क्वेटाबाट चिनियाँ एक जोडी अपहरणमा परेपछि चीनले आफ्ना नागरिकको सुरक्षाका निम्ति चासो व्यक्त गरेको थियो । बोलोचिस्तान प्राप्तको राजधानी क्वेटा सहर चीन पाकिस्तानबीचको आर्थिक करिडोरका रुपमा हेर्ने गरिन्छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.