हङकङ भ्रमण गर्दै सी

हङकङ भ्रमण गर्दै सी

बेइजिङ :  चिनियाँ राष्ट्रपति सी जिनपिङले यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङकङ भ्रमण गर्ने भएका छन् । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उनी त्यहाँ जान लागेको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । आगामी साता उक्त हस्तान्तरणको २० वर्ष पुग्न लागेको छ ।

यसअघि उनले हङकङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरूले केही बताएका थिएनन् । यद्यपि त्यस समारोहमा राष्ट्रपति सी उपस्थित हुनसक्ने अड्कल गरिन थालेका थिए । उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङकङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङकङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ ।

हङकङमा केही समयदेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । त्यो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङकङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङकङ भ्रमण नगर्ने केही सञ्चारमाध्यमको दाबी थियो । आइतबार सरकारी समाचार समिति सिन्ह्वाले नै पुष्टि गरेपछि उक्त अन्योल हराएको छ ।

हङकङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो संख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैले पनि सीको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरू बताउँछन् । त्यसको तयारी भइरहेको हङकङबाट प्राप्त समाचारमा जनाइएको छ । हङकङको पाँचौं प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि सी उपस्थित हुने चिनियाँ समाचार समितिले जानकारी दिएको छ । —रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.