बेइजिङ साङ्घाई गुड्न थाल्यो प्रतिघन्टा ४०० किलोमिटर गतिको रेल

बेइजिङ साङ्घाई गुड्न थाल्यो प्रतिघन्टा ४०० किलोमिटर गतिको रेल

बेइजिङ : चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ ।

सोमबार बिहान ११:०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्केा रेल बेइजिङ्क लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट यो सेवाको प्रारम्भ गरेको हो । चीनको नयाँ पुस्ताको यो रेल सेवाको नाम फक्सिङ दिइएको छ । चिनियाँ सञ्चारमाध्यमले सोमबार फक्सिङले सेवा सुरु गरेको समाचार दिएका छन् ।

यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो ।

यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ । स्वाचालित रुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयोभने यसले आफै नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा रहेको छ ।


चाइना रेलवे कर्पाेरेसनका सञ्चालक लु दोङफूले भन्नभयो– यस रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्ने धारणा राख्नुभयो ।

चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्देा रेलसेवाका रुपमा लिइन्छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल रहेको छ ।

सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.