कोलम्बियामा १५० पर्यटक चढेको डुंगा डुब्यो ।

कोलम्बियामा १५० पर्यटक चढेको डुंगा डुब्यो ।

एजेन्सी : कोलम्बियामा करीब १५० भन्दा बढी पर्यटक चढेको डुङ्गा जलाशयमा डुवेको छ । कोलम्बियन सञ्चार माध्याममा आएका खबर अनुसार हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना हराइरहेका छन् ।

उत्तर-पश्चिम कोलम्बियाको मेडेलिन सहर नजिकैको पेनोल जलाशयमा डुंगा डुबेको स्थानीय अधिकारीहरु जनाएका छन् । डुंगामा १५० जना सवार रहेको भनिए पनि त्यसमा कति यात्रु थिए भन्ने आधिकारिक पुष्टि भने नभएको बताइएको छ ।

सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराईरहेको र गम्भीर घाइतेलाई कोलम्बियन एयर फोर्सको हेलिकप्टर मार्फत उपचारका लागि अन्यत्र लगिएको छ।

डुंगामा कुन देशका पर्यटक सवार थिए भन्ने बारे भने पुष्टि गरिएको छैन । उद्यपी उनीहरु कोलम्बियाको चर्चित होलीडे स्थल गुअटापे जाँदै गरेको भनिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.